कर्मचारी आबश्यकता सम्बन्धी सूचना

Rural Development Centre Nepal

Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in June 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.

Details / requirements:

कर्मचारी आबश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०७९/०६/.०४.गते)

राजपुर नगरपालिका भित्रका खानेपानी आयोजनाहरुको दीगो व्यवस्थापन गर्ने गराउने प्रयोजनका लागि नगरपालिकामा राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड ऐन २०७९ अन्तर्गत राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड गठन भएको छ । उक्त बोर्डका कार्यक्रमहरु संचालन तथा कार्यान्वयनका लागि देहाय बमोजिमको कर्मचारी करारमा भर्ना गर्न आवश्यक रहेकाले नेपाली नागरिकहरुलाई यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र रीत पूर्वकको दरखास्त आव्हान गरिन्छ ।

विज्ञापन नं.: .०१./२०७९/२०८०

पदः प्रवन्धक

आवश्यक संख्याः १ (एक)

कार्य अवधीः व्यवस्थापकको कार्य अवधी ३ बर्षको हुने छ र ६ महिना परिक्षणकाल रहने छ । कार्य मुल्यांकनको आधारमा कर्य अवधीथपहुन सक्ने छ । 

योग्यताः मान्यता प्राप्त शैक्षिक संस्था बाट व्यवस्थापन, बाणिज्य शास्त्र, मानवीकी वा सिभिल इन्जिीनियरिङ संकायमा स्नातकतह उत्तीर्ण ।

सेवा सुविधाः नेपाल सरकारको (अधिकृत छैठौं तह)प्रचलित स्केल रहनेगरी ग्रामीण खानेपानी व्यवस्थापन बोर्डले निर्धारण गरी तोकिदिए बमोजिम हुनेछ ।

अनुभव तथा सीपः

  • खानेपानी सरसफाई र स्वच्छता [WASH], खानेपानी व्यवस्थापन र शुशासन सम्बन्धी प्राविधिक ज्ञान भएको र उक्त क्षेत्रमा कम्तीमा ५ बर्षको कार्यानुभव भएको । 
  • खानेपानी आयोजना तथा सहकारी वा समुदायमा आधारीत संस्थाहरुको व्यवसायिक योजना तर्जुमा तथा कार्यान्वयनमा अनुभव भएको ।
  • खानेपानी योजनाको महशुल निर्धारण प्रकृयाको अनुभव भएको । 
  • सरकारी, गैर सरकारी संस्था तथा निजी क्षेत्र संग समन्वय र साझेदारी को अनुभव भएको । 
  • कुशल नेतृत्व तथा कुशल व्यवस्थापकिय क्षमता भएको र आफ्नै पहलमा कार्यहरु सम्पादन गर्ने क्षमताभएको । 
  • योजना तयारी, समन्वय, कार्यान्वयन र प्रतिवेदन लेखनमा राम्रो दख्खल भएको । 
  • नेपाली र अंग्रेजी दुवैमा राम्रो संचार कौशलभएको ।
  • कम्प्यूटर अफिस प्याकेज (वर्ड, एक्सेल, पावरप्वइन्ट, इमेल, इन्टरनेट आदि) मा निपुण भएको । 
  • लैङ्गिक र सामाजिक समावेशिकरणका साथै लैङ्गिक संवेदन शील कार्यमा प्रतिवद्ध । 
  • हालकुनै पनि राजनैतिक पार्टीको पद धारण नगरेको । 

व्यवस्थापकको जिम्मेवारी/कार्य बिवरणः 

ऐनको दफा १५ मा लेखिएका कामकर्तव्य र अधिकारका अतिरिक्त व्यवस्थापकको कामकर्तव्य र अधिकारहरु देहाय बमोजिम रहनेछन् ।

