कर्मचारी तथा लेखा अभिलेख सफ्टवयर आवश्यकता सम्बन्धि सूचना

Sagun Agriculture Cooperative Society Ltd.

Agriculture Cooperative

Details / requirements:

सगुन कृषि सहकारी संस्था लिमिटेड

मुख्य कार्यालय इटहरी – १६, पचरुखी, सुनसरी

कर्मचारी तथा लेखा अभिलेख सफ्टवयर आवश्यकता सम्बन्धि सूचना

प्रकाशित मिति २०८१/०१/१७ गते

सुनसरी जिल्ला भरी कार्य क्षेत्र रहि इनरुवा, तित्रिवन रामधुनी, तरहरा र इटहरीमा सेवाकेन्द्र मार्फत शेयर सदस्यहरूलाई कृषि यान्त्रिकरण, सहकारी पसल, बचत तथा ऋण र कृषि उपज खरिद विक्रि वितरण सेवा प्रदान गरिरहेको यस संस्थाका लागि देहाय बमोजिमका कर्मचारीहरू आवश्यक भएकोले सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरीएकोछ ।

१. पदः कार्यकारी व्यवस्थापक (अधिकृत स्तर)

  • आवश्यक संख्याः १ (एक)
  • सेवाको प्रकारः करार
  • काम गर्नुपर्ने स्थानः संस्थाको मुख्य कार्यालय इटहरी —१६, पचरूखी, सुनसरी ।

क. योग्यताः

१. सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको अनुभव सहित व्यवस्थापन वा व्यवसाय प्रशासनमा स्नातकोत्तर वा सोही क्षेत्रमा दश वर्षको अनुभव भएको स्नातक तह उतिर्ण भएको ।

२. सफल टिम व्यवस्थापनको प्रमाणित ट्रयाक रेकर्डको साथ कुशल नेतृत्व र व्यवस्थापन कौशल भएको ।

३. उत्कृष्ट संचार र पारस्परिक कौशल भएको ।

४. कृषि यान्त्रिकीकरण, वित्तीय व्यवस्थापन, बजेट र सहकारी सिद्धान्तहरूको ज्ञान भएको ।

५. समस्या पहिचान र समाधान गर्ने क्षमता तथा उत्कृष्ट रणनीतिक सोच भएको।

६. मौखिक र लिखित दुवैमा प्रभावकारी संचार कौशल भएको।

७. पर्याप्त कम्प्युटर साक्षर र अंग्रेजी भाषामा प्रवाह भएको।

८. दबाबमा काम गर्ने र समयसीमाभित्र कार्य पूरा गर्ने क्षमता भएको।

९. उमेर सीमा: ३० देखि ५० वर्ष भित्र।

ख. जिम्मेवारीः

१. परिचालन व्यवस्थापनः कृषि यान्त्रिकीकरण, बचत र ऋण, डिपार्टमेन्ट स्टोर, खरिद र बिक्री वितरणमा सहकारी सञ्चालनको लागि नेतृत्व र रणनीतिक दिशा  प्रदान गर्नुपर्ने 

२. रणनीतिक योजनाः सबै व्यापार क्षेत्रहरूमा वृद्धि र स्थिरता प्रवर्द्धन गर्न रणनीतिक योजनाहरू विकास र कार्यान्वयन गर्नुपर्ने ।

३. वित्तीय व्यवस्थापनः वित्तीय स्थायित्व र वृद्धि सुनिश्चित गर्दै बजेटिङ, वित्तीय रिपोर्टिङ, र विश्लेषणको निरीक्षण गर्नुपर्ने।

४. मानव संसाधन व्यवस्थापनः सहकारी कार्यशैलीको नेतृत्व र व्यवस्थापन, सहकार्य र जवाफदेहिताको संस्कृतिलाई बढावा दिनुपर्ने ।

५. कृषि यान्त्रीकरणः यान्त्रिकीकरण कार्यहरूको निरीक्षण, उपकरणहरूको कुशल उपयोग र सदस्यहरूलाई समयमै सेवा सुनिश्चित गर्नुपर्ने।

