कार्यक्रम संयोजक

Kalika Self Reliance Social Center

Details / requirements:

कर्मचारी आवश्यकता

प्रथम पटक प्रकाशित मितिः २०८२।०६।०२ गते

दोश्रो पटक प्रकाशित मितिः २०८२।०६।३१ गते

हेलन केलर ईन्टरनेशनल र आई. डी. ई. सँगको संयुक्त साझेदारीमा कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा कपिलवस्तु जिल्लाका सबै स्थानीय तहहरुमा संचालन भईरहेको "पोषण मार्फत जीवन रुपान्तरण परियोजना (Transforming Lives Through Nutrition) को लागि कर्मचारी आवश्यकता परेको हुँदा यो सूचना प्रकाशित भएको मितिले १२ दिन भित्र ईच्छुक नेपाली नागरिकबाट फोटो सहितको अद्यावधिक व्यक्तिगत विवरण (CV) तथा आफ्नो नागरिकता, शैक्षिक योग्यता, कार्य अनुभव लगायतका कागजपत्रका प्रतिलिपीहरू संलग्न राखी आवेदन सिधै कार्यालयमा बुझाउन वा इमेल मार्फत पठाउन सुचित गरिन्छ ।

पदः कार्यक्रम संयोजक

आवश्यक संख्याः १

शैक्षिक योग्यता तथा अनुभवः

१. जनस्वास्थ्य विषयमा स्नातक तह उत्तीर्ण गर्नेहरूका लागि ५ वर्षको अनुभव, स्नातोकत्तर तह उत्तीर्ण गर्नेहरूका लागि २ वर्षको अनुभव भएको ।

२. कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजीकरण सम्बन्धी ज्ञान र सिप भएको ।

३. स्थानीय सरकार र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।

४. कम्प्युटर (Microsoft word, excel, PowerPoint, internet DHIS2) सम्बन्धी दक्षता भएको ।

५. दुई पाङ्ग्रे सवारी साधन चालक अनुमती पत्र भएको र कम्तीमा ३० प्रतिशत समयावधि परियोजना क्षेत्रमा दिन सक्ने ।

६. एकीकृत पोषण सम्बन्धी ज्ञान र सिप भएको ।

मुख्य जिम्मेवारीहरू:

१. परियोजना अन्तर्गतका क्रियाकलापहरूको तोकिएको समयमा गुणस्तरीय तथा प्रभावकारी कार्यान्वयन गर्ने ।

२. बालबालिकाहरूको पोषण अवस्था लेखा जोखा गर्ने प्रक्रिया सम्बन्धी सहजीकरण गर्ने ।

३. पोषण अवसर, सम्भावना तथा चुनौतीहरू पहिचान र समाधान गर्ने ।

४. सरोकारवालासँग कार्यशाला गोष्ठी संचालन तथा सहजीकरण गर्ने ।

५. परियोजनाका कर्मचारीहरूको क्षमता अभिबृद्धि गर्दै परियोजना क्षेत्रका कर्मचारीहरूलाई प्राबिधिक सेवा प्रदान गर्ने ।

६. परियोजना क्षेत्रको तथ्याङ्क संकलन तथा अध्यावधिक गरी संस्था तथा सरोकारवाला निकायमा पेश गर्ने ।

७. कार्यक्रमको विस्तृत कार्ययोजना निर्माण गरी सो अनुसार कार्यान्वयन गर्ने ।

८. परियोजनाका असल अभ्यास, सफलताका कथा, सिकाई तथा चुनौतीहरुको अभिलेखीकरण तथा दस्तावेजीकरण गर्ने ।

९. तथ्याङ्क व्यवस्थापन गर्ने र मातहतको कर्मचारीहरूलाई आवश्यक सहयोग गर्ने ।

१०. स्वास्थ्य संस्था र कर्मचारीहरूलाई स्थलगत अनुशिक्षण गर्ने ।

११. साझेदार संस्था सँग नियमित समन्वय गर्ने र आवश्यकता अनुसारको प्राबिधिक सहयोग गर्ने ।

१२. प्रगति प्रतिवेदन तयार गर्ने ।

प्राथमिकताः महिला, दलित, जनजातीलाई प्राथमिकता दिइनेछ ।

पारिश्रमिकः संस्थाको नियम अनुसार हुनेछ ।

आवेदन दिने अन्तिम मितिः २०८२ कार्तिक ११ गते बेलुका ५ बजे भित्र ।

परिक्षाको किसिमः छोटो सुची, लिखित र अन्तरवार्ता 

नोटः आवेदकहरु मध्ये प्रारम्भिक छनौटमा परेका उम्मेदवाहरूलाई मात्रै परिक्षामा समावेश गरिने छ । फोन तथा अन्य संचार माध्यमबाट संस्थालाई प्रभाव पार्न प्रयास गर्ने उम्मेदवाहरूलाई स्वतः अयोग्य ठहर गर्न सकिने भएकोले कसैबाट पनि त्यस्तो प्रयास नगर्न सूचित गरिन्छ ।

सम्पर्कः

कालिका स्वावलम्बन सामाजिक केन्द्र

केन्द्रिय कार्यालय, कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउ

थप जानकारीको लागि फोनः ०७६-५६०२८२

इमेलः hr.ksscnepal@gmail.com

Overview

Category Public Health, Development Project
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 17 Oct, 2025
Apply Before 28 Oct, 2025
City Kapilvastu