  • बोर्डको प्रशासकीय प्रमुखको रुपमा बोर्डको सामान्य प्रशासन तथा बोर्डका कर्मचारीहरुको प्रशासनिक तथा नियमित कार्य सम्पादन मुल्यांकन गरि कार्यसमिति समक्ष अर्धबार्षिक रुपमा पेश गर्ने ।
  • बोर्डमा कार्यरत आफु मातहतका कर्मचारिहरुको आवश्यकता अनुसार क्षमताअभिबृद्धि गर्ने गराउने । 
  • समितिको निर्णय तथा निर्देशनका र्यान्वयन गर्ने गराउने ।
  • बोर्डको लागि आवश्यक कर्मचारी नियुक्तिको लागि कार्यकारी समिति समक्ष सिफारिस गर्ने ।
  • बोर्डको अल्पकालीन तथा दीर्घका लीन योजना, वार्षिक कार्यक्रम र बजेट तयार गर्ने गराउने तथा कार्य समिति बाट स्वीकृत गराई सोहि अनुसारको कार्यक्रम कार्यान्वयन गर्ने गराउने ।
  • बोर्डले सञ्चालन गरेका कार्यक्रमहरुको नियमित अनुगमन गर्ने । 
  • अनुगमनबाट प्राप्त विवरणको आधारमा प्रतिवेदन तयार गरी कार्यकारी समिति समक्ष पेश गर्ने।
  • बोर्डको अध्यक्षको निर्देशनमा बैठक आव्हान गर्ने, बैठकको एजेण्डा तय गर्ने ।
  • कार्यकारी समितिबाट स्वीकृत हुनु पर्ने प्रस्तावहरु समितिसमक्ष पेश गर्ने
  • बोर्डको स्वीकृत बजेट तथा कार्यक्रमको अधीनमा रहीआवश्यक रकमखर्च गर्ने र अपुग बजेट विभिन्नश्रोतहरुबाट खोजी तथा पहिचान गरि आवश्यक समन्वय गर्ने । 
  • आर्थिक क्रियाकलाप/कारोबारको लेखा अनलाइनमा व्यवस्थित ढंगले राख्न सुनिश्चित गर्ने ।
  • बोर्डको कोषको आन्तरिक नियञ्त्रणको उचितप्रवन्ध गर्ने ।
  • बोर्डको कोष सञ्चालन कार्य विधि तयार गरी स्वीकृतिका लागि समिति समक्ष पेश गर्ने ।
  • बोर्डको वार्षिक प्रतिवेदन (प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन) तयार गरी कार्य समिति समक्ष पेश गर्ने ।
  • बोर्डको बर्षिक साधारण सभा आयोजना तथा संचालनमा नेतृत्वलिने । 
  • ऐन वा नियमावलीको अधीनमा रही बोर्डको कर्मचारीहरुको सेवा काशर्त सम्वन्धी निर्देशिका तयार गरी स्वीकृतिका लागि कार्य समिति समक्ष पेश गर्ने ।
  • बोर्डले संचालन गरेका कार्यक्रमहरु त्था आर्थिक कारोबारहरुको बार्षिक लेखा परिक्षण गराउने । 
  • विद्यमान खानेपानी उपभोक्ता समितिलाई बोर्ड मोडलमा आवद्ध भई केन्द्रिकृत रुपमा खानेपानी व्यवस्थापनका लागि अभिप्रेरित गर्ने गराउने ।
  • खानेपानी सेवा प्रणाली प्राप्त, निर्माण, विस्तार, सुधार तथा पुन स्र्थापना गर्ने गराउने ।
  • खानेपानीको स्रोतको पहिचान, वितरण तथा सरसफाई सम्वन्धमा आवश्यक कार्य गर्ने गराउने ।
  • बोर्ड मोडल (व्यवसायिक मोडल) मार्फत गाउँपालिकाका उपभोक्ताहरुलाई स्वच्छ खानेपानीमा पहुँचका लागि गुणस्तरिय र प्रभावकारी रुपमा खानेपानी तथा सरसफाई सेवा र मर्मत सम्भार सेवाउपलब्ध गराउने र सेवावापतको महशुल संकलन गर्ने गराउने । 
  • खानेपानी सेवातथा मर्मत सम्भार सेवाको बैज्ञानीक पद्दती (व्यवसायिक योजनातर्जुमा) बाट मूल्य निर्धारण गरि प्रचलित कानुन बमोजिम सेवाको महशुल दर निर्धारण गर्ने गराउने । 
  • कुनै संघ संस्था तथा निकायसँग सह लगानीमा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी क्रियाकलाप गर्ने गराउने । 
  • सरकारी, गैर सरकारी, दातृ निकाय तथा निजि क्षेत्र संग खानेपानीको सेवा निर्माण, मर्मत सुधार तथा संचालनका लागि समन्वय र साझेदारी गर्ने । 
  • बोर्डले अनुमोदन तथा स्विकृत गरेका निति नियम तथा कार्य बिधीहरु कायान्वयन गर्ने गराउने । 
  • खानेपानी आयोजनाको दिगोपना संग सम्बन्धित अध्ययन र अनुसंधानका कार्यहरुको नेतृत्वलिने । 
  • अनलाइन प्लेटफर्ममा खानेपानीका उपभोक्ताहरुको विवरण तथा ःक्ष्क् अध्यावधिक राख्ने वा राख्नलगाउने । 
  • बोर्डको कार्य समितिले तोके बमोजिमका अन्य कार्यहरु गर्ने ।