६. बचत र ऋणः बचत र ऋण गतिविधिहरू व्यवस्थित, नियमहरूको पालना सुनिश्चित र सदस्यहरूलाई समयमै सेवा प्रदान गर्नुपर्ने।

७. डिपार्टमेन्ट स्टोर सञ्चालनः डिपार्टमेन्ट स्टोरको निरीक्षण, स्टक व्यवस्थापन, व्यापारिकरण, र सदस्य तथा ग्राहक सेवा रणनीति निर्माण गरि लागु गर्नुपर्ने ।

८. खरिद र बिक्री वितरणः खरिद, बिक्री वितरण, गुणस्तर मापदण्ड र आपूर्ति श्रृंखला गतिविधि व्यवस्थित गर्नुपर्ने।

९. टिम नेतृत्व: सबै कर्मचारीहरूलाई नेतृत्व, मार्गदर्शन र सहयोग गरि सकारात्मक वातावरण निर्माण गर्नुपर्ने।

१०. सदस्य तथा उपभोक्ता सम्बन्ध: संस्थाका शेयर सदस्य तथा उपभोक्ताहरू संग बलियो सम्बन्ध कायम राखि, उनीहरुको आवश्यकता र सरोकारलाई तुरुन्तै सम्बोधन गर्नुपर्ने।

११. बजार विश्लेषण: संस्थाको वृद्धि र विकासको लागि अवसरहरू पहिचान गर्न उपभोक्ता र  कृषकहरूको प्रवृत्ति र बजार गतिशीलतामा अद्यावधिक रहनुपर्ने ।

१२. परियोजना व्यवस्थापनः राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैर सरकारी संघ संस्थाहरू सँग सम्बन्ध स्थापित गरि विभिन्न प्रकारका कृषि परियोजनाहरू संचालन, व्यवस्थापन, निर्माण र समन्वय गर्नुपर्ने ।

१३. रिपोर्टिङ: प्रमुख कार्यसम्पादन सूचकहरू र सुधारका क्षेत्रहरू हाइलाइट गर्दै सञ्चालक समिति र सम्बन्धित विभागहरूको लागि नियमित रिपोर्टहरू तयार गरि पेश गर्नुपर्ने ।

२. पदः व्यवस्थापक (पाँचौं)  

  • आवश्यक संख्याः १ (एक)
  • सेवाको प्रकारः करार
  • काम गर्नुपर्ने स्थानः तित्रिवन, सेवाकेन्द्र रामधुनी - ०२, सुनसरी

क. योग्यताः

१. सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको अनुभव सहित व्यवस्थापन वा व्यवसाय प्रशासनमा स्नातक वा सोही क्षेत्रमा दश वर्षको अनुभव भएको प्रमाणपत्र तह उतिर्ण भएको ।

२. नेतृत्व र संगठनात्मक कौशल भएको ।

३. सरोकारवालाहरू विच प्रभावकारी सञ्चार सीप र पारस्परिक क्षमता भएको ।

४. कृषि यान्त्रिकरण(Custom Hiring Center) बजारीकरण, संचालन र सहकारी सिद्धान्तहरूको ज्ञान भएको ।

५. पर्याप्त कम्प्युटर साक्षर र अंग्रेजी भाषामा लेखपढ गर्न सक्ने।

६. दबाबमा काम गर्ने र समयसीमाभित्र कार्य पूरा गर्ने क्षमता भएको।

७. उमेर सीमा: २५ वर्ष पुरा भइ ४५ बर्ष ननाघेको।

८. कृषक समुह गठन र परिचालनको ज्ञान र अनुभव भएको ।

९. कृषक पाठशालामा आधारित कृषि प्रसार सम्बन्धी अनुभब भएको ।

ख. जिम्मेवारीः

१. सेवाकेन्द्र परिचालन व्यवस्थापन: कृषि यान्त्रिकीकरण, बचत र ऋण,  खरिद र बिक्री वितरण सहित तोकिएको सेवाकेन्द्र व्यवस्थापन गर्नुपर्ने।

