कर्मचारी आवश्यक्ता सम्बन्धि सुचना

Social Development & Research Centre (SDRC)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि सुचना 

परिर्माजित तथा पुनः प्रकाशित मिति: २०७८/१०/१० गते (24,January,2022)

धनुषा जिल्लाको बिभिन्न पालिकाहरुमा निकट भविष्यमा संचालन हुन गईरहेको आशातीत परियोजनाको लागि सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरधामद्वारा तल उल्लेखित पदहरुमा अनुभवी तथा योग्य नेपाली नागरिकहरुबाट सुचना प्रकाशित भएको मितिले  १५ दिन भित्र  दरखास्तको लागि आव्हान गरिएको छ।

विज्ञापन।नं।०१/०७८/०७९– पद: परियोजना संयोजक (Project Coordinator) – १ जना 

वान्छनीय योग्यता:

जनस्वास्थ्य विषयमा स्नातकोत्तर (MPH) र १-२ बर्षको  कार्य अनुभब अथवा जनस्वास्थ्य विषयमा स्नातक   (BPH)  र  ३-५ बर्षको कार्य  अनुभब

अनुभव:

  • परियोजना संयोजकको रुपमा प्रारम्भिक वाल विकास (ECD) को क्षेत्रमा काम गरेको 
  • कार्यक्रम योजना तर्जुमा, विस्तृत कार्यान्यवन योजना, बजेट व्यवस्थापनमा दख्खल भएको।  
  • लेखा विभाग, फिल्ड टोली लगायतका परियोजना टोलीका आवश्यकताहरू बुझ्ने र गुणस्तरीय तालिम र क्षमता अभिवृद्धिका लागि स्वास्थ्य कार्यालयका साथै अन्य आन्तरिक तथा बाह्य स्रोत व्यक्तिहरूसँग समन्वय गर्न सक्ने 
  • सम्बन्धित सरोकारवाला पहिचान गर्ने र जिल्ला तथा स्थानीय तहसँग राम्रो सम्बन्ध कायम गर्न सक्ने 
  • समुदाय स्तरमा कार्यक्रम कार्यन्वयन गरका लागि जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य सेवा केन्द्र (PHCC), HFOMC,र FCHV सँग विशेष समन्वय गर्न सक्ने 
  • परियोजनासंग सम्बन्धित कर्मचारीहरुको जिम्मेवारीमा हुन सक्ने कमि कमजोरी र सुधारको लागि चालिनु पर्ने कदमको पहिचानको लागि नियमित रुपमा कर्मचारीहरुको बैठक संचालन गर्ने 
  • फिल्ड अधिकृत र सामाजिक परिचालकहरुबाट कार्यक्रमका क्रियाकलापहरु कार्यसम्पादनको नियमित अनुगमन र मुल्यांकन गर्ने 
  • सामाजिक परिचालक र अन्य कर्मचारीहरुलाई कार्यक्रम कार्यन्वयनमा सहजीकरण गर्ने 
  • कर्मचारी बैठकको दौरान आएका महत्वपूर्ण कुराको टिपोट गर्ने र त्यसलाई विश्लेषण गर्ने 
  • कम्प्यूटर संचालनमा खास गरि वर्ड, एक्सेल र पावर पोइन्टमा राम्रो दख्खल भएको तथा ईन्टरनेट सम्बन्धि राम्रो ज्ञान भएको ।
  • अंग्रेजी र नेपालीमा मासिक, चौमासिक र वार्षिक प्रगती प्रतिवेदन लेख्न सक्ने 
  • आवश्यक बैठकहरुमा, कार्यशाला गोष्ठी, तालिम तथा भ्रमणहरुमा भाग लिने, 
  • स्थानीय भाषा र परिवेशको राम्रो ज्ञान भएको । 
  • दुई पांग्रे सवारी चालक अनुमति पत्र भएको ।


विज्ञापन।नं।०२/०७८/०७९– पद: कार्यक्रम अधिकृत (Program Officer) – १ जना 

वान्छनीय योग्यता 

जनस्वास्थ्य  विषयमा स्नातक (BPH) र १-२ बर्षको कार्य अनुभब अथवा स्वास्थ्य सहायक (HA), भई  प्रारम्भिक वाल विकासमा ३-५ बर्षको अनुभब।

