कर्मचारी आवश्यक्ता

Samagra Jan Utthan Kendra (SAMAGRA)

Details / requirements:

कर्मचारी आवश्यक्ता

समग्र जन–उत्थान केन्द्र मानव अधिकारको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन एवं द्वन्द्व न्यूनिकरण, शान्ति निर्माण र सामाजिक न्यायको निम्ती सचेत र बौद्धिक युवा समूहहरूद्वारा लहान नगरपालिकामा २०५९ सालमा स्थापना गरिएको संस्था हो । यस संस्थाले मानवअधिकारको संरक्षण र सम्बर्द्धन तथा शान्ति निर्माण लगायत बिधमान हानिकारक सामाजिक मूल्य मान्यता र अभ्यासहरूका बिरुद्ध बिगत दुई दशकदेखि विभिन्न साझेदार संस्था, अन्तराष्ट्रिय गैरसरकारी संस्था, सरकारी निकाय, स्थानीय तहसँग समन्वय र सहकार्य गरि समुदायका विभिन्न लक्षित समुदाय (दलित, महिला, बालबालिका, जेष्ठ नागरिक, यौनिक तथा अल्पसंख्यक, द्वन्द्व पीडित, किशोरी, युवा, अपाङ्गता भएका व्यक्ति र सिमान्तकृत समुदाय) का सवालमा निरन्तर रुपमा कार्य गर्दै आएको छ । 

यसै क्रममा यस संस्थाले केयर नेपालसँगको साझेदारीमा सिरहा जिल्लाको भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, धनगढीमाई नगरपालिका र नरहा गाउँपालिकामा System strengthening for scaling SOAR programBEZOS project अन्तर्गत ‘बालिका सशक्तिकरण कार्यक्रम’ सञ्चालन गर्न गईरहेको हुँदा उक्त परियोजनाका लागि निम्न पदहरुमा तपसिल अनुसारको कर्मचारीहरूको आवश्यक्ता भएकोले उल्लेखित पदहरूमा व्यक्तिगत विबरण (बायोडाटा) र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी सहित यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनहुन आह्वान गरिन्छ । 

तपसिल

पद: परियोजना संयोजक (Project Coordinator)

संख्या: १ (एक) जना

योग्यता: एम.ए. वा सो सरह

कार्य उद्देश्य (Job Purpose):

समग्र जन–उत्थान केन्द्रका अध्यक्ष, कार्यकारी निर्देशक र साझेदार संस्था केएर नेपालका परियोजना कर्मचारीको निकट रहेर सबै क्रियाकलापको प्रभावकारी कार्यान्वयन गरी परियोजनाको उद्देश्य पुरा गर्ने ।

कार्यको मुख्य जिम्वेवारी (Job Responsibilities/Main Duties)

योजना तर्जुमा र बजेट तयारी 

  • सम्बन्धित परियोजनाका जिल्लास्थित सरोकारवालाहरू, गाँउपालिका/नगरपालिका एवं सम्बन्धित शाखाहरूसँग  समन्वय गरि योजना तर्जुमाका लागि सूचना संकलन गर्ने । 
  • लैगिंक, सामाजिक समाबेशीकरण र लक्षित बर्गप्रति संवेदनशिल हुँदै परियोजनाका सम्पूर्ण क्रियाकलापहरूलाई बजेट सहितको योजना तर्जुमा गर्ने ।
  • केएर नेपालद्वारा सञ्चालित कार्यक्रमहरूको बजेट तर्जुमा, त्यसको अध्यावधिक कार्य गर्ने । परियोजनाको बजेट सहितको योजनालाई समिक्षा सहित औपचारिक रुपमा अगाडी बढाउनका लागि संस्थाको कार्यकारी निर्देशकलाई सहयोग पुऱ्याउने । 