२. रणनीतिक योजना: सहकारीको समग्र मिशन र भिजनसँग पङ्क्तिबद्ध गर्दै सेवाकेन्द्रको लक्ष्य र उद्देश्यहरू प्राप्त गर्न रणनीतिक योजनाहरू विकास र कार्यान्वयन गर्नुपर्ने।

३. वित्तीय व्यवस्थापन: वित्तीय स्थिरता र वृद्धि सुनिश्चित गर्दै सेवाकेन्द्रको बजेट, खर्च, र आम्दानी निगरानी गर्नुपर्ने।

४. टिम नेतृत्व: सेवाकेन्द्रमा कार्यरत कर्मचारीहरूको नेतृत्व गरि कार्यसम्पादन सुनिश्चित गर्नको लागि आवश्यक मार्गदर्शन, सहयोग र र व्यवस्थापन गर्नुपर्ने।

५. सदस्य तथा उपभोक्ता सम्बन्ध: संस्थाका शेयर सदस्य तथा कृषकहरू संग बलियो सम्बन्ध कायम राखि, उनीहरुको आवश्यकता र सरोकारलाई तुरुन्तै सम्बोधन गर्नुपर्ने।

६. कृषि यान्त्रीकरणः यान्त्रिकीकरण कार्यहरूको निरीक्षण, बजारीकरण, उपकरणहरूको कुशल उपयोग र सदस्यहरूलाई समयमै सेवा सुनिश्चित गर्नुपर्ने।

७. रिपोर्टिङ: प्रमुख कार्यसम्पादन सूचकहरू र सुधारका क्षेत्रहरू हाइलाइट गर्दै सञ्चालक समिति, कार्यकारी व्यवस्थापक र सम्बन्धित विभागलाई नियमित रिपोर्टहरू तयार गरि पेश गर्नुपर्ने ।

८. बचत तथा ऋण परिचालनः सेवाकेन्द्रको बचत तथा ऋणको परिचालन व्यवस्थापन गर्ने र अभिलेख राख्नुपर्ने ।

३. पदः  व्यवस्थापक (पाँचौं)

  • आवश्यक संख्याः १ (एक)
  • सेवाको प्रकारः करार
  • काम गर्नुपर्ने स्थानः तरहरा सेवाकेन्द्र, इटहरी — २०, सुनसरी

क. योग्यताः

१. सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको अनुभव सहित व्यवस्थापन वा व्यवसाय प्रशासनमा स्नातक वा सोही क्षेत्रमा दश वर्षको अनुभव भएको प्रमाणपत्र तह उतिर्ण भएको ।

२. नेतृत्व र संगठनात्मक कौशल भएको ।

३. उत्कृष्ट संचार र पारस्परिक क्षमता भएको ।

४. उपभोग्य बस्तुहरूको सहकारी पसलको बजारीकरण, संचालन र सहकारी सिद्धान्तहरूको ज्ञान भएको ।

५. पर्याप्त कम्प्युटर साक्षर र अंग्रेजी भाषामा लेखपढ गर्न सक्ने।

६. दबाबमा काम गर्ने र समयसीमाभित्र कार्य पूरा गर्ने क्षमता भएको।

७. उमेर सीमा: २५ वर्ष पुरा भइ ४५ बर्ष ननाघेको।

ख. जिम्मेवारीः

१. सेवाकेन्द्र परिचालन व्यवस्थापन: कृषि यान्त्रिकीकरण, बचत र ऋण,  खरिद, र बिक्री वितरण सहित तोकिएको सेवाकेन्द्र व्यवस्थापन गर्नुपर्ने।

२. रणनीतिक योजना: सहकारीको समग्र मिशन र भिजनसँग पङ्क्तिबद्ध गर्दै सेवाकेन्द्रको लक्ष्य र उद्देश्यहरू प्राप्त गर्न रणनीतिक योजनाहरू विकास र कार्यान्वयन गर्नुपर्ने।

३. वित्तीय व्यवस्थापन: वित्तीय स्थिरता र वृद्धि सुनिश्चित गर्दै सेवाकेन्द्रको बजेट, खर्च, र आम्दानी निगरानी गर्नुपर्ने।