अनुभव:

  • प्रारम्भिक वाल विकास सम्बन्धि कार्यक्रमहरुमा काम गरेको ।
  • परियोजनाको योजना अनुसार सामुदायिक स्तरका क्रियाकलापहरूको योजना बनाउन र कार्यन्वयन गर्न सक्ने 
  • स्थानीय सरकारको कार्यालय, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, HFOMC रFCHV जस्ता स्थानीय तहका सरोकारवालाहरूसँग समन्वय गर्न सक्ने 
  • स्थानीय एफएम मार्फत मुख्य सन्देशहरूको प्रसारण गर्न सक्ने ।
  • अभिभावक शिक्षा सत्र र संवाद सत्र सञ्चालन गर्न सामुदायिक स्तरीय सहजकर्तालाई प्राविधिक सहयोग गर्न सक्ने 
  • सामुदायिक स्तरको तालिम आयोजना गर्न वा सहजीकरण गर्न सहयोग गर्न सक्ने 
  • फिल्ड अधिकृत र सामाजिक परिचालकहरुबाट कार्यक्रमका क्रियाकलापहरु कार्यसम्पादनको नियमित अनुगमन, मुल्यांकन र सहजीकरण गर्न सक्ने 
  • मासिक, त्रैमासिक र वार्षिक प्रगति प्रतिवेदन तयारी गर्न सक्ने 
  • कम्प्यूटर संचालनमा खास गरि वर्ड, एक्सेल र पावर पोइन्टमा राम्रो दख्खल भएको तथा ईन्टरनेट सम्बन्धि राम्रो ज्ञान भएको ।
  • फिल्ड भ्रमणमा जाने र फिल्ड स्तरीय बैठकहरुमा भाग लिने र प्रभावकारी कार्यान्वयनका लागि समस्या समाधानमा सहजीकरण गर्ने 
  • आवश्यक बैठकहरुमा, कार्यशाला गोष्ठी, तालिम तथा भ्रमणहरुमा भाग लिने,
  • दुई पांग्रे सवारीचालक अनुमति पत्र भएको ।

विज्ञापन।नं।०३/०७८/०७९–पद: समुदायिक परिचालक – ४ जना

वान्छनीय योग्यता 

अनमी (ANM) उत्तीर्ण गरि २-३ बर्ष सामाजिक परिचालनको क्षेत्रमा काम गरेको  

अनुभव:

  • प्रारम्भिक वाल विकासको क्षेत्रमा काम गरेको ।
  • पालिकाहरुको कार्यक्षेत्रमा प्रारम्भिक वाल विकास सम्बन्धित क्रियाकलापहरुको योजना निर्माण र कार्यान्वयन गर्न सक्ने 
  • सामुदायिक स्तरमा कार्यक्रम कार्यान्वयन गर्न स्थानीय स्वास्थ्य सुविधा र FCHVs सँग समन्वय तथा  तालिमहरू सञ्चालन गर्न सक्ने 
  • समुदायमा प्रभावकारी सत्र सञ्चालन गर्न FCHV र संवाद सहजकर्ताहरूलाई सहयोग तथा सहजीकरण गर्न सक्ने 
  • पोषण सीप र सहयोग गरिएका सामग्रीहरूको उचित उपयोगको लागि अभिभावकरसमुदायलाई नियमित निगरानी र गृह भ्रमण गर्न सक्ने 
  • समुदायका अगुवारशिक्षकरअभिभावकहरूलाई समुदायमा भयमुक्त र अहिंसात्मक बाल विकासको वातावरण सिर्जना गर्नमा सहजीकरण गर्न सक्ने 
  • घर र समुदायमा वाल र लैंगिक मैत्री वातावरणको सिर्जना गर्न अभिभावकहरुलाई सहयोग गर्ने 
  • प्रत्येक क्रियाकलापहरुको नियमित अनुगमन गर्ने 
  • सेवाग्राहीहरूको खण्डीकृत तथ्याङ्कको संकलन तथा दस्तावेजीकरण गर्न सक्ने 
  • घर र समुदायमा पनि बालबालिका र लैङ्गिक मैत्री वातावरण सिर्जना गर्न अभिभावकहरूलाई सहजीकरण गर्न सक्ने 
  • कम्प्यूटर र स्मार्ट फोन सम्बन्धि राम्रो ज्ञान भएको ।
  • मासिक बैठकमा भाग लिने र मासिक प्रगति प्रतिवेदन पेश गर्ने 
  • संस्थागत आवश्यकता अनुसार बैठकहरुमा, कार्यशाला गोष्ठी, तालिम तथा भ्रमणहरुमा भाग लिने