समन्वय र सहकार्य 

  • जिल्लास्थित शिक्षासँग सम्बन्धित सरकारी कार्यालय, पालिका, सहयोगी निकाय, लाभान्वित बर्ग, अन्य गैरसरकारी संस्था, संचारकर्मी, य विभिन्न परियोजनाका प्रतिनिधि र केयर नेपालका साझेदार संस्थाहरूसँग समन्वय र सहकार्य गरी परियोजनाको अपेक्षित नतिजा पुरा गराउने । 
  • स्थानीय तथा जिल्ला तहमा स्थापना भएका समुदायमा आधारित संस्थाहरू (किशोरी क्लब तथा संजाल, गाउँ शिक्षा समिति, गाउँ बाल संरक्षण समिति, बालक्लब, स्वास्थ्य संस्था व्यवस्थापन समिति र अन्य समूहहरू) लाई  क्षमता अभिबृद्धि तथा सवलीकरणका माध्यबाट उनीहरूको दिगोपना र श्रोत साधनमा पहुँच अभिवृद्धि गर्न सहजीकरण गर्ने । 

परियोजना कार्यान्वयन, अनुगमन र मूल्यांङ्कन

  • परियोजनाको नेतृत्व लिई आफ्नो कार्ययोजना (Work Plan) बनाउने, आफू अन्तर्गतका मानव श्रोत (कर्मचारी) को कार्ययोजना बनाउन सहयोग गर्ने, सोही अनुसार कार्य सम्पादन भयो वा भएन निरीक्षण गर्ने, थप आवश्यक सहयोग गरी कार्यलाई प्रभावकारी बनाउनका साथसाथै परियोजनाको कार्य सम्पन्न गर्न सहज वातावरण बनाउने ।
  • गाउँ तथा नगरपालिकाका शिक्षा शाखा, महिला तथा बालबालिका शाखा विद्यालय व्यास्थापन समिति, स्थानीयस्तरका स्वास्थ्य संस्था, स्वास्थ्य संस्था  सञ्चालन तथा व्यवस्थापन समिति (HFOMC) सँग समन्वय गर्दै परियोजना अन्तर्गतका क्रियाकलापहरू प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक सहयोगको लागि वातावरण सृजना गर्ने ।
  • स्थानीयस्तरमा रहेका वालक्लव, किशोरी समूह, परियोजनासँग सम्वन्धित विभिन्न संजालसँग समन्वय विस्तार गरी परियोजनाका कार्यहरुलाई थप प्रभावकारी र दिर्घकालीन वनाउन पहल गर्ने एवं आफु मातहतका कर्मचारीहरूलाई उपयुक्त वातावरण निर्माण गर्ने । 
  • परियोजना अन्तरर्गत गरिएका कार्यको अनुगमन र मुल्यांकन गर्ने, कमि कमजोरी एवं सुधार गर्नुपर्नेमा पृष्ठपोषण दिने, कार्यमा थप सहयोग गर्ने साथै सो कुरा आफूभन्दा माथिल्लो निकायलाई जानाकारी समेत दिने । 
  • जिल्लास्तर एवं पालिकास्तरका सम्वन्धित सरोकारवालाको योजना तर्जुमा कार्यक्रम, गोष्ठि, बैठक आदिमा सहभागी भई परियोजनाका वारेमा जानकारी गराउँदै आवश्यक सहयोग प्राप्त गर्न सक्ने वातावरण सृजना गर्ने ।
  • साझेदार संस्थासँग परियोजनाको कार्यका लागि उत्तरदायी हुने, प्राप्त निर्देशनलाई कार्यन्वयन गर्ने एवं परियोजनाको लागि साझेदार संस्थाको जिल्ला नेतृत्व वा सम्पर्क व्यक्तिसँग आवश्यक समन्वय एवं सहकार्य गरी अपेक्षित नतिजाका लागि कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्ने । 
  • संस्थाप्रति उत्तरदायी हुने, संस्थाले दिएका अन्य जिम्मेवारी पुरा गर्ने, संस्थाका नीति नियमको पालना गर्दै संस्थागत विकासका लागि प्रयत्न गरिरहने ।