४. टिम नेतृत्व: सेवाकेन्द्रमा कार्यरत कर्मचारीहरूको नेतृत्व गरि कार्यसम्पादन सुनिश्चित गर्नको लागि आवश्यक मार्गदर्शन, सहयोग र र व्यवस्थापन गर्नुपर्ने।

५. सदस्य तथा उपभोक्ता सम्बन्ध: संस्थाका शेयर सदस्य तथा कृषकहरू संग बलियो सम्बन्ध कायम राखि, उनीहरुको आवश्यकता र सरोकारलाई तुरुन्तै सम्बोधन गर्नुपर्ने।

६. सहकारी पसलः सहकारी पसलको निरीक्षण, बजारीकरण, उपकरणहरूको कुशल उपयोग र सदस्यहरूलाई समयमै सेवा सुनिश्चित गर्नुपर्ने।

७. रिपोर्टिङ: प्रमुख कार्यसम्पादन सूचकहरू र सुधारका क्षेत्रहरू हाइलाइट गर्दै सञ्चालक समिति, कार्यकारी व्यवस्थापक र सम्बन्धित विभागलाई नियमित रिपोर्टहरू तयार गरि पेश गर्नुपर्ने ।

८. बचत तथा ऋण परिचालनः सेवाकेन्द्रको बचत तथा ऋणको परिचालन व्यवस्थापन गर्ने र अभिलेख राख्नुपर्ने ।

३. पदः लेखा तथा स्टोर किपर (तेश्रो)

  • आवश्यक संख्याः १ (एक)
  • सेवाको प्रकारः करार
  • काम गर्नुपर्ने स्थानः तरहरा सेवाकेन्द्र, इटहरी - २०, सुनसरी

क. योग्यताः

१. सम्बन्धित क्षेत्रमा कम्तिमा तिन वर्षको अनुभव सहित व्यवस्थापन विषयमा प्रमाणपत्र तह उतिर्ण भएको 

२. लेखा सफ्टवेयर र MS Office suiteको राम्रो ज्ञान भएको 

३. नियमित स्टक जाँच गरि अभिलेख व्यवस्थापन गर्ने ज्ञान भएको

४. उमेर सीमा: २० वर्ष पुरा भइ ४० बर्ष ननाघेको।

५. लेखाको सिद्धान्त र प्रणाली, विद्यमान मुल्य अभिबृद्धि कर तथा अन्य करबारे ज्ञान भएको ।

ख. जिम्मेवारीः

१. वित्तीय व्यवस्थापन: खर्च, आम्दानी, र सामान्य खाता प्रविष्टिहरू सहित सही वित्तीय अभिलेख राख्नुपर्ने।वित्तीय रिपोर्ट, बजेट  पूर्वानुमान, र वित्तीय योजना प्रक्रियाहरू तयार गर्ने र विश्लेषण गर्नुपर्ने ।

२. स्टक व्यवस्थापन: डिपार्टमेन्ट स्टोरमा उपभोग्य वस्तुहरूको खरिद र विक्री व्यवस्थापन गर्ने र भण्डारण सहित सूची व्यवस्थापन(Inventory Management) गर्नुपर्ने।

३. बैकं तथा नगद खाता व्यवस्थापन र लेनदेनको अभिलेख राख्नुपर्ने।

कसरी आवेदन गर्नेः इच्छुक उम्मेद्वारहरूलाई आफ्नो बायोडाटा, सम्बन्धित क्षेत्रको अनुभव र योग्यताहरूको विवरण सहितको कभर लेटरमा पद उल्लेख गरि आवेदन दस्तुर वापतको रकम रु. ५००।यस संस्थाको नाममा NIC Asia बैकंमा रहेको खाता नं.  ०४४१०५०७११९५२४०१मा जम्मा गरेको बैंक भौचर संलग्न राखी saguncoophr@gmail.com  इमेल ठेगानामा मिति २०८१ बैशाख ३० गते सम्ममा आवेदन पेश गर्न आमन्त्रित गरिएको छ । एकजना आवेदकले एकपदमा मात्र आवेदन दिनपाउने छन् । सर्टलिस्ट गरिएका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियाको लागि बोलाइनेछ । 

