कर्मचारी पदपूर्ति सम्बन्धि सूचना
Details / requirements:
संरक्षण नेपाल, बारा
(Protection Nepal)
कर्मचारी पदपूर्ति सम्बन्धि सूचना
विज्ञापन नम्बरः ०२/२०८२/०८३
प्रथम पटक सूचना प्रकाशन मिति: ९ श्रावण २०८२, (२५ जुलाई २०२५)
संरक्षण नेपाल सन् २००२ मा स्थापना भएको एक गैरराजनीतिक र गैर नाफामुखी संस्था हो जसको मुख्य कार्यालय बारा जिल्लाको कलैयामा रहेको छ । यस संस्थाले नेपालको तराई क्षेत्रमा बाल, युवा तथा महिलाहरूको हकहित, संरक्षण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ र मानवीय सहायताको विषयगत क्षेत्रहरू काम गर्दै आएको एक अग्रणी संस्था हो । यसले गरिब, जोखिममा परेका, सीमान्तकृत, सामाजिक रूपमा बहिष्कृत समुदाय र बालबालिका, युवा, महिला समेतको लागि विभिन्न दातृ निकायहरूको सहयोगमा सामाजिक र आर्थिक विकासलाई प्रोत्साहित गर्न र उनीहरूको अधिकार, मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ । https://www.pnbara.org.np
United Mission to Nepal (UMN) सँगको साझेदारीमा संरक्षण नेपाले एकीकृत समुदाय स्वास्थ्य परियोजना (Integrated Community Health Project) मार्फत बारा जिल्लाको निजगढ नगरपालिका सबै वडाहरूमा (विषेश गरी स्वास्थ्यमा पछाडी परेका वडाहरु केन्द्रित) लक्षित समुदायहरूको सामाजिक, शारीरिक र मानसिक स्वास्थ्यमा समग्र सुधार गर्ने उद्देश्यले यहि २०८२ श्रावण महिनाबाट ३ बर्षे परियोजना संचालन गर्न लागेको हुदा निम्न बमोजिमको शैक्षिक योग्यता भएको, अनुभवी, इमान्दार तथा दक्ष कर्मचारीहरूको अवश्यकता भएकोले तल उल्लेख भए बमोजिम इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ ।
तपसिलका कर्मचारीहरूको पद तथा योग्यता, अनुभव र सिप:
क्र.स. | पद | पद संख्या | योग्यता | योग्यता तथा अनुभव |
१ | Project Coordinator (कार्यक्रम संयोजक) | १ | स्नातकोत्तर | मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य (Public Health) वा नर्सिङ्ग विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य (Public Health) वा नर्सिङ्ग विषयमा स्नातक तह उत्तिर्ण गरी कुनै पनि विधामा स्नातकोत्तर तह उत्तीर्ण साथै सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको हुनुपर्ने । |
२ | Field Health Officer (फिल्ड स्वास्थ्य अधिकृत) | १ | स्नातक तह | कम्तीमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य (Public Health) वा नर्सिङ्ग वा मनोविज्ञान विषयमा स्नातक तह उत्तिर्ण गरी सम्बन्धित जनस्वास्थ्यको क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको हुनुपर्ने । |
३ | Field Supervisor (फिल्ड सुपरभाईजर) | ३ | Intermediate / प्रविणता प्रमाणपत्र तह | मान्यता प्राप्त शैक्षिक संस्थाबाट ज्ब्, क्तबाा ल्गचकभ विषयमा प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरी स्वास्थ्यको क्षेत्रमा २ वर्ष कार्य अनुभव भएको वा CMA, ANM गरि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कुनै पनि विधामा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण साथै सम्बन्धित क्षेत्रमा (सामाजिक परिचालन सहित) ३ वर्ष कार्य अनुभव भएको वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कुनै विधामा Intermediate तह उत्तिर्ण गरी समुह, बाल तथा यूवा क्लव, विद्यालयहरूसँगको सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको हुनुपर्ने । |