प्रतिवेदन र दस्तावेजीकरण 

  • परियोजनाको आवधिक (मासिक, त्रैमासिक, अर्धवार्षिक र बार्षिक) प्रतिवेदन तयार गरी आफूभन्दा माथिल्लो निकायबाट प्रमाणित गराई सम्बन्धित दाता साझेदार, विभिन्न सरोकारवाला निकाय रसस्थामा पठाउने ।
  • परियोजना सञ्चालनका क्रममा आएका चुनौती, सिकाई र असल अभ्यासहरूलाई संकलन गरि दस्तावेजीकरण गर्ने । 
  • प्रयाप्त मात्रामा कार्यक्षेत्रका लक्षित बर्ग र यस परियोजनारसँग सम्बन्धित तथ्याङ्कहरू संकलन गर्ने, संकलन गरिएका तथ्याङ्क (DATA)हरूलाई अभिलेखीकरण गरी चुस्त दुरुस्त राखेको कुरा सुनिश्चित गर्ने । 
  • मासिक रुपमा आफु मातहतका कार्यक्रम, वित्त एवं प्रशासनिक र  अनुगमन मूल्याङ्कनको कार्य गर्ने, कर्मचारीहरुको माध्यमबाट मासिक तथा त्रैमासिक प्रगति प्रतिवेदन, वित्तिय प्रतिवेदन तथा अनुगमन तथा मूल्याङ्कन प्रतिवेदनहरू संकलन गरी अभिलेखिकरण तथा प्रतिवेदनको लागि जिम्मेवार रहने  ।

न्यूनतम आवश्यक्ताहरू

१. शिक्षा वा सामाजिक विज्ञानमा एम.ए. वा सो सरह उत्तीर्ण भई कम्तिमा ३ वर्ष सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको हुनुपर्नेछ ।

२. स्थानीय सरकार, विद्यालय, विद्यालय व्यवस्थापन समिति आदिको समन्वयमा अनौपचारिक शिक्षामा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिईनेछ । 

३. स्थानीय भाषा, नेपाली र अंग्रेजी भाषामा निपुणता भएका (सिरहा जिल्ला वा मधेश प्रदेशका) उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।

४. महिला, अपांगता भएका व्यक्ति, LGBTQI+ र सीमान्तकृत समुदायका उम्मेदवारलाई आवेदन दिन प्रोत्साहित गरिन्छ ।

५. परियोजना लग–फ्रेम र परिवर्तनको सिद्धान्तमा राम्रो ज्ञान भएको साथै MEL फ्रेमवर्क र ट्रयाकिंग प्रगति विकास गर्ने सीप भएको हुनुपर्नेछ । 

६. आधारभूत कम्प्युटरमा (word, excel, Power Point etc.) र डाटा प्रोसेसिंग बारे राम्रो ज्ञान र सीप भएको हुनुपर्नेछ ।

७. स्थानीय निकाय तथा सरोकारवालाहरूसँग उत्कृष्ट समन्वय, वार्ता र सहजीकरण गर्न सक्ने सीप भएको हुनुपर्नेछ । 

८. टीमवर्कलाई प्रबर्द्धन गर्दै संगठनभित्र र बाहिर व्यवसायिक सम्बन्ध विस्तार गर्न सक्ने क्षमता भएका ।

९. कार्य क्षेत्रमा स्थलगत भ्रमणहरू पटक पटक गर्न सक्ने र आवश्यकता अनुसार कार्यस्थल बाहिर (बैठक, प्रशिक्षण, कार्यशाला आदिको लागि) बास बस्न सक्ने हुनुपर्नेछ ।  

१०.अनौपचारिक शिक्षा, लैंगिक हिंसा, जीविकोपार्जन/आयआर्जन र GESI क्षेत्रमा अनुभवी भएका उम्मेदवारलाई आवेदन दिन आह्वान गरिन्छ ।

पद: लेखा तथा बित्त अधिकृत (Finance Officer)

आवश्यक संख्या: १ (एक) जना

योग्यता: बाणिज्य संकायमा स्नातक तह वा सो सरह

कार्य उद्देश्य (Job Purpose)

समग्र जन–उत्थान केन्द्रको कार्यकारी निर्देशक, परियोजना संयोजक र साझेदार संस्था केएर नेपालका परियोजना कर्मचारीको निकट रहेर आर्थिक कार्य र लेखा व्यवस्थापनका सवै क्रियाकलापको प्रभावकारी कार्यान्वयन गरी परियोजनाको उद्देश्य पुरा गर्ने ।

कार्यको मुख्य जिम्वेवारी (Job Responsibilities /Main Duties)