विज्ञापन नं.:..०२ /२०७९/२०८०

पदः लेखा तथा प्रशासन सहायक

आवश्यक संख्याः १ (एक)

कार्य अवधीः लेखा तथा प्रशासन सहायकको कार्य अवधी ३ बर्षको हुने छ र ६ महिना परिक्षणकाल रहने छ । कार्य मुल्यांकनको आधारमा कर्य अवधीथपहुन सक्ने छ । 

सेवा सुविधाः नेपाल सरकारको (साहायक चौथोतह) प्रचलित स्केल रहनेगरी ग्रामीण खानेपानी व्यवस्थापन बोर्डले निर्धारण गरी तोकिदिए बमोजिम हुनेछ ।

योग्यता, अनुभव तथा सीपः

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट बाणिज्य शास्त्रमा स्नातकतह उतिर्ण तथा बाणिज्य शास्त्रमा प्राविणता प्रामण पत्र गरि लेखा तथा प्रशासनको क्षेत्रमा कम्तिमा २ बर्षको आर्य अनुभव भएको हुनुपर्नेछ । 
  • समुदाय, उपभोक्ता समिति तथ खानेपानी व्यवस्थापन बोर्ड संग इमान्दारीता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिकतथा समावेशीका सवालमा सचेतनाभएको । 
  • आधारभुत कम्प्यूटर सम्बन्धी ज्ञान भई वर्ड, एक्सेल, इमेल, इन्टरनेट, पावर प्वाइन्टमा निपुण भएको साथै नेपाली र अंग्रेजीमा राम्रो संग टाइप गर्न जान्ने । 
  • संस्थाको हर हिसाब तथा खाता कम्प्यूटर सफ्टवेयरमा राख्न सक्ने । 
  • योजनातयारी, समन्वय, कार्यान्वयन र प्रतिवेदन लेखनमादख्खल भएको । 
  • सरकारी, गैर सरकारी संस्था, निजी क्षेत्र वा सहकारी संस्थाहरुमा कार्य गरेको अनुभव भएको । 
  • खानेपानी सरसफाई र स्वच्छता (WASH), खानेपानी व्यवस्थापन र शुशासन सम्बन्धी ज्ञान भएको ।
  • नेपाली र अंग्रेजीदुवैमा राम्रो संचार कौशलभएको ।
  • हालकुनै पनि राजनैतिक पार्टीको पद धारण नगरेको । 

