आपूर्तिकर्ता तथा सेवा प्रदायक सूची दर्ता सम्बन्धी सूचना
Details / requirements:
एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपाल
आपूर्तिकर्ता तथा सेवा प्रदायक सूची दर्ता सम्बन्धी सूचना
प्रकाशित मिति: २०८३/०७/१६
एकिकृत सामुदायिक विकास अभियान (ICDC) ले विभिन्न दातृ निकायको सहयोगमा धादिङ जिल्ला तथा अन्य कार्यक्षेत्रमा बाढी प्रभावित समुदायको आपतकालीन प्रतिकार्य, संरक्षण, स्वास्थ्य तथा मनोसामाजिक सहयोग, खानेपानी तथा सरसफाइ, शिक्षा, आवास पुनर्निर्माण र जीविकोपार्जन पुनर्स्थापनासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
उक्त कार्यक्रमहरूको कार्यान्वयनका लागि आवश्यक पर्ने विभिन्न वस्तु तथा सेवा आपतकालीन तथा नियमित खरिद प्रक्रियामार्फत पारदर्शी, प्रतिस्पर्धात्मक र गुणस्तरीय रूपमा खरिद गर्न इच्छुक योग्य उत्पादक, आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक तथा परामर्शदाताहरूबाट सूची दर्ताका लागि यो सूचना प्रकाशित गरिएको छ। इच्छुक फर्म, कम्पनी, संस्था तथा सेवा प्रदायकहरूले यहि मिति २०८३/०७/३० भित्र आवश्यक कागजातसहित आवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।
१. आपूर्ति तथा सेवा दर्ताका क्षेत्रहरू
क. खाद्यान्न तथा राहत सामग्री (Food and Emergency Relief Supplies)
- खाद्यान्न तथा परिवारका लागि खाद्य प्याकेज।
- खाना पकाउने भाँडाकुँडा तथा किचन सेट।
- कम्बल, ओढ्ने–ओछ्याउने सामग्री, सिरक, डसना तथा जाडोका कपडा।
- त्रिपाल, अस्थायी आवास तथा संक्रमणकालीन आश्रय सामग्री।
- बेबी किट तथा बालबालिकाका आवश्यक सामग्री।
- सरसफाइ तथा मर्यादा किट (Hygiene and Dignity Kits)।
ख. स्वास्थ्य, संरक्षण तथा मनोसामाजिक सहयोग सामग्री तथा सेवा
- स्वास्थ्य तथा प्राथमिक उपचार सामग्री।
- मनोसामाजिक परामर्श तथा मानसिक स्वास्थ्यसम्बन्धी सेवा।
- बालमैत्री स्थान (Child-Friendly Space) स्थापना तथा आवश्यक सामग्री।
- महिला तथा बालबालिका सुरक्षित स्थान स्थापनाका सामग्री।
- GBV रोकथाम तथा संरक्षणसम्बन्धी तालिम र अभिमुखीकरण सेवा।
- अपाङ्गता भएका व्यक्तिका लागि सहायक सामग्री तथा उपकरण।
- गर्भवती तथा स्तनपान गराउने महिला र बालबालिकाका लागि पोषण सामग्री।
ग. खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH)
- पानी शुद्धीकरण सामग्री (पियुष, क्लोरिन ट्याब्लेट, फिल्टर आदि)।
- बाल्टिन, जग, साबुन, सरसफाइ सामग्री तथा WASH किट।
- अस्थायी शौचालय निर्माण सामग्री तथा सेवा।
- खानेपानी तथा सरसफाइ संरचना निर्माण, मर्मत तथा पुनर्स्थापना।
- विद्यालय तथा समुदायका लागि हात धुने स्थान र सुरक्षित खानेपानी व्यवस्थापन सामग्री।
घ. निर्माण, मर्मत तथा प्राविधिक सेवा
- अस्थायी तथा स्थायी आवास निर्माण सामग्री।
- सिमेन्ट, छड, जस्तापाता, इँटा, बालुवा, गिट्टी, काठ तथा अन्य निर्माण सामग्री।
- शौचालय, खानेपानी तथा सरसफाइ संरचना निर्माण।
- विद्यालय भवन तथा कक्षाकोठा मर्मत, पुनर्निर्माण तथा साना निर्माण कार्य।
- प्राविधिक डिजाइन, लागत अनुमान, सुपरिवेक्षण तथा इन्जिनियरिङ सेवा।
- भग्नावशेष तथा माटो हटाउने, सरसफाइ र निर्माणस्थल व्यवस्थापन सेवा।
ङ. शिक्षा तथा बालमैत्री सामग्री
- शैक्षिक सामग्री, स्टेशनरी तथा विद्यालय किट।
- विद्यालय फर्निचर, खेलकुद तथा सिकाइ सामग्री।
- बालमैत्री विद्यालय तथा सिकाइ केन्द्र व्यवस्थापन सामग्री।
- विद्यालय सरसफाइ, कीटाणुशोधन तथा मर्मत सेवा।
च. जीविकोपार्जन तथा आयआर्जन सामग्री
- कृषि सामग्री, बीउबिजन, औजार तथा उपकरण।
- पशुपालनसम्बन्धी सामग्री तथा उपकरण।