विज्ञापन।नं।०४/०७८/०७९–पद: परियोजना संयोजक (Project Coordinator) – १ जना (महिला उम्मेदवारलाई बिशेष ग्राहयता)

वान्छनीय योग्यता:

समाजशात्र वा ग्रामीण विकास (Sociology or Rural Development)  विषयमा स्नातक तह उतिर्ण वा सो सरह (स्नातकोत्तरलाई बिशेष ग्राह्यता)

अनुभव:

  • परियोजना संयोजकको रुपमा बाल संरक्षण सम्बन्धि परियोजनामा कम्तिमा २ बर्ष काम गरेको।
  • बाल बालिका तथा महिला सशक्तिकरण, बाल सहभागिता र यौन प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि अनुभव भएको ।
  • कार्यक्रम योजना तर्जुमा, विस्तृत कार्यान्यवन योजना बनाउन सक्ने, बजेट व्यवस्थापन तथा परियोजनाको नगद प्रवाहको अनुगमनमा दख्खल भएको।  
  • बाल बालिका र युवा महिलाहरुको सवालमा स्थानिय सरकारसंग नजिकबाट सहकार्य र समन्वय गरी कार्य गरेको अनुभव
  • लैङ्गिक समानता, अन्तरवर्गियता र महिलावादी सिदान्त तथा संरक्षण बारे विश्लेषण गर्न सक्ने
  • बालबालिका र युवा व्यक्तिको संरक्षण प्रति प्रतिबद्ध रहेको
  • अति जोखिममा परेको बाल बालिका संरक्षण तथा बाल अभियान कार्यमा जागरुक वा रुचि भएको ।
  • कम्प्यूटर संचालनमा खास गरि वर्ड, एक्सेल र पावर पोइन्टमा राम्रो दख्खल भएको तथा ईन्टरनेट सम्बन्धि राम्रो ज्ञान भएको ।
  • वाल बालिका सम्बन्धि ऐन बारे राम्रो ज्ञान भएको 
  • बालमैत्री स्थानीय शासन बारे ज्ञान भएको 
  • अंग्रेजी र नेपालीमा विश्लेषनात्मक प्रतिवेदन लेख्न, बोल्न तथा अनुवाद गर्न सक्ने 
  • स्थानीय भाषा र परिवेशको राम्रो ज्ञान भएको । 
  • आवश्यकता अनुसार फिल्डमा रहेर कार्य सम्पादन गर्नुपर्ने । 
  • स्थानिय तथा जिल्ला स्तरका सरोकारवालाहरुसंग समन्वय र सहकार्य गर्न सक्ने ।
  • साझेदार संस्थाहरु बीच bridging  को कार्य गर्ने ।
  • कार्यालयका बिभिन्न तह तथा बिभागमा समन्वय र सहकार्य गर्न सक्ने ।
  • दुई पांग्रे सवारी चालक अनुमति पत्र भएको ।

विज्ञापन।नं।०५/०७८/०७९–पद: लेखा अधिकृत (Finance Officer)  – १ जना

वान्छनीय योग्यता:

बाणिज्य विषयमा स्नातक तह उतिर्ण वा सो सरह 

अनुभव:

प्रशासन:

