कर्मचारी आवश्यकता सम्बन्धि सूचना

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति: २०८३ साल असार ०२ गते, मंगलबार

बागमती सेवा समाज नेपाल (Bagmati Welfare Society Nepal)  सर्लाही जिल्लामा विगत ३२ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । यस संस्थाले हाल मधेश प्रदेश र कोशी प्रदेशका विभिन्न १३ वटा जिल्लाका विभिन्न निकायहरुसँगको सहकार्यमा जीविकोपार्जन, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, बाल संरक्षण तथा महिलाको हकहित न्यायमा पहुँच जस्ता कार्यहरु सञ्चालन गर्दै आइरहेको छ । 

वल्र्ड भिजन इन्टरनेशलनसँगको साझेदारीमा यस सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना विगत वर्ष देखि सञ्चालन गरिरहेको छ । उक्त परियोजनाको लागि तपशीलमा उल्लेखित पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्तको लागि आह्वान गरिन्छ । 

पद शैक्षिक योग्यताआवश्यक योग्यता तथा सिपहरु

सामुदायिक परिचालक (बाल संरक्षण) 

संख्या – १ जना

कक्षा १२ उत्तिर्ण (स्नातक तह उत्तिर्ण गरेकालाई प्राथमिकता दिइने छ)

–सम्बन्धीत क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको 

–बाल अधिकार, बाल संरक्षण, लैगिक समविकास र सामाजिक परिचालन सम्बन्धी राम्रो ज्ञान भएको

–समुदायमा बाल संरक्षणका लागि बहस, पैरवी र विभिन्न प्रकारका अभियानहरु संचालन एवं नेतृत्व गर्न सक्ने

–बाल अधिकार सम्बन्धी बैठक, सचेतनामूलक गोष्ठी सहजीकरण गर्न सक्ने सीप भएको

–स्थानीय सरोकारवालाहरु, विद्यालय, वडा कार्यालय, गाउँपालिका, नगरपालिकासँग समन्वय एवं पैरवी गर्न सक्ने सीप भएको

–समुदाय, विद्यालय, वडा स्तरीय बाल अधिकार समिति, बाल क्लव आदिकोे बैठक आयोजना, सहजीकरण र माइन्युट लेखन गर्ने ।

–आफ्नो कार्यक्षेत्रको विद्यालय, बाल अधिकार समिति, बाल क्लव, रुपान्तरण कक्षा आदिको तथ्यांकहरु र अन्य अभिलेख व्यवस्थित गर्ने ।

–बाल क्लव, बाल अधिकार समितिसँग समन्वयमा काम गर्न सक्ने

–बाल क्लवको क्षमता अभिवृद्धि, बाल भेला आदि संचालन गर्न सक्ने

–बालमैत्री अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न सक्ने

–तथ्यांक संकलन, प्रतिवेदन लेखन गर्न सक्ने

–कम्प्युटरको ज्ञान भएको तथा अंग्रेजी नेपाली टाइप गर्न सक्ने 

–दुई चक्के सवारीको लाइसेन्स भएको

स्पोन्सरशिप फिल्ड परिचालक 

संख्या – १ जना

कक्षा १२ उत्तिर्ण वा स्नातक तह उत्तिर्ण गरेकालाई प्राथमिकता दिइने छ 

–सम्बन्धीत क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको 

–बाल अधिकार, बाल संरक्षण, लैगिक समविकास र सामाजिक परिचालन सम्बन्धी राम्रो ज्ञान भएको

–समुदायमा बाल संरक्षणका लागि बहस, पैरवी र विभिन्न प्रकारका अभियानहरु संचालन एवं नेतृत्व गर्न सक्ने

–समुदाय परिचालन (समुदाय तहमा बैठक, भेला संचालन) गर्ने ।

–RCs बालबालिकाको तथ्यांक व्यवस्थापन, नियमित फलोअप, भेटघाट, शिक्षा, स्वास्थ्य, सहभागिताको अवस्थाको बारेमा एन्ड्रोइड मोवाइलमा सफ्टवेयर प्रयोग गरी अनुगमन तथा रिपोर्टिङ गर्ने ।

–वडा तथा समुदाय स्तरमा बाल स्पोन्सरशिप अनुगमन समिति गठन, परिचालन गर्ने ।

–नियमितरुपमा GN, TL, IL, CEW, APR  लगायत स्पोन्सरशिपका संचारको सम्पूर्ण काम गर्ने ।

–RCs बालबालिका र स्पोन्सर बीच पुलको रुपमा काम गर्ने । 

–सकारात्मक अभिभावकत्वका लागि अभिभावकहरुलाई उत्प्रेरित गर्ने र आफ्ना बालबालिकाको उचित माया, स्याहारको लागि प्रोत्साहित गर्ने । 

–बालबालिकालाई नियमित विद्यालय जानका लागि प्रोत्साहित गर्ने ।

–स्थानीय स्तरका सरोकारवालाहरु, राजनैतिक नेतृत्वकर्ता, अगुवा व्यक्तित्व, धर्मगुरु आदिसँग कार्यक्रम संचालनका लागि निरन्तर समन्वय र सहकार्य गर्ने ।

–तथ्यांक संकलन, प्रतिवेदन लेखन गर्न सक्ने

–कम्प्युटरको ज्ञान भएको तथा अंग्रेजी नेपाली टाइप गर्न सक्ने 

–दुई चक्के सवारीको लाइसेन्स भएको

आवेदनसाथ पेश गर्नु पर्ने कागजातहरु: माथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले व्यक्तिगत विवरण (Bio-Data) हस्तलिखित निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि,  तालिम तथा कार्य अनुभव पत्रहरुको प्रतिलिपि सहित आफुले आवेदन गर्न चाहेको पद प्रष्ट रुपमा खुलाई २ जना सन्दर्भ व्यक्ति (Reference Persons) हरुको नाम सम्पर्क नम्वर र इमेल सहित आवेदन पेश गर्नु पर्नेछ ।

आवेदन दिने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलिपल्ट ।

आवेदन पेश गर्ने स्थान: बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही वा संस्थाको ईमेल ठेगाना hr@bwsn.org.np  मा सबै आवेदन इमेल गर्न सकिनेछ ।

तोकिएको मिति भित्र पर्न आएको आवेदकहरुको संक्षिप्त सूची (Short List) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरुलाई मात्र छनौट प्रक्रियामा समावेश गरिनेछ । 

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरु स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थाको पदपूर्ति समितिमा सुरक्षित रहनेछ ।

बागमती सेवा समाज नेपाल संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरुको समावेशीकरणको लागि सकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ । साथै, स्थानीय र परियोजना क्षेत्र वा छिमेकी पालिकाका आवेदकलाई प्राथमिकता दिइनेछ ।

बेटी पढाउ बेटी बचाऔं । 

Overview

Category Development Project, Development / NGO
Openings 2
Position Type Full Time
Experience Please check details
Education Please check details
Posted Date 16 Jun, 2026
Apply Before 22 Jun, 2026
City Sarlahi