- सीप विकास तथा व्यावसायिक तालिम सेवा।
- साना उद्यम तथा समूहगत व्यवसाय सञ्चालनका सामग्री।
- आयआर्जन तथा जीविकोपार्जन पुनर्स्थापनासम्बन्धी उपकरण।
छ. कार्यालय, तालिम तथा अन्य सेवा
- मालसामान ढुवानी सेवा
- सवारी साधन भाडा, ढुवानी तथा लजिस्टिक सेवा।
- तालिम हल, बैठक कक्ष, आवास तथा खाना व्यवस्थापन सेवा।
- छपाइ, प्रकाशन, डिजाइन तथा सञ्चार सामग्री।
- सूचना प्रविधि, कम्प्युटर, प्रिन्टर तथा कार्यालय सामग्री।
- फोटो, भिडियो, दस्तावेजीकरण तथा प्रतिवेदनसम्बन्धी सेवा।
- तालिम, अभिमुखीकरण, सहजीकरण तथा परामर्श सेवा।
- MHPSS, बाल संरक्षण, केस व्यवस्थापन तथा क्षमता विकासका लागि योग्य विशेषज्ञ तथा सेवा प्रदायक।
२. आवेदनका लागि आवश्यक कागजातहरू
- आवेदकले निम्न कागजातहरू पेश गर्नुपर्नेछः
- फर्म/कम्पनी/संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपि।
- स्थायी लेखा नम्बर (PAN) वा VAT दर्ता प्रमाणपत्र।
- पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र वा कर विवरण पेश गरेको प्रमाण (लागू हुने अवस्थामा)।
- संस्थाको प्रोफाइल तथा सम्बन्धित वस्तु वा सेवाको विवरण।
- सम्बन्धित क्षेत्रमा कार्यानुभव तथा विगतमा सम्पन्न कार्यहरूको विवरण (भएमा)।
- आधिकारिक सम्पर्क नम्बर, इमेल तथा कार्यालय ठेगाना।
- सम्बन्धित वस्तु तथा सेवाको मूल्य सूची वा दररेट (उपलब्ध भएमा)।
३. आवेदन पेश गर्ने प्रक्रिया
इच्छुक आपूर्तिकर्ता तथा सेवा प्रदायकहरूले आफूले आपूर्ति गर्न सक्ने वस्तु वा प्रदान गर्न सक्ने सेवाको क्षेत्र स्पष्ट उल्लेख गरी यसै सूचनामा संलग्न गरिएको फारम डाउनलोड गरी भरेर आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्नेछ। आवेदन प्रत्यक्ष रूपमा संस्थाको कार्यालयमा वा इमेलमार्फत पेश गर्न सकिनेछ। फाइल डाउनलोड गर्ने लिंक यस प्रकार रहेको छ। https://bit.ly/48lhQGx
आवेदन पेश गर्ने अन्तिम मिति: मिति २०८३/०७/३० कार्यालय समयभित्र।
आवेदन पठाउने ठेगाना:
एकिकृत सामुदायिक विकास अभियान (ICDC)
नीलकण्ठ नगरपालिका–८, धादिङबेसी, धादिङ, नेपाल।
इमेल: icdc.vacancy@gmail.com वेबसाइट: www.icdc.org.np
विषय: आपूर्तिकर्ता तथा सेवा प्रदायक सूची दर्ताका लागि आवेदन।
४. अन्य सर्तहरू
१. प्राप्त आवेदन तथा कागजातहरूको अध्ययन गरी योग्य आपूर्तिकर्ता तथा सेवा प्रदायकहरूको सूची तयार गरिनेछ।
२. सूचीमा दर्ता हुँदैमा कुनै निश्चित खरिद आदेश, सम्झौता वा कामको सुनिश्चितता हुने छैन।
३. आवश्यकताअनुसार दर्ता भएका आपूर्तिकर्ताबाट मूल्य प्रस्ताव माग गरी संस्थाको खरिद नीति तथा सम्बन्धित दातृ निकायको नियमअनुसार खरिद प्रक्रिया अगाडि बढाइनेछ।
४. आपतकालीन अवस्थामा आवश्यक सामग्री तथा सेवा तत्काल उपलब्ध गराउन सक्ने क्षमता, गुणस्तर, उचित मूल्य र आपूर्तिको समयलाई प्राथमिकता दिइनेछ।
५. आवश्यकताअनुसार संस्थाले थप कागजात, नमुना, दररेट वा प्राविधिक विवरण माग गर्न सक्नेछ।
६. गलत विवरण वा कागजात पेश गर्ने, स्वार्थको द्वन्द्व हुने वा खरिद प्रक्रियामा अनियमितता गर्ने आपूर्तिकर्ताको दर्ता रद्द गर्न सकिनेछ।
७. बाल संरक्षण, महिला सुरक्षा, गोपनीयता तथा संस्थाको आचारसंहिता पालना गर्नुपर्ने सेवा प्रदायकहरूबाट सम्बन्धित सुरक्षात्मक मापदण्डको पालना सुनिश्चित गरिनेछ।
८. संस्थालाई कुनै पनि वा सबै आवेदन स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित रहनेछ।
एकिकृत सामुदायिक विकास अभियान (ICDC)
धादिङ, नेपाल
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 06 Nov, 2026 |
| Apply Before | 16 Nov, 2026 |
| City | Dhading |