  • कार्यालयको स्थिर सम्पत्तिको रजिस्टर र स्टक इन्वेंटोरीलाई नियमित रुपमा कायम राख्दै त्यसलाई अध्यावाधिक गर्नु पर्ने  
  • जिन्सी तथा बन्दोवस्ती सम्बन्धि कार्यक्रम तथा प्रशासनिक आवश्यकताहरुलाई सहयोग गर्नु पर्ने  
  • कार्यक्रम तथा संस्थाले पालना गर्नु पर्ने नियम बारे स्थानिय तथा जिल्ला स्तरमा सरोकारवालाहरुसंग समन्वय गर्न सक्ने ।
  • कार्यक्रमका सम्पूर्ण कर्मचारीहरुको विदाको रेकर्डलाई नियमित रुपमा कायम राख्दै त्यसलाई अध्यावाधिक गर्नु पर्ने  
  •  योजना अनुसार कार्यक्रम स्थलहरुको आवधिक अनुगमन भ्रमण गर्ने 

आर्थिक:

  • परियोजनाको आर्थिक र लेखा प्रणालीलाई प्रभावकारी तरिकाले दुरुस्त राख्नु पर्ने 
  • पेश्की निकासा गर्ने, फिल्डमा भएको खर्चको समिक्षा तथा प्रमाणीकरण गर्नु पर्ने 
  • मासिकरत्रैमासिक बजेटको पूर्वानुमान गर्ने र सोहि अनुसार बजेट निकासको लागि अनुरोध गर्ने 
  • परियोजनाको मासिकरत्रैमासिक प्रतिवेदन तयार गर्ने 
  • मासिक रुपमा बैंकरनगद मिलान स्टेटमेन्ट (reconciliation statement) तयार गर्ने 
  • आर्थिक स्टेटमेन्टको तयारीका लागि परियोजनाको लेजरबुकलाई कम्पाइल र समिक्षा गर्ने 
  • लेखा सम्बन्धि समस्याहरुको पहिचान गर्ने तथा सम्भावित समाधानका लागि छलफल गर्ने 
  • संस्थाको वित्तीय नीति अनुसार आन्तरिक नियन्त्रण प्रणालीलाई सुनिस्चित गर्ने 
  • संस्थाको बाह्य तथा आन्तरिक लेखा परिक्षणमा सहजीकरण गर्ने 
  • संस्थाको आर्थिक शाखा भित्र राम्रो सहकार्य तथा सहयोग कायम राख्ने 
  • समय मै संस्थाले बुझाउनु पर्ने करहरु जम्मा गर्ने तथा ETDS लाई मासिक रुपमा भर्ने 
  • परियोजना अन्तर्गतको सानो नगद (पेट्टी क्यास) लाई संचालन गर्ने 
  • संस्थाद्वारा दिईएको अन्य कार्यहरु गर्ने   

विज्ञापन।नं।०६/०७८/०७९–पद:  अनुगमन, मुल्यांकन, अनुसन्धान तथा सिकाइ अधिकृत (MERL Officer) – १ जना

वान्छनीय योग्यता:

स्नातक तह उतिर्ण वा सो सरह 

अनुभव:

  • सम्बन्धित क्षेत्रमा कम्तिमा २ बर्ष काम गरेको ।
  • बाल संरक्षण सम्बन्धि परियोजनामा काम गरेको।
  • कार्यक्रमको लगफ्रेममा दिईएको सूचक अनुसार कार्यक्रमको क्रियाकलापहरुको अनुगमन, मुल्यांकन  तथा सुपरिवेक्षण गर्न सक्ने ।
  • कम्प्यूटर संचालनमा खास गरि वर्ड, एक्सेल र पावर पोइन्टमा राम्रो दख्खल भएको तथा ईन्टरनेट सम्बन्धि राम्रो ज्ञान भएको ।
  • अंग्रेजी र नेपालीमा विश्लेषनात्मक प्रतिवेदन लेख्न, बोल्न तथा अनुवाद गर्न सक्ने ।
  • योजना अनुसार कार्यक्रमको अनुगमन गर्ने र प्रतिवेदन तयार गर्ने ।
  • कार्यक्रम सम्बन्धि तथ्यांकहरुको दस्तावेजीकरण गर्न सक्ने ।
  • कार्यक्रमबाट भएको उपलब्धि, असल अभ्यास, कथा आदिहरुको अनुसन्धान र दस्तावेजीकरण तथा प्रचारप्रसारमा परियोजना संयोजकलाई सहयोग गर्ने ।
  • स्थानीय भाषाको ज्ञान भएको । 
  • बालबालिका र युवा व्यक्तिको संरक्षण प्रति प्रतिबद्ध रहेको ।
  • अति जोखिममा परेको बाल बालिका संरक्षण तथा बाल अभियान कार्यमा जागरुक वा रुचि भएको ।
  • आवश्यकता अनुसार योजना बनाइ फिल्डमा रहेर कार्य सम्पादन गर्नु पर्ने । 
  • स्थानिय तथा जिल्ला स्तरमा सरोकारवालाहरुसंग समन्वय गर्न सक्ने ।
  • कार्यालयका बिभिन्न तह तथा बिभागमा समन्वय र सहकार्य गर्न सक्ने ।
  • दुई पांग्रे सवारीचालक अनुमति पत्र प्राप्त गरेको ।

