कर्मचारी आवश्यकता सम्बन्धी सूचना
Details / requirements:
आवश्यकता! आवश्यकता !! आवश्यकता !!!
प्रथम पटक सूचना प्रकाशित मितिः २०८३।०२।२५
ग्रामीण विकास एक्सप्रेस नेपाल (RDE Nepal) द्वारा आगामी दिनमा सल्यान जिल्ला अन्तर्गतका समस्त पालिकाहरूमा सञ्चालन गर्न प्रस्ताव गरिएको "मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) तथा पोषण कार्यक्रम" का लागि तपसिल बमोजिमका कर्मचारीहरू आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ।
| पद | न्यूनतम शैक्षिक योग्यता तथा कार्यानुभव | मुख्य जिम्मेवारीहरू |
कार्यक्रम संयोजक (Program Coordinator)(१ जना) | जनस्वास्थ्य वा नर्सिङमा स्नातकोत्तर (MPH/MN) उत्तीर्ण भई कार्यक्रम व्यवस्थापनमा १ वर्षको अनुभव वा जनस्वास्थ्य, नर्सिङ वा स्वास्थ्य सम्बन्धी विषयमा स्नातक उत्तीर्ण भई परियोजना व्यवस्थापनमा कम्तीमा ३ वर्षको अनुभव प्राप्त गरेको। |
|
| कार्यक्रम अधिकृत - प्राविधिक (Program Officer - Technical) (१ जना) | नर्सिङ वा जनस्वास्थ्य विषयमा स्नातक उत्तीर्ण भई क्लिनिकल पृष्ठभूमि भएको। मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण कार्यक्रममा कम्तीमा १ वर्षको अनुभव भएकालाई प्राथमिकता दिइने। |
|
| अनुगमन तथा मूल्याङ्कन अधिकृत (Monitoring and Evaluation Officer) (१ जना) | जनस्वास्थ्य मा स्नातक (public health) उत्तीर्ण भई २ वर्षको अनुभव वा नर्सिङ, सामाजिक विज्ञान वा अन्य सम्बन्धित विषयमा स्नातक उत्तीर्ण भई कम्तीमा ३ वर्षको सान्दर्भिक अनुभव प्राप्त गरेको। |
|
| प्रशासन तथा वित्त अधिकृत (Admin and Finance Officer) (१ जना) | स्नातक तह उत्तीर्ण गरी कम्तीमा 2 वर्षको सान्दर्भिक अनुभव प्राप्त गरेको। |
|
फिल्ड सुपरभाइजर (Field Supervisor) (५ जना) | PCL नर्सिङ वा हेल्थ असिस्टेन्ट (HA) उत्तीर्ण गरेको। |
|
| सामुदायिक परिचालक (Community Mobilizer)(१० जना) | कम्तीमा ANM, AHW वा PCL उत्तीर्ण भई MNCH र पोषण कार्यक्रम सम्बन्धी अनुभव प्राप्त गरेको। |
|
| कार्यक्रम सहयोगी (Program Assistant) (१ जना) | सम्बन्धित कार्यमा अनुभव भएको। |
|
पेश गर्नुपर्ने कागजातहरूः निवेदन, अद्यावधिक गरिएको वैयक्तिक विवरण (बायोडाटा), र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। निवेदनमा कुन पदका लागि दरखास्त दिइएको हो सो कुरा स्पष्ट रूपमा खुलाउनु पर्नेछ।
प्राथमिकताः स्थानीय उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।
दरखास्त दिने अन्तिम मितिः २०८३।०२।३१
दरखास्त पठाउने इमेल ठेगाना: rdenepal@gmail.com मा सम्पर्क गर्नुहोस्।
भौतिक रूपमा कागजात वा आवेदन बुझाउने ठेगाना : शारदा नगरपालिका-१, श्रीनगर, पटनेरी, सल्यान (कागजातहरू उल्लेखित कार्यालय ठेगानामा बुझाउनुपर्नेछ) ।
परीक्षाको किसिमः लिखित तथा अन्तर्वार्ता।
नोट:
- म्याद नाघी आएका दरखास्त मूल्याङ्कनमा समावेश गरिने छैन।
- प्रस्तुत परियोजना दाताको स्वीकृति र आर्थिक सहायताको उपलब्धतामा निर्भर रहनेछ।
Overview
| Category | Public Health, Development Project, Medical / Nursing |
| Openings | Few |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 07 Jun, 2026 |
| Apply Before | 14 Jun, 2026 |
| City | Salyan |