कार्यक्रम अधिकृत - प्राविधिक (Program Officer - Technical) / प्रशासन तथा वित्त अधिकृत (Admin and Finance Officer)

Everest Club

Details / requirements:

आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!

प्रथम पटक सूचना प्रकाशित मितिः २०८३ साल कार्तिक महिनाको २० गते

एभरेष्ट क्लव, दैलेख द्वारा आगामी दिनमा दैलेख जिल्ला अन्तर्गतका समस्त पालिकाहरूमा सञ्चालन गर्न प्रस्ताव गरिएको "मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) तथा पोषण कार्यक्रम" का लागि तपसिल बमोजिमका कर्मचारीहरू आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ११ दिनभित्र दरखास्त आह्वान गरिन्छ।

पदन्यूनतम शैक्षिक योग्यता तथा कार्यानुभवमुख्य जिम्मेवारीहरू
कार्यक्रम अधिकृत - प्राविधिक (Program Officer - Technical) (१ जना)नर्सिङ वा जनस्वास्थ्य विषयमा स्नातक उत्तीर्ण भई क्लिनिकल पृष्ठभूमि भएको। मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण कार्यक्रममा कम्तीमा १ वर्षको अनुभव भएकालाई प्राथमिकता दिइने।
  •  कार्यक्षेत्र (फिल्ड) स्तरका क्रियाकलापहरू कार्यान्वयन गर्न र प्रगति प्रतिवेदन तयार गर्न कार्यक्रम संयोजकलाई सहयोग पुर्‍याउने।
  • जिल्ला तथा स्थानीय तहमा मातृ, नवजात शिशु, बाल स्वास्थ्य र पोषणसम्बन्धी प्राविधिक फोकल पोइन्टहरूसँग समन्वय गरी कार्यक्रम कार्यान्वयन गर्ने।
  • कार्यसञ्चालन योजनाहरू निर्माण गर्ने र कार्यक्षेत्रमा तिनको समयमै तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने।
  • पालिका स्तरका सम्बन्धित सरकारी तथा गैर-सरकारी निकायहरूसँग समन्वय गर्ने।
  • मातहतका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र परियोजना क्षेत्रका स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई अभिमुखीकरण तथा प्राविधिक सहयोग प्रदान गर्ने।
  • मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण सेवाको गुणस्तर अभिवृद्धिका लागि स्थानीय तह र स्वास्थ्य संस्थाहरूलाई प्राविधिक सहयोग प्रदान गर्दै स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप तथा कार्यसम्पादनको सुदृढीकरणका लागि यथोचित प्राविधिक सहयोग प्रदान गर्ने।
  • तथ्याङ्कको व्यवस्थापन र विश्लेषण गर्दै परियोजनाका सफलताका कथा र चुनौतीहरूको अनुगमन, मूल्याङ्कन र अभिलेखीकरण गर्ने।
प्रशासन तथा वित्त अधिकृत (Admin and Finance Officer) (१ जना)स्नातक तह (Management) उत्तीर्ण गरी  कम्तीमा  2  वर्षको सान्दर्भिक अनुभव प्राप्त गरेको।
  • दैनिक कार्यालय सञ्चालन तथा कोष निकासा (Fund disbursement) को व्यवस्थापन गर्ने र बजेट तथा खर्चको अनुगमन गर्ने।
  • वित्तीय प्रतिवेदन तयार गर्ने, लेखा राख्ने (Bookkeeping) कार्य गर्ने र आवश्यकता अनुसार वित्तीय अभिलेखहरू अद्यावधिक गर्ने।
  • बजेट सम्बन्धी कुनै पनि विषयमा परियोजना टिमसँग प्रत्यक्ष समन्वय गर्ने।

पेश गर्नुपर्ने कागजातहरूः निवेदन, अद्यावधिक गरिएको वैयक्तिक विवरण (बायोडाटा), र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। निवेदनमा कुन पदका लागि दरखास्त दिइएको हो सो कुरा स्पष्ट रूपमा खुलाउनु पर्नेछ।

प्राथमिकताः स्थानीय उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।

दरखास्त दिने अन्तिम मितिः २०८३ साल कार्तिक महिनाको ३० गते ।

दरखास्त पठाउने इमेल ठेगाना: hr@everestclubnepal.org.np मा सम्पर्क गर्नुहोस्।

भौतिक रूपमा कागजात वा आवेदन बुझाउने ठेगाना: एभरेष्ट क्लवको कार्यालय, नारायण नगरपालिका वडा नं. १, नयाँ बजार, दैलेख (कागजातहरू उल्लेखित कार्यालय ठेगानामा बुझाउनुपर्नेछ) ।

नोट: आवेदनको भौतिक (हार्डकपी) पेशी केवल इमेलमार्फत पठाउन असमर्थ व्यक्तिहरूका लागि मात्र लागू हुनेछ।

परीक्षाको किसिमः लिखित तथा अन्तर्वार्ता।

नोट:

  • म्याद नाघी आएका दरखास्त मूल्याङ्कनमा समावेश गरिने छैन।
  • प्रस्तुत परियोजना दाताको स्वीकृति र आर्थिक सहायताको उपलब्धतामा निर्भर रहनेछ।

Overview

Category Development Project, Nursing, Management
Openings 2
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 06 Nov, 2026
Apply Before 16 Nov, 2026
City Dailekh