लेखा तथा प्रशासन सहायकको जिम्मेवारी/कार्य बिवरणः 

  • लेखाशाखको इन्चार्ज भइकाम गर्ने ।
  • कार्यालयको दैनिकआयव्ययको हिसाब राख्ने ।
  • मासिक आम्दानी खर्चको फाँटवारी तयार गर्ने ।
  • प्रत्येक हप्ता लेखा शाखाको प्रगति विवरण व्यवस्थापकलाई जानकारी गराउने ।
  • त्रैमासिक रुपमा आयव्ययको बित्तिय प्रगति विवरण तथा प्रतिवेदन तयार गर्ने ।
  • कर्मचारीहरुको व्यक्तिगत विवरण फाइल, विदा, मासिक कार्य योजना र कार्यक्रम प्रगतीको अभिलेख राख्ने । 
  • लेखाको सिद्धान्त अनुसार आर्थिक कारोवारहरुको निस्सा तथा प्रमाणहरुको चेकजाँच गर्ने तथाप्रक्रिया सम्मतखर्चहरुको भुक्तानी गर्ने । 
  • बजेट तथा खर्चहरुको नियमित अनुगमन सिट तयार गरि व्यवस्थापकलाई जानकारी गराउने र क्रियाकलापतथा बजेटको आवश्यक समायोजन गर्न सघाउने । 
  • कार्यालयको दैनिक प्रशासनिक तथा बन्दोवस्ती काकार्यहरु गर्ने ।
  • कार्यालयको जिन्सीतथा सामग्रीहरुको अभिलेखिकरण तथा संरक्षण गर्ने र अन्य रेर्कडहरु दुरुस्त राख्ने ।
  • क्रियाकलापहरु कार्यान्वयनको खर्चमा संस्थाको नियम तथा कार्य विधिको लापना गर्ने गराउने र खर्चकोे पारदर्शिता, एकरुपता कायम गर्दै सुशासनमा प्रतिबद्ध रहने । 
  • लेखाशाखामा जडान भएको सफ्टवेयरको दैनिक रेखदेख गर्ने ।
  • लेखाशाखासंग सम्बन्धित सम्पूर्ण कार्यको जवाफदेहीभई कार्य गर्ने ।
  • बोर्डको आम्दानी, खर्च, सम्पत्ति र दायित्वको अभिलेख राख्ने  र वित्तीयविवरणहरू तयार गर्ने ।
  • वार्षिक सन्तुलन परिक्षण बनाई वार्षिक प्रतिवेदनतयार गर्ने ।
  • बार्षिक रुपमा गरिने आन्तरिक तथा अन्तिम लेखा परिक्षणका लागि आवश्यक कागजात तयार गरि लेखा परिक्षण गर्नसहयोग गर्ने ।
  • योजनाका र्यान्वयनको चरणमा सार्वजनिक सुनुवाई तथा लेखा परिक्षण संचालनमा व्यवस्थापकलाई सहयोग गर्ने । 
  • कार्यक्रम संचालन तथा खानेपानीको निर्माण कार्यकालागिपालिका, प्रदेश तथा संघिय सरकार र अन्य दातृ निकाय बाट प्राप्त सहयोग तथा म्याचिङ्ग फण्डको खर्च फछर्यौटको लागि आवश्यकका गजात तयार गरि निकाय संग समन्वय गर्ने ।  
  • तोकिएका अन्य कार्यहरू गर्ने ।

विज्ञापन नं.: .०३../२०७९/२०८०

पदः कार्यालय सहयोगी (मिटर रिडर)

आवश्यक संख्याः १ (एक)

कार्य अवधीः कार्यालय सहयोगी (मिटर रिडर)को कार्य अवधी ३ बर्षको हुने छ र ६ महिना परिक्षणकाल रहने छ । कार्य मुल्यांकनको आधारमा कर्य अवधीथपहुन सक्ने छ । 

सेवा सुविधाः  नेपाल सरकारको (कार्यालय सहयोगी प्रथम स्तर) प्रचलित स्केल रहनेगरी ग्रामीण खानेपानी व्यवस्थापन बोर्डले निर्धारण गरी तोकिदिए बमोजिम हुनेछ ।

योग्यता, अनुभव तथा सीपः

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट एस ई ई उतिर्ण गरि सम्बन्धीत क्षेत्रमा कम्तिमा १बर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । 
  • समुदाय, उपभोक्ता समिति तथ खानेपानी व्यवस्थापन बोर्ड संग इमान्दारीता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिकतथा समावेशीका सवालमा सचेतनाभएको । 
  • मिटर रिडिङ सम्बन्धि मोवाइल एप्लिकेशनहरु च्लाउन जान्ने हुनुपर्ने । 
  • खानेपानी सरसफाई र स्वच्छता (WASH)सम्बन्धी ज्ञान भएको ।
  • हालकुनै पनि राजनैतिक पार्टीको पद धारण नगरेको । 

