कर्मचारी पदपूर्ति सम्बन्धि सुचना

Protection nepal

Details / requirements:

संरक्षण नेपाल, बारा

कर्मचारी पदपूर्ति सम्बन्धि सुचना

पहिलो पटक प्रकाशित मिति २०७९/१२/०७ 

संरक्षण  नेपाल सन २००२ मा स्थापना भएको एक गैरराजनीतिक, धर्मनिरपेक्ष र गैर नाफामुखी संस्था हो जसको मुख्य कार्यालय बारा जिल्लाको कलैयामा रहेको छ । यस संस्थाले नेपालको मधेश प्रदेशमा बाल, युवा तथा महिलाहरुको हकहित, संरक्षण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ र मानवीय सहायताको विषयगत क्षेत्रहरु काम गर्दै आएको एक अग्रणी संस्था हो ।  यसले गरिब, जोखिममा परेका, सीमान्तकृत, सामाजिक रूपमा बहिष्कृत समुदाय र बालबालिका, युवा, महिला समेतको लागि विभिन्न दातृ निकायहरुको सहयोगमा सामाजिक र आर्थिक विकासलाई प्रोत्साहित गर्न र उनीहरुको अधिकार, मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ । यसै सन्दर्भमा संरक्षण नेपालको आयोजना तथा एटविन/युनिसेफको साझेदारीमा बारा, पर्सा, रौतहट र सर्लाहीमा संचालनमा रहेको Prevention of child labour exploitation: strengthening capacity and surveillance on migration and trafficking कार्यक्रमको लागि आवश्यक कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरिएको छ ।  

१. पद: Finance (Part Time)

योग्यता, अनुभव र सिप: व्यवस्थापन, वित्त शास्त्र, व्यापार व्यवस्थापन विषय स्नातक तह उतीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्षको काम गरेको अनुभव भएको ।

कार्यक्षेत्र: बारा 

२. पद: Social Mobilizer

रित्त पद संख्य:

योग्यता, अनुभव र सिप: एस.ल.सी वा सो सरह उतीर्ण गरी सुरक्षित आप्रवासन तथा मानव बेचबिखन तथा बाल श्रम विरुद्ध वा सामाजिक परिचालन बिषयमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको साथै प्रभावित व्यक्तिहरुको हकमा १ वर्षको कार्य अनुभव भएको ।

कार्यक्षेत्र: बारा

दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरु:

  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
  • शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी
  • व्यक्तिगत बिवरण (CV )
  • काम गरेको अनुभव पत्र तथा सम्वन्धित तालिमको प्रमाण पत्र ।

छनौटको किसिम: लिखित तथा अन्तरवार्ता (दुवै) 

रितपुर्वक कागजात भएको उम्मेदवारहरुलाई मात्र लिखित परीक्षाको लागि परिक्षा हुने मिति, स्थान र समयमा सूचना वा फोन मार्फत जानकारी गराईनेछ ।

दरखास्त दिने अन्तिम मिति: १३ गते बेलुका ०५:०० बजे सम्म रहेको छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५:०० बजेसम्म आवेदन दिन सकिनेछ । यदि कुनै कुरा बुझ्न परेमा तल उल्लेखित इमेल वा फोन नं.मा सम्पर्क गर्न सक्नु हुनेछ ।

आवेदन दिने ठेगाना:

संरक्षण नेपाल, कलैया, बारा

सम्पर्क नं. ०५३-५५०६०५ वा ईमेल ठेगाना: vacancy.pnbara@gmail.com

कार्यशक्तिको विविधताको कदर गर्दै संरक्षण नेपालले महिला र जातीय अल्पसंख्यकहरूलाई आवेदन दिन दृढतापूर्वक प्रोत्साहित गर्दछ ।

कर्मचारी छनौट समिति

Overview

Category Accounting and Finance, Development and Project
Openings 2
Position Type Full Time, Part Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 21 Mar, 2023
Apply Before 27 Mar, 2023
City Bara