बोलपत्र आह्वान सम्बन्धी सूचना

Haripur WSSMB

Details / requirements:

हरिपुर खानेपानी तथा सरसफाई ब्यवस्थापन बोर्ड

 Haripur Water Supply & Sanitation Management Board

हरिपुर ०९, सर्लाही

मधेश प्रदेश, नेपाल

बोलपत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशन मितिः २०८३/०२/२४

हरिपुर खानेपानी तथा सरसफाई ब्यवस्थापन बोर्ड मार्फत हरिपुर नगरपालीका भित्र खानेपानी आयोजनाहरूको पाइपलाइन निर्माण तथा मर्मत सम्भार गर्ने प्रयोजनका लागि NS/IS Standard, PE-100, PN-10, SDR13.6  मा आवश्यक HDPE पाइपहरू आपुर्तिका लागि बोलपत्र प्रक्रियाबाट सम्भावित आपुर्तिकर्ता/सप्लायर्ससँग खरिद गर्ने योजना रहेकोले योग्य तथा ईच्छुक सेवा प्रदायक/आपुर्तिकर्तालाई विधिवत रुपमा भरिएको बोलपत्र फारमहरू हरिपुर खानेपानी तथा सरसफाई ब्यवस्थापन बोर्डको कार्यालय हरिपुर ९, सर्लाहिमा तोकिएको समय सीमा भित्र बुझाउन यो सुचना प्रकाशन गरिएको छ ।

बोलपत्रको विवरण तल उल्लेखित गरिएको छ:

क्र.स.सूचना नं.बोलपत्र दस्तुरकैफियत
१.HWSSMB/02/082/083रु १०००/–

नियम तथा शर्तहरू:

१. बोलपत्र खानेपानी बोर्डको कार्यालयबाट, आपुर्तिकर्ताको आधिकारीक व्यक्तिले खरिद गर्न सक्नेछ,, अथवा अनलाइन मार्फत दस्तुर रकम जम्मा गरेर इमेलबाट पनि माग गर्न सकिनेछ । बोलपत्रका साथ, आापुर्तिकर्ताको संस्था दर्ता, नविकरण, करचुक्ता प्रमाण पत्र ०८१/०८२ ,स्थायी लेखा नं.(VAT) प्रमाणपत्रहरूको प्रतिलिपि र संस्थाको निवेदन पेश गर्नुपर्नेछ ।

२. बोलपत्र कागजात २०८३ जेष्ठ २४ गते देखि असार २ गते दिउँसो ४:०० बजे सम्म, सरकारी विदाका दिन बाहेक कार्यालय समय भित्र संकलन र पेश गर्न सकिनेछ । यदि अन्तिम मितिमा सार्वजनिक विदा परेमा त्यसको भोलीपल्ट कार्यालय खुलेको दिन दिउसो ४:०० बजे सम्म अन्तिम मिति र समय मानिनेछ ।

३. शिलबन्दी खामको बाहिर स्पष्ट रुपमा पठाउने र पाउनेको विवरण सहित सूचना नं. HWSSMB/02/082/ 083 उल्लेख गरिएको हुनुपर्नेछ । साथै प्राबिधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टा छुट्टै र शिलबन्दी गरिएको हुनु पर्नेछ । 

४. बोलपत्र खरिद वापतको शुल्क कार्यालयको देहाय बमोजिमको खातामा जम्मा गरि निक्षेप भौचरको प्रतिलिपि बोर्डको कार्यालयमा प्रत्यक्ष वा इमेल मार्फत बुझाएर बोलपत्र फारम प्राप्त गर्न सकिनेछ ।

बैकको नाम: NIC ASIA Bank Limited, Haripur Branch

खाताको नाम: Haripur Khanepani Tatha Sarasaphai Byawasthapan Board Marmat Sambhar Kosha

खाता नं. : ३२६४१५००९५११४००३

५. यस खरिद प्रक्रिया सम्बन्धी बिस्तृत विवरण (TOR) खरिद गरिएको बोलपत्र साथै उपलब्ध गराइने छ ।

६. टेण्डर भर्ने प्रयोजनका लागि ईच्छुक आपुर्तिकर्ता (बोलपत्रदाता) हरूले गरेको सबै किसिमको खर्चहरू बोलपत्र दाताकै हुने र यसलाई टेण्डर आह्वानकर्ता हरिपुर खानेपानी तथा सरसफाई ब्यवस्थापन बोर्डले कुनै पनि हालतमा भुक्तानी गर्ने छैन । 

७. बोलपत्र दस्तुर जम्मा गर्ने, बोलपत्र फाराम र बिस्तृत विवरण (TOR) प्राप्त गर्ने कार्य अनलाइन मार्फत गर्न सकिनेछ तर शिलबन्दी बोलपत्र फाराम दर्ता गराउन आपुर्तिकर्ताको आधिकारिक व्यक्ति खानेपानी बोर्डको कार्यालयमा स्वयम उपस्थित हुनु पर्नेछ । 

८. नियम र शर्तहरू पुरा नगरेका बोलपत्र फारमहरु स्वीकृत गर्ने वा नगर्ने अधिकार हरिपुर खानेपानी तथा सरसफाई ब्यवस्थापन बोर्डको कार्यालयमा निहित रहनेछ ।

बोलपत्र फारम खरिद तथा बुझाउने ठेगाना:

हरिपुर खानेपानी तथा सरसफाई ब्यवस्थापन बोर्डको कार्यालय, हरिपुर न.पा. ९, सर्लाही

email: haripur.wssmb@gmail.com

सम्पर्क नं. ९८०१६७८८८१, ९८०१६७८८८२, 

 वा 

वागमती सेवा समाज नेपालको कार्यालय हरिवन ११ सर्लाही

९८५२०२८२२९ , ९८४५५५८६६४

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 07 Jun, 2026
Apply Before 16 Jun, 2026
City Sarlahi