कार्यालय सहयोगी (मिटर रिडर) को जिम्मेवारी/कार्य बिवरणः 

  • बिभिन्न खानेपानी आयोजनाहरुको लागि मिटर रिडिङको रुटीन तयार पार्ने
  • मोवाइल एप्लिकेशनमा नियमित मिटर रिडिङ्ग कार्य गर्ने र मिटर रिडिङ्गको डाटा दैनिक अपडेट गर्ने ।
  • खानेपानी उपभोक्तालाई मोवाइल बाट अनलाइन भुक्तानीको लागि सहजीकरण गर्ने । 
  • महशुल रकम नगद प्रदान गरेमा असुली गरि कार्यालयमा दाखिला गर्ने र बक्यौता महशुल असुलीको कार्यमा सघाउने । 
  • लगत कायमभएको तथा लाइन कट्टा भएका धाराहरुको विवरण राख्ने ।
  • लेखा शाखाप्रमुख/इन्चार्ज संग समन्वय गरी कार्य गर्ने ।
  • आफू मातहतमा भएका सामानहरुको हिफाजत गर्ने गराउने ।
  • शाखा प्रमुखले लाए अह्राए अनुसारको कार्य गर्ने ।
  • दैनिक सफ्टवेयर बाट भएको कार्यको डाटाहरु सुरक्षित साथ राख्ने ।
  • कार्यालयबाट दिइएको जिम्मेवारी कुशलता पूर्वक पूरा गरी उपभोक्ताहरु संग शिष्ट भाषा प्रयोग गरी मुस्कान सहितको सेवादिने ।
  • छलि धारा नियन्त्रण कार्यमा सहयोग गर्ने,
  • लाइनक ट्टाधाराहरुको रेकर्ड राख्ने तथा नयाँधारा जडान गर्नको लागिमाग संकलन गर्ने,
  • कैफियत देखिएका धाराहरुको रेकर्ड राखी मर्मत कार्य गर्न लगाउने,
  • मिटर बन्दधाराहरुको रेकर्ड राखी मिटर बन्दखोल्ने व्यस्थामिलाउने,
  • तोकिएका अन्यकार्यहरु गर्ने ।

दरखास्तदिने विधिः

सन्दर्भ व्यक्तिहरुको (Reference) नाम, सम्पर्क नम्बर, इमेल ठेगाना सहितको वायेडाटा (व्यक्तिगतविवरण) तथा निेवेदनलिई कार्यालयमा स्वयम वा अन्यव्यक्ति मार्फत वा हुलाक अथवा ईमेल (यसमा ईमेल नम्बर राख्नुहोस) मार्फत दरखास्तदिन सकिने छ । म्याद नाघि आएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुने छैन । संस्थाले पुर्ण वा आंशिक कुनै पनि आवेदन विनाशर्त स्वीकृत गर्ने वानगर्ने अधिकार आफु मानिहित गर्दछ । 

प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्रलिखित तथामौखिक छनौट प्रक्रियामा समावेश गरिने छ । संस्थाले साकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकाले महिला, दलित, जनजाति, अपाङ्गता भएकाव्यक्ति, सिमान्तकृत वर्ग तथा स्थानियलाई प्राथमिकतादिइने छ । 

व्यवस्थापक को हकमाकुनै पनि खानेपानी व्यवस्थापन बोर्डमा कार्यानुभव भएकोलाई विशेष ग्राह्यता दिइने छ भने अन्यको हकमा कुनै पनि खानेपानी आयोजनामा कार्यानुभवभ एकोलाई विशेष ग्राह्यता दिइने छ । 

दरखास्त दिने अन्तिम मितिः २०७९ अशिवन २५ गते सांझ ५ः०० बजेसम्म । यदि उक्तदिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको सांझ ५ बजे सम्म । 

दरखास्तपेश गर्ने स्थान

राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डको कार्यालय

राजपुर नगरपालिका फतुहामहेशपुर 

अथवा

ग्रामिण विकास केन्द्र नेपाल, गौर, रौतहट

इमेलः zafir.akhtar@rdcnepal.org

सम्पर्क नं.९८५४०३०६३५

Overview

Category Development and Project
Openings 3
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 20 Sep, 2022
Apply Before 11 Oct, 2022
City Rautahat