कर्मचारी पदपूर्ति सम्बन्धि सूचना
Details / requirements:
सुन्दर नेपाल संस्था, सुर्खेत
कर्मचारी पदपूर्ति सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशन मिति: ०९ असार २०८३, (२३ जुन २०२६)
सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal र iDE को संयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा Nurture Every Future:- POSHAN Nepal Project सुर्खेत जिल्लाको ५ वटा पालिकाहरुमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारीकरण, लैगिक समानता र सामाजिक समावेशिकरणका लागि लक्षित बर्गहरुको व्यबहारमा रुपान्तरण गर्दै पूर्ण क्षमताको विकासका लागि सुर्खेत जिल्लाको वराहताल गाउपालिका, वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकामा परियोजना लागू गरेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।
| क्र.स | पद | संख्या | योग्यता | बिषय क्षेत्र तथा अनुभव |
| १ | स्वास्थ्य तथा पोषण अधिकृत | जन स्वास्थ्य, नर्सिङ वा पोषणमा स्नातक डिग्री | कम्तीमा ३ वर्षको सम्बन्धित विषयमा अनुभव भएको । -MNCH, IMAM, MSNP तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा काम गरेको अनुभव भएको । - राष्ट्रिय स्वास्थ्य/पोषण नीतिहरू, HMIS/DHIS2 र तथ्यमा आधारीत योजना तर्जुमाका बारेमा जानकार भएको । - GESI, safeguarding, accountability, and MEAL systems का बारेमा जाकारी भएको | |
| २ | कृषि अधिकृत | कृषि विषयमा स्नातक डिग्री | कम्तीमा ३ वर्षको सम्बन्धित विषयमा कार्या अनुभव भएको । - पोषण-सम्वेदनशील कृषि, जीविकोपार्जन, तथा बहु-क्षेत्रीय पोषण कार्यक्रमका बारेमा जानकार भएको समन्वयमा अनुभव। - तालिम गोष्ठीहरु सहजीकरण गर्ने, सरोकारवाला निकायहरुसंग समन्वय गर्ने तथा कार्यक्रम को प्रतिवेदन गर्ने सीप र कम्प्युटर मा राम्रो सीप भएको । - GESI, safeguarding, accountability, and MEAL systems का बारेमा जाकारी भएको | |
| ३ | फिल्ड अधिकृत | जन स्वास्थ्य, नर्सिङ,पोषण,कृषि वा सामाजिक विज्ञान वा सम्बन्धित क्षेत्रमा स्नातक डिग्री उत्तीर्ण भएको | - स्वास्थ्य तथा पोषण, बहुक्षेत्रीय पोषण, कृषी तथा जीविकोपार्जन, स्थानीय पोषणमैत्री शासन र स्थानीयस्तर योजना तर्जुमाका चरणहरुका बारेमा न्यूनतम ३ वर्षको अनुभव भएको । - बहु-क्षेत्रीय निकाय तथा स्थानीय सरकारसँग काम गरेको अनुभव भएको । GESI, safeguarding, accountability, and MEAL systems का बारेमा जाकारी भएको | |
| ४ | स्वास्थ्य तथा सरसफाई सहजकर्ता | स्वास्थ्य सहायक (HA)/स्टाफ नर्स डिग्री/ ANM/CMA | - स्वास्थ्य सहायक (HA)/स्टाफ नर्स डिग्रीसहित कम्तीमा १ वर्षको अनुभव, वा ANM/CMA सँग ३ वर्षको सम्बन्धित अनुभव। - सरकारी स्वास्थ्य तथा पोषण सेव प्रणाली र बारेमा जानकारी भएको , साथै स्वास्थ्य, पोषण र WASH विषयमा आधारभूत ज्ञान भएको । - स्वास्थ्य आमा समूह/ महिला स्वास्थ्य स्वयसेविकाहरुको कार्यप्रणाली, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिती, पोषणमैत्री स्वास्थ्य संस्था घोषणका विधि प्रक्रियाका जानकारी भएको । - सहजीकरण, संचार र सामाजिक परीचालन सम्बन्धी सीप तथा अनुभव भएको । GESI, safeguarding, accountability, and MEAL systems का बारेमा जाकारी भएको | |
| ५ | पोषण, कृषि तथा बजारीकरण सहजकर्ता | कृषि विषयमा कम्तिमा प्रविणता प्रमाणपत्र (वा समकक्ष) अध्ययन गरेको | - कृषि तथा जीविकोपार्जन कार्यक्रमहरूमा न्यूनतम ३ वर्षको अनुभव भएको। - समुदायसँगको संलग्नता तथा स्थानीय सरकारसँगको समन्वयमा कार्यसंचालन गरेको अनुभव भएको। - सहजीकरण, संचार र सामाजिक परीचालन सम्बन्धी सीप तथा अनुभव भएको । - जलवायुमैत्री कृषी प्रणालीकोबारेमा जानकारी भएको। - समुदायमा कृषी समुहमा कृषी उत्पादन तथा कृषी प्रविधी प्रसार सम्बन्धी अनुभव भएको - GESI, safeguarding, accountability, and MEAL systems का बारेमा जाकारी भएको |
४. शैक्षिक प्रमाण—पत्रको प्रतिलिपि
३. यस भन्दा अघि काम गरेको अनुभव पत्र ।
४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV)
५. दुई पाग्रे सवारि साधनको ईजाजत पत्र भएकालाई विशेष प्राथामिकता दिईने छ ।
माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy@sundarnepal.org.np मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुव्र्यवहार र बाल दुव्र्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिबद्ध रहेको छ ।
दरखास्त दिने अन्तिम मिति: १५ असार, २०८३ ( २९ जुन २०२६) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०५:०० बजेसम्म आवेदन दिन सकिनेछ ।
थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नका लागी जानकारी गरिन्छ।
Detailed Job description link:
https://docs.google.com/document10&rtpof=true&sd=true
सुन्दर नेपाल संस्था
वीरेन्द्रनगर–८ आवासक्षेत्र, सुर्खेत
फोन न: ०८३–५२०९२६/५२३५३०,
वा ईमेल: vacancy@sundarnepal.org.np
Overview
| Category | Development Project, Development / NGO |
| Openings | 5 |
| Position Type | Full Time |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 23 Jun, 2026 |
| Apply Before | 29 Jun, 2026 |
| City | Birendranagar Surkhet |