विज्ञापन।नं।०७र०७८/०७९–पद:  फिल्ड अधिकृत (Field Officer) – १ जना ९महिला उम्मेदवारलाई बिशेष ग्राहयता०

वान्छनीय योग्यता: 

समाजशात्र अथवा ग्रामीण विकास (Sociology or Rural Development) विषयमा स्नातक तह उतिर्ण वा सो सरह ।

अनुभव:

  • फिल्ड अधिकृतको रुपमा बाल संरक्षण सम्बन्धि परियोजनामा कम्तिमा २ बर्ष काम गरेको।
  • स्पोन्शरशिप सम्बन्धि कार्यक्रमहरुमा काम गरेको ।
  • बाल बालिका, किशोरी र युवा महिलाको सशक्तिकारणमा अनुभव भएको ।
  • बालबालिका र युवा व्यक्तिको संरक्षण प्रति प्रतिबद्ध रहेको ।
  • अति जोखिममा परेको बाल बालिका संरक्षण तथा बाल अभियान कार्यमा जागरुक वा रुचि भएको ।
  • कार्यक्रमको योजना तर्जुमा, कार्यवन्यन, अनुगमन तथा सुपरिवेक्षण गर्न सक्ने ।
  • कम्प्यूटर संचालनमा खास गरि वर्ड, एक्सेल र पावर पोइन्टमा राम्रो दख्खल भएको तथा ईन्टरनेट सम्बन्धि राम्रो ज्ञान भएको ।
  • अंग्रेजी र नेपालीमा प्रतिवेदन लेख्न तथा बोल्न सक्ने 
  • स्थानीय भाषाको ज्ञान भएको । 
  • २० प्रतिशत कार्यालय र ८० प्रतिशत फिल्डमा रहेर प्रत्यक्ष रुपमा सामुदायिक परिचालकहरुसंगको सहकार्यमा कार्य सम्पादन गर्नु पर्ने । 
  • दुई पांग्रे सवारीचालक अनुमति पत्र भएको ।
  • स्थानिय तथा जिल्ला स्तरमा सरोकारवालाहरु संग समन्वय गर्न सक्ने ।

विज्ञापन।नं।०८/०७८/०७९–पद: समुदायिक परिचालक – ४ जना 

वान्छनीय योग्यता 

प्रविणता प्रमाण पत्र उत्तीर्ण वा सो सरह 

अनुभव:

  • समुदाय परिचालनको क्षेत्रमा कम्तिमा पनि २ बर्ष काम गरेको ।
  • बालिका, किशोरी र युवा महिलाको सशक्तिकारणमा अनुभव भएको ।
  • बालबालिका र युवा व्यक्तिको संरक्षण प्रति प्रतिबद्ध रहेको ।
  • अति जोखिममा परेको बाल बालिका संरक्षण तथा बाल अभियान कार्यमा जागरुक वा रुचि भएको ।
  • पालिका तथा वडा स्तरमा समन्वय तथा योजना तर्जुमा गर्न सक्ने ।
  • कार्यक्रमका क्रियाकलापहरु स्वतन्त्र रुपमा कार्यान्वयन गर्न तथा प्रतिवेदन लेख्न सक्ने भएको ।
  • कम्प्यूटर र स्मार्ट फोन सम्बन्धि राम्रो ज्ञान भएको ।
  • स्थानीय भाषाको ज्ञान भएको ।
  • स्थानीयलाई विशेष ग्राहयता र
  • फिल्डमा रही कार्य सम्पादन गर्नुपर्ने । 
  • समुह कार्यहरु राम्रो संग गर्न सक्ने ।

