कार्यक्रम संयोजक (Programme Coordinator)

Working for Access and Creation Nepal (WAC Nepal) Achham

Working for Access and Creation, Nepal (WAC- Nepal) a non-government organization, has been working in the field of Livelihood, WASH and Sanitation, quality education, Disaster Risk Management/Climate change Adaptation, Good governance and Right Protection and Institutional Capacity development.

Details / requirements:

Ref No:

मिति: २०७८/१०/११

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

वाक नेपाल, सामाजिक विकास र परिवर्तनका लागि महिला बालबालिका र पिछडिएका समुदायको सामाजिक आर्थिक, शैक्षिक र स्वास्थ्य अवस्थामा सुधार ल्याउन क्रियाशिल गैरनाफामुखि सामाजिक संस्था हो । समाजको सम्बृद्धिका लागि विभिन्न साझेदारहरुको सहकार्यमा स्वास्थ्य, शिक्षा, जिविकोपार्जनका क्षेत्रमा विभिन्न परियोजनाहरु संचालनमा रहेका छन् जहाँ लैगिंक सामाजिक समावेशीकरण, शुसासन र जलवायु अनुकलन तथा विपद् जोखिम न्युनिकरण चौतर्फी प्रभाव पार्ने सवालको रुपमा सम्बोधन गरिन्छ । वाक नेपाल र Save the Children, Global Fund को साझेदारीमा अछाम र डोटी जिल्लामा सञ्चालनमा रहेको HIV/TB for Migrants and their Spouses परियोजनाको लागि एक जना कार्यक्रम संयोजकको आवश्यकता परेको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तल उल्लेखित न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ । ईच्छुक व्यक्तिले रितपूर्वक आफनो आवेदन पत्र र, वास्तविक बायोडाटा यस संस्थाको केन्द्रिय कार्यालय साफेबगर वा तल उल्लेखित इमेल मार्फत कार्यालय समय भित्र आई पुग्ने गरि पेश गर्नहुन सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

पदः कार्यक्रम संयोजक (Programme Coordinator)

संख्याः १ जना  

प्रमुख जिम्मेवारीहरु:

  • कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्ने, 
  • संस्थाको नीति अनुरुप जिल्ला तथा स्थानिय सरोकारवाला निकायहरुवीच सम्पर्क, समन्वय गर्ने, 
  • जिल्ला स्वास्थ्य कार्यालय पालिका स्वास्थ्य शाखा संगको प्रत्यक्ष समन्वयमा क्रियाकलापहरु सञ्चालन गर्ने, 
  • व्यबहार परिवर्तनका बिधि तथा मोबाईल क्याम्प सञ्चालन सम्बन्धी IRW/FCHV हरुलाई अभिमूखिकरण गर्ने, 
  • आफु मातहातका कर्मचारीहरुको नीरिक्षण तथा सुपरिवेक्षण गर्ने, परियोजनाले तोकेको खाकामा निर्धारित समयमा प्रतिबेदन तयार गर्ने, 
  • स्वास्थ्य शाखा तथा कार्यालयको सहयोगमा पालिका तथा जिल्ला स्तरका कार्यक्रम कार्यान्वयन योजनाहरु तयार गर्ने, 
  • आवश्यकता अनुसार विभिन्न तालिम, गोष्ठी, तथा कार्यशालामा सहभागि तथा संञ्चालन गर्ने, 
  • आफु मातहातका कर्मचारीहरुले तयार गरेको प्रतिबेदनमा आवश्यक पृष्ठपोषण प्रदान गर्ने, 
  • सरकारी निकाय तथा सरोकारवालाहरुसंगको समन्वय तथा सहकार्यमा ९५, ९५, ९५ रणनीतिलाई प्राप्त गर्न सहयोग गर्ने । 
  • संक्रमितहरुलाई ART र स्याहार तथा हेरचाहको लागि सम्प्रेषण गर्न सहजिकरण गर्ने आदि ।

आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव:

  • नेपाल सरकारद्धारा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कुनै संकायमा स्नातक तह उतिर्ण भई कम्तीमा २ बर्षको सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको । (Bachelors in Public Health or Master Degree preferred)

थप जानकारीः 

  • सेवा सुविधाको हकमा संस्थाको नियमानुसार हुनेछ, 
  • आवेदन दिने अन्तिम मितिः २०७८/१०/१७ (विज्ञापन प्रकाशित मितिले ७ दिन भित्र), 
  • परीक्षाको किसिमः छोटो सूचि प्रकाशन, लिखित र मौखिक,
  • प्रारम्भिक छनौंटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित परिक्षामा सामेल गरिनेछ भने परीक्षा हुने मिति, स्थान र समय पछि तय गरी जानकारी गराईने छ ।

नोटः स्थानिय, महिला, दलित तथा जनजातीलाई प्राथमिकता दिईनेछ । वाक नेपाल बालबालिका र वयस्कहरुलाई कुनै पनि प्रकारको दुर्व्यवहार र शोषणबाट सुरक्षित गर्न जिम्मेवार रहेकाले छनौट प्रक्रियामा पृष्ठभूमि जाँच गर्ने, दुर्व्यवहारबाट बालबालिका र वयस्कहरुको संरक्षणकालागि छनौट हुने उम्मेदवारहरुबाट प्रतिबद्धता लिने र संस्थासंग आबद्ध सबै मानविय श्रोतहरुले संस्थाको संरक्षण नीति अनुसार कर्तव्यको पालना गर्न अपेक्षा गरिन्छ । संस्थालाई दवाव दिन गरिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वतः अयोग्य ठहर गरिनेछ । 

दर्खास्त पेश गर्ने ठेगाना

वाक नेपाल, साँफेबगर, अछाम 

०९७–६२५०३२, Email: vacancy@wac.org.np

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience 2+ years
Education M.P.H. (Masters in Public Health), B.P.H. (Bachelors in Public Health)
Posted Date 25 Jan, 2022
Apply Before 31 Jan, 2022
City Far-Western Region