कार्यक्रम अधिकृत (Program Officer)
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
प्रकाशित मिति: २०८२/०६/३१
धनुषा जिल्लाको बिभिन्न पालिकाहरूमा निकट भविष्यमा संचालन हुन गईरहेको आशातीत परियोजनाको लागि सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरधामद्वारा तल उल्लेखित पदमा अनुभवी तथा योग्य नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्तको लागि आह्वान गरिएको छ। हाल प्लान इन्टरनेशनलको साझेदारीमा जनकनन्दिनी गाउपालिका र बिदेह नगरपालिकामा संचालित Girls Standing Strong (GSS) Project अन्र्तगत १ जना कार्यक्रम अधिकृत (Project officer) पदको लागि निम्न अनुसारको योग्यता र अनुभव भएकाहरूलाई आवेदन गर्न आह्वान गरिएको छ ।
पद: कार्यक्रम अधिकृत (Program Officer) – १ जना
योग्यता:
जनस्वास्थ्य विषयमा स्नातक (BPH) वा बि.एस.सि नर्सिङ्ग (BSC Nursing) मा स्नातक साथै २-३ बर्षको कार्य अनुभब अथवा स्वास्थ्य सहायक (HA/ staff Nurse), भई प्रारम्भिक वाल विकासमा ३-५ बर्षको अनुभब भएको।
अनुभव:
- प्रारम्भिक वाल विकास सम्बन्धि कार्यक्रमहरूमा काम गरेको ।
- परियोजनाको योजना अनुसार सामुदायिक स्तरका क्रियाकलापहरूको योजना बनाउन र कार्यन्वयन गर्न सक्ने
- स्थानीय सरकारको कार्यालय, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, HFOMC र FCHV स्थानीय तहका सरोकारवालाहरूसँग समन्वय गर्न सक्ने
- स्थानीय एफएम मार्फत मुख्य सन्देशहरूको प्रसारण गर्न सक्ने ।
- अभिभावक शिक्षा सत्र र संवाद सत्र सञ्चालन गर्न सामुदायिक स्तरीय सहजकर्तालाई प्राविधिक सहयोग गर्न सक्ने
- सामुदायिक स्तरको तालिम आयोजना गर्न वा सहजीकरण गर्न सहयोग गर्न सक्ने
- फिल्ड अधिकृत र सामाजिक परिचालकहरूबाट कार्यक्रमका क्रियाकलापहरू कार्यसम्पादनको नियमित अनुगमन, मुल्यांकन र सहजीकरण गर्न सक्ने
- मासिक, त्रैमासिक र वार्षिक प्रगति प्रतिवेदन तयारी गर्न सक्ने
- कम्प्यूटर संचालनमा खास गरि Word, Excell र Powerpoint मा राम्रो दख्खल भएको तथा ईन्टरनेट सम्बन्धि राम्रो ज्ञान भएको ।
- फिल्ड भ्रमणमा जाने र फिल्ड स्तरीय बैठकहरूमा भाग लिने र प्रभावकारी कार्यान्वयनका लागि समस्या समाधानमा सहजीकरण गर्ने ।
- आवश्यक बैठकहरूमा, कार्यशाला गोष्ठी, तालिम तथा भ्रमणहरूमा भाग लिने ।
- दुई पांग्रे सवारीचालक अनुमति पत्र भएको ।
दरखास्त दिने अन्तिम मिति: २०८२।०७।१४ गते (31st October 2025) साँझ ५:०० बजे सम्म ।
संलग्न गर्नु पर्ने आवश्यक कागजातहरू: बायोडाटा (२ जनाको Reference सहित) , निवेदन र शैक्षिक प्रमाणपत्र ।
आवेदनलाई कार्यलयमा स्वयम् उपस्थित भएर अथवा इमेल मार्फत पनि पठाउन सकिने छ।
बिस्तृत जानकारी तथा आवेदन दिने सम्पर्क ठेगाना:
सामाजिक विकास र अनुसन्धान केन्द्र (SDRC)
मिल्स एरिया-१
जनकपुरधाम उपमहानगरपालिका, धनुषा, नेपाल
फोन: ०४१-५-९०३७६
इमेल: vacancysdrc22@gmail.com
Overview
Category | Public Health, Development Project, Nursing |
Openings | 1 |
Position Type | Contract |
Experience | 3+ years |
Education | Bachelor's degree in a related field |
Posted Date | 17 Oct, 2025 |
Apply Before | 31 Oct, 2025 |
City | Dhanusha |