कर्मचारी (सामुदायिक शिक्षक) को आवश्यक्ता

Samagra Jan Utthan Kendra (SAMAGRA)

Details / requirements:

समग्र जन उत्थान केन्द्र लहान, सिरहा

उडान सहजकर्ता (सामुदायिक शिक्षक) को आवश्यक्ता

प्रकाशित मितिः २०८२/०१/३० गते

समग्र जन–उत्थान केन्द्र मानव अधिकारको संरक्षण, संबर्द्धन र प्रबर्द्धन एवं द्वन्द्व न्यूनिकरण, शान्ति निर्माण र समाजमा बिधमान हानिकारक सामाजिक अभ्यास तथा मूल्य मान्यता रुपान्तरणका लागि बिगत दुई दशक देखि विभिन्न साझेदार संस्था, अन्तराष्ट्रिय गैरसरकारी संस्था, सरकारी निकाय, स्थानीय तहसँग समन्वय र सहकार्य गरि समुदायका विभिन्न लक्षित समुदाय (दलित, महिला, बालबालिका, जेष्ठ नागरिक, यौनिक तथा अल्पसंख्यक, द्वन्द्व पीडित, किशोरी, युवा, अपाङ्गता भएका व्यक्ति र सिमान्तकृत समुदाय) का सवालमा निरन्तर रुपमा कार्य गर्दै आएको छ । 

यसै क्रममा यस संस्थाले केयर नेपालसँगको साझेदारीमा सिरहा जिल्लाको धनगढीमाई नगरपालिका, भगवानपुर गाउँपालिका, र नरहा गाउँपालिकामा  ‘बालिका शिक्षा तथा सशक्तिकरण कार्यक्रम’ का लागि उडान सहजकर्ता (सामुदायिक शिक्षक) पदमा योग्य र अनुभवी महिला उम्मेदवारहरू आवश्यक भएकोले इच्छुक स्थानीय महिला उम्मेदवारहरूले बायोडाटा, नागरिकता , शैक्षिक (ट्रान्सक्रिप्ट) प्रमाणपत्र र कार्य अनुभवको  प्रतिलिपी सहित २०८२ जेष्ठ ०३ गते कार्यालय समयभित्र आवेदन दिनहुन आह्वान गरिन्छ । आवेदन इमेल मार्फत vacancy.samagra@gmail.com मा पठाउन सकिने छ वा कार्यालयमा उपस्थित भई दिन सकिने छ ।

बिस्तृत विवरणको लागि तलको लिङ्क मा जानुहोस्:

https://drive.google.com/uc?export=download&id=1vS-rVx-0InNTnO8BOkI1M8m7OcrBzTP_

समग्र जन उत्थान केन्द्र

लहान नपा- ६, राधाकृष्ण चौक (नयाँ बजार), सिरहा

शाखा कार्यालय ,लहान न.पा ८ यातायात कार्यालय नजिक ,लहान सिरहा

फोन न. ०३३-५६३०१२, ९८०४७५६२४०

Email ID: vacancy.samagra@gmail.com

Overview

Category Education, Development and Project, Teachers
Openings 10
Position Type Full Time
Experience Please check details
Education 10+2 in management
Posted Date 13 May, 2025
Apply Before 17 May, 2025
City Siraha