  • सफ्टवेर प्रणालीमा परियोजनाको हिसाव किताव चुस्त र दुरुस्त राख्ने ।
  • लेखा सम्बन्धी सबै कार्यहरु स्पष्ट र व्यवस्थित ढंगबाट राखी आवश्यक लेखा विवरण तयार गर्ने । 
  • विभिन्न किसिमका बिल, भौचर लगायतका अन्य आवश्यक डकुमेन्टहरूको फाईलिंग तथा अभिलेखीकरण, व्यवस्थापन जस्ता कार्यलाई आकर्षक र प्रभावकारी बनाउने ।
  • नगद र बैंकिंग लगायत आर्थिक कारोबार गर्दा संस्था र साझेदार संस्थाको आर्थिक नियमावलीलाई राम्रो अनुशरण गर्ने ।
  • परियोजनारसँग सम्बन्धित फिल्डका कार्यक्रमहरूमा परियोजनाका अधिकृतहरूसँग समन्वय गरि आर्थिक कार्यहरुमा सहयोग पुऱ्याउने । 
  • परियोजनका कर्मचारीहरु र समुदायमा आर्थिक नीति, लेखा पद्दती तथा व्यवस्थापन, कर नीति लगायत शुशासन र पारदर्शिताका बिषयहरुमा अभिमुखीकरण र सहजीकरण गर्ने । 
  • परिवर्तन भएका कर नीतिहरू, नेपाल सरकारको नीतिहरू साझेदार संस्थाको आर्थिक नीतिहरूको बारेमा अपडेट गर्ने । 
  • परियोजनाको आर्थिक प्रतिबेदन तयार गरि साझेदार संस्थामा तोकिएको समयमभित्रै वा साझेदार संस्थाले माँग गरेको जुनसुकै समयमा पेश गर्ने । 
  • अनावश्यक खर्च हुन नदिन सचेत गरिरहने एवं आर्थिक मित्तब्ययिता र लेखा सम्बन्धी सम्पूर्ण कार्यहरूको जवाफदेहिता बहन गर्ने ।
  • फिल्डस्तरीय कार्यक्रमहरूको आर्थिक अनुगमन र मूल्यांकन गर्ने । 
  • मासिक, त्रैमासिक, अर्द्धबार्षिक र बार्षिक आर्थिक प्रतिबेदन तयार पार्ने । 

न्यूनतम शिक्षा तथा योग्यताहरु   (Skills and Qualification requirements):

  • मान्यता प्राप्त शिक्षण् संस्थाबाट बाणिज्य संकाय (BBS)  उत्तीण गरि लेखा सम्बन्धी कम्तिमा ३ वर्षको कार्य अनुभव भएको । 
  • लेखा सम्बन्धी सफ्टवेर चलाउने सीप भएको । 
  • नेपाल सरकारकारको कर नीति, संस्था र साझेदार संस्थाको आर्थिक नियमावली सम्बन्धमा 
  • स्थानीय, नेपालीसँगै अंग्रेजी भाषामा निपुणता भएका (सिरहा जिल्ला वा मधेश प्रदेशका) उम्मेदवारलाई प्राथमिकता दिइनेछ । 
  • महिला, अपांगता भएका व्यक्ति, LGBTQI+ र सीमान्तकृत समुदायका उम्मेदवारलाई आवेदन दिन प्रोत्साहित गरिन्छ । 
  • आधारभूत कम्प्युटरमा (Word, Excel, Power Point etc.) र डाटा प्रोसेसिंग बारे राम्रो ज्ञान र सीप भएको हुनुपर्नेछ । 
  • संस्थाका प्रतिनिधि र कर्मचारीहरूवीच उत्कृष्ट समन्वय, र सहजीकरण गर्न सक्ने सीप भएको हुनुपर्नेछ ।
  • कार्य क्षेत्रमा स्थलगत भ्रमणहरू पटक पटक गर्न सक्ने र आवश्यकतानुसार कार्यस्थल बाहिर (बैठक, प्रशिक्षण, कार्यशालाहरू आदिको लागि) वाँस बस्न सक्ने हुनुपर्नेछ । 
  • अनौपचारिक शिक्षा, लैंगिक हिंसा, जीविकोपार्जन/आयआर्जन र GESI क्षेत्रमा अनुभवी भएका उम्मेदवारलाई आवेदन दिन आह्वान गरिन्छ ।

