कार्यक्रम संयोजक (Program Coordinator)

ASTHA Nepal

Details / requirements:

आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!

दोश्रो पटक सूचना प्रकाशित मितिः २०८३/०२/१८

सामाजिक रुपान्तरण तथा मानविय सहायता संघ (आस्था) नेपाल द्वारा आगामी दिनमा अछाम जिल्ला अन्तर्गतका समस्त पालिकाहरूमा सञ्चालन गर्न प्रस्ताव गरिएको "मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) तथा पोषण कार्यक्रम" का लागि तपसिल बमोजिमका कर्मचारीहरू आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना दोस्रो  पटक प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ।

पद
न्यूनतम शैक्षिक योग्यता तथा कार्यानुभव
मुख्य जिम्मेवारीहरू
कार्यक्रम संयोजक (Program Coordinator) (१ जना)
जनस्वास्थ्य वा नर्सिङमा स्नातकोत्तर (MPH/MN) उत्तीर्ण भई कार्यक्रम व्यवस्थापनमा १  वर्षको अनुभव वा जनस्वास्थ्य, नर्सिङ वा स्वास्थ्य सम्बन्धी विषयमा स्नातक उत्तीर्ण भई परियोजना व्यवस्थापनमा कम्तीमा ३ वर्षको अनुभव प्राप्त गरेको।
  • तोकिएको समय र बजेटभित्रै सम्पूर्ण लक्ष्यहरू हासिल भएको सुनिश्चित गर्न परियोजनाका क्रियाकलापहरूको समग्र योजना तर्जुमा, कार्यान्वयन र दैनिक व्यवस्थापन गर्ने।
  • जिल्ला तहमा स्वास्थ्यसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरू र अन्य सरोकारवालाहरूसँग समन्वय गर्ने।
  • परियोजनाका क्रियाकलापहरूको गुणस्तरीय तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न विस्तृत कार्यान्वयन योजना निर्माण गर्ने।
  • कर्मचारी व्यवस्थापन तथा परिचालन गर्ने र सम्बन्धित सरकारी तथा गैर-सरकारी संस्थाहरूसँग नियमित समन्वय गर्ने।
  • असल अभ्यास, सफलताका कथा र परियोजनाका चुनौतीहरूको अभिलेखीकरण (Documentation) सुनिश्चित गर्दै अनुगमन, मूल्याङ्कन र प्रतिवेदन (Reporting) कार्यको सुपरिवेक्षण गर्ने।
  • परियोजनाको तथ्याङ्क व्यवस्थापन गर्ने, मातहतका कर्मचारीलाई सहयोग गर्ने र समयमै प्रगति प्रतिवेदनहरू पेश गर्ने।

पेश गर्नुपर्ने कागजातहरूः निवेदन, अद्यावधिक गरिएको वैयक्तिक विवरण (बायोडाटा), र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। निवेदनमा कुन पदका लागि दरखास्त दिइएको हो सो कुरा स्पष्ट रूपमा खुलाउनु पर्नेछ।

प्राथमिकताः स्थानीय उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।

दरखास्त दिने अन्तिम मितिः २०८३/०२/२४

दरखास्त पठाउने इमेल ठेगाना: astha.vacancy@gmail.com  मा सम्पर्क गर्नुहोस्।

परीक्षाको किसिमः लिखित तथा अन्तर्वार्ता।

नोट:

  • म्याद नाघी आएका दरखास्त मूल्याङ्कनमा समावेश गरिने छैन।
  • प्रस्तुत परियोजना दाताको स्वीकृति र आर्थिक सहायताको उपलब्धतामा निर्भर रहनेछ।

Overview

Category Public Health, Development Project, Nursing
Openings 1
Position Type Contract
Experience 1+ years
Education M.P.H. (Masters in Public Health), M.Sc. / M.N. (Masters in Nursing)
Posted Date 01 Jun, 2026
Apply Before 07 Jun, 2026
City Achham