विज्ञापन।नं।०९/०७८/०७९– पद: कार्यालय सहायक ( १ जना )

वान्छनीय योग्यता -S.L.C. (१०) कक्षा उत्तीर्ण  

कार्यको विवरणः

  • आएको टेलिफोन कललाई उठाउने ।
  • कार्यालयबाट गएको र बाहिरबाट आएको पत्र आदिहरुको रजिस्टरलाई कायम राख्ने ।
  • आगन्तुक पुस्तिकालाई कायम राख्ने ।
  • सवारी साधनहरुको लग बुक दुरुस्त राख्नमा मद्दत गर्ने ।
  • कार्यलयमा भएको उपकरणहरुको रख्रखाव र सरसफाई गर्ने ।
  • आवश्यक पत्र तथा डकुमेन्टहरु पुर्याउन पर्ने भए पुर्याउने ।
  • कार्यलयको बैक सम्बन्धि प्रक्रियामा सहयोग गर्ने ।
  • सवारी साधनहरुको देखरेख गर्ने ।
  • कार्यलयले अर्हाएको अन्य कामहरु गर्ने ।
  • दुई पांग्रे सवारी चालक अनुमति पत्र भएको ।
  • कम्प्युटर सम्बन्धि सामान्य ज्ञान भएको ।

विज्ञापन।नं।१०/०७८/०७९–पदः स्वीपर (आंशिक रुपमा)

वान्छनीय योग्यता ( साधारण लेखपढ वा सही गर्न सक्ने ।

कार्यको विवरणः

  • संस्थाले अर्हाएको सरसफाई सम्बन्धि कार्य गर्ने ।
  • प्रत्येक दिन आंशिक रुपमा ३ घण्टा काम गर्नु पर्ने ।

दरखास्तका साथ संलग्न गर्नु पर्ने आवश्यक कागजातहरु:

  • नेपाली नागरीकता प्रमाणपत्रको प्रतिलिपि । 
  • कम्तीमा २ जना सन्दर्भ ब्यक्तिहरुको नाम र सम्पर्क नम्बर सहितको व्यक्तिगत विवरण (Bio-Data)
  • शैक्षिक योग्यताको प्रमाण पत्र, तालिम तथा कार्य अनुभव पुष्टि हुने कागजातहरुको प्रतिलिपि ।
  • उमेरः- १८ देखि ४५ साल सम्मका व्यक्तिहरु मात्र माथि उल्लेखित पदहरुका लागि योग्य हुनेछन ।

नोटः आवेदनमा पदको नाम र विज्ञापन.नं. स्पष्ट उल्लेख भएको हुनु पर्ने छ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित परिक्षा तथा अन्तरवार्ता प्रक्रियामा समावेश गराइने छ । महिला, दलित, जनजाति, मधेशी, सिमान्तीकृत स्थानीयहरुलाई उच्च प्राथमिकता दिईनेछ । कर्मचारीको पारिश्रमिक र अन्य सुविधाको हकमा संस्थाले तोकेको अनुसार हुनेछ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप हुने खालको अनावश्यक दबाव आएको ठहर भएको खण्डमा उक्त उम्मेदवारको निवेदन स्वतस्अमान्य ठहरिने छ ।

दरखास्त दिने अन्तिम मितिः २०७८।१०।२४ गते (07,February,2022)  बजे सम्म ।

आवेदनलाई कार्यलयमा स्वयम उपस्थित भएर अथवा इमेल मार्फत पनि पठाउन सकिने छ।

बिस्तृत जानकारी तथा आवेदन दिने सम्पर्क ठेगाना:

सामाजिक विकास र अनुसन्धान केन्द्र (SDRC)

मिल्स एरिया-१

जनकपुरधाम उपमहानगरपालिका, धनुषा, नेपाल

फोनः ०४१(५(९०३७६

इमेलः vacancysdrc22@gmail.com

www.sdrcnepal.org

Overview

Category Development and Project
Openings 16
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 17 Jan, 2022
Apply Before 07 Feb, 2022
City Terai Region, Dhanusha