पद: अनुगमन, मूल्यांकन तथा सिकाई सुपरीबेक्षक (Monitoring, Evaluation & Learning MEL Supervisor)

संख्या: १ (एक) जना 

योग्यता: स्नातक तह वा सो सरह

कार्य उद्देश्य (Job Purpose):

समग्र जन-उत्थान केन्द्रका अध्यक्ष, कार्यकारी निर्देशक, परियोजना संयोजक, लेखा तथा बित्त प्रमुख र साझेदार संस्था केएर नेपालका परियोजना कर्मचारीको निकट रहेर तोकिएको कार्य जिम्मेवारीका सबै क्रियाकलापको प्रभावकारी कार्यान्वयन गरी परियोजनाको उद्देश्य पुरा गर्ने ।

कार्यको मुख्य जिम्वेवारी (Job Responsibilities/Main Duties):

  • प्रश्नावली, चेकलिस्ट, परियोजना सम्बन्धी उपकरणहरू आदि बनाउदा/विकास गर्दा केयरको MEL फोकल पोइन्ट र केयर नेपालको प्रतिनिधिसँग समन्वय गर्ने साथै  डाटा  Cleaning, विश्लेषण र रिपोर्ट लेखन प्रक्रिया को नेतृत्व लिने ।  
  • अनुगमन, मूल्यांकन तथा सिकाईसँग सम्बन्धित (MEL) डाटा र जानकारीको अद्यावधिक रेकर्ड राख्ने र केयर नेपालको टोलीलाई साझेदारी गर्ने । 
  • दृश्य प्रस्तुति (पाई चार्ट, बार रेखा चित्र आदि) सहित आवधिक रिपोर्टहरू तयार गर्न परियोजना संयोजकलाई सहयोग गर्ने । 
  • डाटा बेस व्यवस्थापन, डाटा सुरक्षा डाटा तथा डाटा संरक्षणका लागि विभिन्न फारम र ढाँचा विकास गर्ने ।
  • परियोजनाको नियमित अनुगमन, मूल्यांकनको साथै परियोजना टोलीलाई समयमै कोचिंग र परामर्श दिने । 
  • गतिविधिहरूको प्रभावकारी कार्यान्वयनका लागि बहु-सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्ने ।
  • स्थानीय सरकार, विद्यालय, शिक्षा विकास तथा समन्वय इकाइ (EDCU), स्थानीय सरकारको शिक्षा इकाइ र जिल्लाका समान उद्देश्य/विचारधारा भएका निकायहरुसँग सुदृढ सम्बन्ध स्थापित गर्ने ।
  • समयमै परियोजनाको गतिविधिहरूको योजना बनाउन र प्रभावकारी तथा गुणस्तरीय कार्यान्वयनको लागि परियोजना संयोजक र संगठनभित्रका अन्य टोलीका सदस्यहरूसँग समन्वय गर्ने ।
  • विद्यालयबाहिर रहेका बालबालिका तथा किशोरकिशोरीको लागि अनौपचारिक शिक्षा कोर्ष संचालन गर्नको लागि उडान सहजकर्ता/सामुदायिक शिक्षकहरूलाई सुपरिवेक्षण, प्रशिक्षण, सहयोग र क्षमता अभिवृद्धि गर्ने ।
  • परियोजना तहमा उच्च गुणस्तरको कथा प्रतिवेदनहरू बनाउन, परियोजना टोलीलाई जानकारी सङ्कलन गर्न मार्गदर्शन गर्ने तथा विभिन्न आवधिक रिपोर्ट तयार/उत्पादन गर्ने प्रक्रियामा परियोजना संयोजकलाई सहयोग गर्ने । 
  • परियोजना संयोजकद्वारा प्रदान गरिएको परियोजना तथा संस्थासँग सम्बन्धित कुनै पनि अन्य कार्य र जिम्मेवारीहरू निर्वाह गर्ने ।

न्यूनतम शिक्षा तथा योग्यताहरु (Skills and Qualification requirements):