कार्यकारी व्यवस्थापक पदको आवेदकले अपेक्षित तलब उल्लेख गर्नु पर्नेछ ।

सम्पर्क नं.  ९८५२०५६९३५, ९८५२०४८८२७


लेखा अभिलेख सफ्टवयर निर्माण, (Financial Record Keeping Software Development) खरिद सम्बन्धि सूचना

आधुनिक कृषियन्त्रहरु कृषकहरुलाई शुलभ मुल्य(भाडा)मा उपलब्ध गराउने उद्देश्यले रामधुनी – ०२, तित्रिवन, सुनसरीमा स्थापना भएको कष्टम हायरिङ्ग सेन्टर(Custom Hiring Centre)CHC लाई  थप प्रवर्धन र ब्यवस्थापन गर्नु पर्ने भएकोले देहाय बमोजिमको लेखा अभिलेख सफ्टवयर (Financial Record Keeping Software Development) खरिद गर्नुपर्ने भएकोले २०८१ बैशाख २३ गते भित्र इच्छुक व्यक्ति, फर्म, कम्पनि तथा संस्थाहरुबाट दरभाउपत्र पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ ।

लेखा अभिलेख सफ्टवयर निर्माण 

(Financial Record Keeping Software Development)

१. कष्टम हायरिङ्ग सेन्टर(Custom Hiring Centre)CHCका सम्पूर्ण कृषियन्त्र र प्रयेगकर्ता कृषकहरूको व्यक्तीगत विवरण सहित CHCको सम्पूर्ण  वित्तीय कारोवारको लेखा अभिलेख राख्नसक्ने सफ्टवयर हुनुपर्नेछ ।

२. CHCको मुख्य शिर्षकका हिसावहरू संस्थाको मुख्य कार्यालयको सफ्टवयर सँग एकिकृत हुन पर्नेछ ।

३. सफ्टवयरमा नेपाल लेखामान(NFRS,SMEs) अनुसारको प्रतिवेदनहरू प्राप्त हुनुपर्नेछ ।

४. दरभाउपत्रदाताले दरभाउ स्वीकृत भएको मितिले १ महिनाभित्र जडान गरि संचालनमा ल्याउनु पर्नेछ । 


नोटः 

१. दरभाउपत्र फारम वापत मिति २०८१।०१।२३ गते १२:०० बजेभित्र रू. ५००।(फिर्ता नहुने) संस्थाको मुख्य कार्यालयमा नगदै तिरी वा यस संस्थाको नाममा NIC Asia बैकंमा रहेको खाता नं. ०४४१०५०७११९५२४०१मा जम्मा गरेको बैंक भौचर संलग्न राखी इमेल ठेगाना costomhiring36@gmail.com मार्फत पनि खरिद गर्नसक्ने छन् ।

२. खरिद गरिएको दरभाउपत्र फारममा आफुले कवोल गरेको न्यूनतम दररेट उल्लेख गरि मिति २०८१।०१।२३ गते दिनको ०१:०० बजेभित्र संस्थाको मुख्य कार्यालयमा दर्ता गराउनु पर्नेछ ।इमेल ठेगाना costomhiring36@gmail.com मार्फत समेत दरभाउपत्र पेश गर्न सक्नेछन् । 

३. दरभाउपत्रसाथ कर चुक्ता, इजाजत पत्र लगायतका प्रमाणपत्रको फोटाकपी, सफ्टवयरमा भएका सुविधा र प्राविधिक विषयहरू समावेश गर्नुपर्नेछ ।

दरभाउपत्र सम्बन्धि थप जानकारी आवश्यक परेमा फोन नं. ९८५२०५६९३५, ९८५२०४८८२७मा सम्पर्क गर्न सकिनेछ ।

सगुन कृषि सहकारी संस्था लि.

इटहरी -१६, पचरूखी, सुनसरी

फोन नं. ०२५५८०८४२

Overview

Category Agriculture, Administrative / Management, Accounting and Finance
Openings 4
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 29 Apr, 2024
Apply Before 12 May, 2024
City Sunsari