कर्मचारी आवश्यकता सम्वन्धी सूचना
Details / requirements:
कर्मचारी आवश्यकता सम्वन्धी सूचना
दोस्रो पटक प्रकाशित मितिः २०८१।०२।०७ गते
हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग र ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा संचालित Innovations in Agri-Livestock Value Chains परियोजना अन्तर्गत पाल्पा जिल्लामा कृषि उपजको मुल्य श्रृंखला कार्यक्रम संचालनका लागि तपसिलमा उल्लेखित कर्मचारीहरुको आवश्यकता भएकोले रित पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।
१. आवश्कता सम्वन्धी विवरण :
क) पद : लेखा अधिकृत (Account Officer)
पद संख्या :१ (एक) जना
न्युनतम योग्यता र कार्यानुभव :
- वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरी कम्तीमा १ वर्षको कार्यानुभव भएको वा अन्य विषयको हकमा कम्तिमा ३ बर्ष लेखापाल पदमा रहि काम गरेको हुुनुु पर्ने ।
- लेखाका आधारभूत सिद्धान्तको विषयमा दक्षता भएको ।
- कम्प्युटर सम्बन्धी दक्षता भएको र लेखा सफ्टवयर सम्बन्धी ज्ञान तथा सञ्चालन अनुभव भएको ।
- लेखा प्रतिबेदन तयारी, तथ्याङ्क बिश्लेषण, बजेट निर्माण सम्बन्धी ज्ञान भएको ।
- स्थानीय सरकारको लेखा प्रणाली, बजेट निकासा तथा फस्र्यौट र सार्वजनिक खरीद प्रक्रिया सम्बन्धि ज्ञान तथा अनुभव भएको ।
- स्थानीय सरकार तथा अन्य सरोकारवालाहरूसंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
- नियमित तथा आवश्यकता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण गर्नुपर्नेछ ।
- कम्तीमा ३० प्रतिशत समयावधि परियोजना क्षेत्रमा दिन सक्ने ।
- सहकारीको व्यवसायीक योजना निर्माण सम्बन्धी ज्ञान भएको ।
मुख्य जिम्मेबारी :
- परियोजना संग सम्वन्धित बित्तिय कारोबारहरूको सफट्वेयरको प्रयोग गरी लेखा व्यवस्थापन गर्ने ।
- मासिक, त्रैमासिक र वार्षिक वित्तिय प्रतिवेदनहरू तयार गरी सम्बन्धित निकायहरूमा पेश गर्ने ।
- आन्तरिक नियन्त्रणको रणनीति निर्माण गरी लेखा व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित, विश्वसनिय र पारदर्शी बनाउने ।
- तरकारी प्रशोधन केन्द्र तथा उपकेन्द्र र सम्बन्धित सहकारीको लेखा व्यवस्थापन प्रणालीलाई व्यवस्थित र चुस्त दुरुस्त बनाउनका लागि सहयोग र सहजीकरण गर्ने ।
- तरकारी प्रशोधन केन्द्रको दैनिक हिसाब किताबको बिवरण तयार गरी सम्बन्धित सहकारीको चारखाता वा सफ्टवयरमा प्रविष्ट गर्न सहयोग गर्ने । साथै तरकारी प्रशोधन केन्द्रबाट सञ्चालन गरिएको बजारीकरणको हिसाब किताबको प्रतिवेदन तयार गरी साप्ताहिक रुपमा परियोजना टिम÷सहकारी÷बजार व्यवस्थापन समितीसँग समिक्षा गर्ने र भावि बजारीकरणको रणनीति निर्माणमा सहयोग तथा सहजीकरण गर्ने ।
- परियोजनासँग आबद्ध भएका सहकारीहरूको लेखा व्यबस्थापन सफ्टवयर मार्फत गर्नका लागि सहकारीका कर्मचारीहरूको क्षमता विकासमा सहयोग गर्ने । साथै सहकारीको बार्षिक लेखा परिक्षणका लागि आवश्यक सहयोग र सहजीकरण गर्ने ।
- लेखा व्यवस्थापन सँग सम्बन्धित अन्य कार्यहरु गर्ने ।
२. सेवा सुविधा : संस्थाको नियमानुसार हुनेछ ।
३. दरखास्त दिने अन्तिम मितिः २०८१।०३।१४ गते कार्यालय समय भित्र ।
४. परिक्षाको किसिमः लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
५. आवश्यक कागजातहरूः कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, सम्बन्धित बिषयको कार्यानुभव प्रमाणित प्रतिलिपि, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी स्क्यान गरी redapalpa@gmail.com मा इमेल वा तानसेन नगरपालिका ०४, बिशालबजार स्थित कार्यालयमा दरखास्त पेश गर्न सकिनेछ ।
नोट : प्रारम्भिक छनौटमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित तथा प्रयोगात्मक परीक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । प्रथम सुचनाको आधारमा आवेदन भरेका उमेद्यवारहरुले पुन दरखास्त दिन नपर्ने । अनुभवी उम्मेद्वारहरूलाई विशेष ग्रायता दिईनेछ ।
ग्रामीण आर्थिक विकास संघ (रेडा), तानसेन, पाल्पा
ईमेलः redapalpa@gmail.com
Overview
Category | Accounting and Finance |
Openings | 1 |
Salary | Rs. / |
Experience | 2+ years |
Education | B. Com./BBS, BBA / BBM |
Posted Date | 10 May, 2024 |
Apply Before | 27 May, 2024 |
City | Palpa |