  • मान्यता प्राप्त विश्वविद्यालयबाट शिक्षा, अर्थ शास्त्र, विकास अध्ययन, तथ्याङ्क शास्त्र, व्यवस्थापन तथा  सम्बन्धित सामाजिक विज्ञानमा स्नातकतह (स्नातकोत्तर तह गरेकालाई प्राथमिकता दिईनेछ) । 
  • विकास परियोजनाहरूको लागि अनुगमन तथा मूल्यांकन प्रणालीहरू (M & E systems) को व्यवस्थापन गरेको न्यूनतम २ वर्षको अनुभव । 
  • विगतमा अनुगमन, मूल्यांकन तथा सिकाई (MEL) क्षेत्रमा काम गरेका अनुभवी उम्मेदवारलाई उच्च प्राथमिकता दिईनेछ ।  
  • स्थानीय, नेपालीसंगै अंग्रेजी भाषामा निपुणता भएका (सिरहा जिल्ला वा मधेश प्रदेशका) उम्मेदवारलाई प्राथमिकता दिइनेछ । 
  • महिला, अपांगता भएका व्यक्ति, LGBTQI+ र सीमान्तकृत समुदायका उम्मेदवारलाई आवेदन दिन प्रोत्साहित गरिन्छ । 
  • परियोजना लग–फ्रेम र परिवर्तनको सिद्धान्तमा राम्रो ज्ञान भएको साथै MEL फ्रेमवर्क र ट्रयाकिंग प्रगति विकास गर्ने सीप भएको हुनुपर्नेछ ।
  • आधारभूत कम्प्युटरमा (Word, Excel, Power Point etc.) र डाटा प्रोसेसिंग बारे राम्रो ज्ञान र सीप भएको हुनुपर्नेछ । 
  • स्थानीय तह र सरोकारवालाहरुसँग उत्कृष्ट समन्वय, वार्ता र सहजीकरण गर्न सक्ने सीप भएको हुनुपर्नेछ ।
  • टीमवर्कलाई प्रवद्र्धन गर्दै संगठनभित्र र बाहिर व्यवसायिक सम्बन्ध विस्तार गर्न सक्ने क्षमता भएको हुनुपर्नेछ ।
  • कार्य क्षेत्रमा स्थलगत भ्रमणहरू पटक पटक गर्न सक्ने र आवश्यकतानुसार कार्यस्थल बाहिर (बैठक, प्रशिक्षण, कार्यशालाहरू आदिको लागि) वाँस बस्न सक्ने हुनुपर्नेछ । 
  • अनौपचारिक शिक्षा, लैंगिक हिंसा, जीविकोपार्जन/आयआर्जन र GESI क्षेत्रमा अनुभवी भएका उम्मेदवारलाई आवेदन दिन आह्वान गरिन्छ ।

पद: सुपरीबेक्षक (Area Supervisor)

आबश्यक संख्या: २ (दुई) जना

योग्यता: स्नातक तह वा सो सरह

कार्य उद्देश्य (Job Purpose):

समग्र जन-उत्थान केन्द्रका अध्यक्ष, कार्यकारी निर्देशक, परियोजना संयोजक, लेखा तथा बित्त प्रमुख र साझेदार संस्था केएर नेपालका परियोजना कर्मचारीको निकट रहेर तोकिएको कार्य जिम्मेवारीका सबै क्रियाकलापको प्रभावकारी कार्यान्वयन गरी परियोजनाको उद्देश्य पुरा गर्ने ।

कार्यको मुख्य जिम्वेवारी (Job Responsibilities /Main Duties)