४ | WASH Facilitator/ Supervisor (खानेपानी, सरफाइ तथा स्वच्छता सहजकर्ता र सुपरभाईजर) | १ | Intermediate / प्रविणता प्रमाणपत्र तह | मान्यता प्राप्त शैक्षिक संस्थाबाट Pre-diploma in civil engineering (Sub-Engineer) वा ISC Ag विषयमा प्रविणता तह उत्तिर्ण गरी सम्बन्धित खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीको शुद्धीकरण, आर्यआर्जन गतिविधि तथा DRR मा सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको हुनुपर्ने । |
५ | Psychosocial Counselor (मनोसामाजीक परामर्शकर्ता) | १ | Intermediate / प्रविणता प्रमाणपत्र तह | मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा Intermediate तह उत्तिर्ण गरेको र नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्था वा तालिम केन्द्रबाट ६ महिनाको मनोसमाजिक परामर्श तालिम प्राप्त गरी (Certified psychosocial counselor) सम्बन्धित क्षेत्रमा २ वर्ष कार्यअनुभव भएको हुनुपर्ने । |
दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरू:
आवश्यक कागजात
१. नेपाली नागरिकताको प्रमाण पत्र
२. तोकेको शैक्षिक प्रमाण पत्रको प्रतिलिपि
३. यस भन्दा अघि काम गरेको अनुभव (Experience letter) को साथमा नियुक्ति पत्र साथै अन्य विशेष लालिम तथा कार्य अनुभवको प्रमाणपत्र ।
४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको व्यक्तिगत विवरण र विस्तृत वायोडाटा (CV )
५. आवेदन पत्र (Cover Letter) सहित हाल सालै खिचेको फोटो साथै यस संस्थाको आवेदन फारम पनि भर्नुपर्ने छ, आवेदन फारम यहाँ संलग्न गरिएको छ अथवा संस्थामा इमेल गरेर पनि माग गर्न सकिने छ । (PN_Job Application Form.doc)
६. २ पाङग्रे सवारी साधनको License भएमा सो को प्रतिलिपि
छनौटको किसिम: लिखित, समुहमा छलफल तथा अन्तरवार्ता (दुवै): Physically at Kalaiya, Bara
आवेदन पेश गर्ने प्रकृयाः
माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वंयम वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy.pnbara@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुने छैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । कृपया आवेदनमा वा email मा आफूले आवेदन दिएको ........ पदको लागि आवेदन भनेर खुलाउनु होला ।
प्रारम्भिक छोटो सूचीमा छनौट भएका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक परिक्षा प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व-घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । स्थानिय निजगढका आवेदकहरूलाई प्राथमिकता दिईनेछ । कृपया फोन गरेर अनावश्यक दवाव नदिनुहोला ।
दरखास्त दिने अन्तिम मितिः इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको biodata सहित १५ दिन भित्र २३ श्रावण २०८२ (८ अगष्ट २०२५) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५:०० बजे सम्म आवेदन दिन सकिनेछ । यदि कुनै कुरा बुझ्न परेमा माथि उल्लेखित इमेल वा तल उल्लेखित फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ ।
आवेदन दिने ठेगाना:
संरक्षण नेपाल
कलैया, बारा
फोन नः ०५३–५५०६०५/६९०३१८
वा
ईमेल ठेगाना: vacancy.pnbara@gmail.com
कार्यशक्तिको विविधताको कदर गर्दै, संरक्षण नेपालले महिला र जातीय अल्पसंख्यकहरूलाई आवेदन दिन दृढतापूर्वक प्रोत्साहित गर्दछ ।
Overview
Category | Public Health, Engineering - Civil, Development Project, Counseling / PsychoSocial, Nursing |
Openings | 7 |
Position Type | Contract |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 25 Jul, 2025 |
Apply Before | 08 Aug, 2025 |
City | Bara |