  • समयमै परियोजनाको गतिविधिहरूको योजना बनाउन र प्रभावकारी तथा गुणस्तरीय कार्यान्वयनको लागि परियोजना संयोजक र संगठनभित्रका अन्य टोलीका सदस्यहरूसँग समन्वय गर्ने ।
  • विद्यालय बाहिर रहेका बालबालिका तथा किशोर-किशोरीको लागि अनौपचारिक शिक्षा कोर्ष संचालन गर्नको लागि उडान सहजकर्ता/सामुदायिक शिक्षकहरूलाई  सुपरिवेक्षण, प्रशिक्षण, सहयोग र क्षमता अभिवृद्धि गर्ने ।
  • परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि समुदायस्तरका कर्मचारी र समुदायका व्यक्तिहरूको क्षमता अभिवृद्धि/सुदृढ गर्ने । 
  • आवश्यकताअनुसार कार्यक्रमको प्रतिवेदन (साप्ताहिक, मासिक, त्रैमासिक र वार्षिक) को साथै सफलताको कथा र घटना प्रतिवेदन तयार गरी आफ्ना सुपरिवेक्षकलाई समयमै बुझाउने ।
  • समुदायबाट भनाई/उद्धरणहरू सङ्कलन  गरी घटना प्रतिवेदन र सफलताको कथा बनाई आफ्ना सुपरिवेक्षक वा परियोजना संयोजकलाई समयमै बुझाउने ।
  • नियमित परियोजना अनुगमनका साथै सरकारी तथा अन्य सम्बन्धित सरोकारवालाहरूसँग सहकार्य गरी संयुक्त परियोजना अनुगमनको नेतृत्व गर्ने ।   
  • स्थानीय सरकार, विद्यालय, शिक्षा विकास तथा समन्वय इकाइ (EDCU), स्थानीय सरकारको शिक्षा इकाइ, सामुदायिक सिकाई केन्द्र (Community Learning Center/CLC) र जिल्लाका समान उद्देश्य/विचारधारा भएका निकायहरुसँग सुदृढ सम्बन्ध स्थापित गर्ने ।
  • परियोजना संयोजकद्वारा प्रदान गरिएको परियोजना तथा संस्थासँग सम्बन्धित कुनै पनि अन्य कार्य र जिम्मेवारीहरू निर्वाह गर्ने ।

न्यूनतम शिक्षा तथा योग्यताहरु (Skills and Qualification requirements):

  • मान्यता प्राप्त विश्वविद्यालयबाट शिक्षामा स्नातक तह उतिर्ण गरी शिक्षा क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव भएका । 
  • स्थानीय, नेपालीसँगै अंग्रेजी भाषामा निपुणता भएका (सिरहा जिल्ला वा मधेश प्रदेशका उम्मेदवारलाई प्राथमिकता दिइनेछ) । 
  • महिला, अपांगता भएका व्यक्ति, LGBTQI+ र सीमान्तकृत समुदायका उम्मेदवारलाई आवेदन दिन प्रोत्साहित गरिन्छ । 
  • आधारभूत कम्प्युटरमा राम्रो ज्ञान र सीप भएका । 
  • स्थानीय निकाय तथा सरोकारवालाहरूसँग उत्कृष्ट समन्वय, वार्ता र सहजीकरण गर्न सक्ने सीप भएका ।
  • टिमवर्कलाई प्रवर्द्धन गर्दै संगठनभित्र र बाहिर व्यवसायिक सम्बन्ध विस्तार गर्न सक्ने क्षमता भएका ।
  • कार्य क्षेत्रमा स्थलगत भ्रमणहरू पटकपटक गर्न सक्ने र आवश्यकतानुसार कार्यस्थल बाहिर (बैठक, प्रशिक्षण, कार्यशालाहरू आदिको लागि) वाँस बस्न इच्छुक । 
  • अनौपचारिक शिक्षा, लैंगिक हिंसा, जीविकोपार्जन/आयआर्जन र GESI क्षेत्रमा अनुभवी भएका उम्मेदवारलाई प्राथमिकता दिईने छ ।

सेवा सुबिधा: संस्थाको नियमानुसार हुनेछ । 

आवेदन दिने अन्तिम मिति: २०८/०२/२८ गते आईतबार साँझ ५:०० बजेसम्म ।

परीक्षाको किसिम: लिखित र अन्तरर्वार्ता । (छोटो सूचि (Shirtlist) मा छनौट भएका उम्मेवारहरूलाई लिखित र अन्तरर्वार्तामा सामेल गराईने छ ।

आवश्यक कागजात: आवेदन पत्र, व्यक्त्तिगत बिबरण (BIO-DATA), नागरिकताको प्रमाणपत्रको प्रतिलिपी,

निवेदन बुझाउने प्रक्रिया: इमेल मार्फत कार्यालयमा पठाउनु पर्नेछ ।

इमेलको लागि: vacancy.samagra@gmail.com

समग्र जन उत्थान केन्द्र

लहान नपा- ६

नयाँ बजार (सिरहा)

फोन न. ०३३-५६०१२

Overview

Category Accounting and Finance, Development and Project, Supervisor
Openings 5
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 05 Jun, 2023
Apply Before 11 Jun, 2023
City Lahan, Siraha