कर्मचारी आवश्यकता सम्बन्धि सूचना
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
प्रथम पटक सूचना प्रकाशन मितिः २०८२/१०/०२ गते तदनुसार १६ जनवरी २०२६ र
आवेदन दिने अन्तिम मितिः २०८२/१०/११ गते तदनुसार २५ जनवरी २०२६
दलित विकास समाज (DDS) सल्यान सन २००१ मा सल्यान जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैर सरकारी संस्था हो । संस्थाले दलित, गरिब, विपन्न वर्ग, महिला र बालबालिकाहरूको सामाजिक, आर्थिक, स्वास्थ्य, र शिक्षाको स्थितिमा सुधार गर्दै समृद्ध, समावेसी र न्यायपुर्ण समाज निर्माण गर्ने लक्ष राखेको छ । आफ्नो स्थापना काल देखि नै संस्थाले सरकारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँगको सहयोग र सहकार्यमा समाजमा रहेका दलित, अति विपन्न, महिला, बालबालिका र सिमान्तकृत समुदायको क्षमता विकास र मानव अधिकार अभियान मार्फत शिक्षा, स्वास्थ्य, जीविकोपार्जनको अवस्थामा सुधार गर्दै आइरहेको छ । यसै अनुरुप संस्थाले सन २०२५ देखि आइपास नेपाल (Ipas Nepal) संगको सहकार्यमा यस सल्यान जिल्लामा “यौन तथा प्रजनन् स्वास्थ्य अधिकार दिगो सवलीकरण (Strengthening Sustainable Sexual and Reproductive Health and Rights) SRHR परियोजना” संचालन गर्दै आइरहेको छ । यसै सन्दर्भमा सन २०२६ देखि यस जिल्लाको शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा संचालन गरीने “स्वास्थ्य प्रणाली उत्थानसिल परियोजना (Health System Resiliency Project)" को लागि निम्न बमोजिमको केहि कर्मचारी भर्ना गर्नुपर्ने भएकाले यो सूचना प्रकाशन गरिएको छ ।
विज्ञापन नंबरः २/२०८२/८३
पद र आवश्यक संख्याः परियोजना अफिसर (Project Officer ), १ जना
योग्यता अनुभवः
जनस्वास्थ्य बिषयमा स्नातकोत्तर (Master in Public Health) डिग्री र स्वास्थ्य सम्बन्धि परियोजना संचालनको क्षेत्रमा कम्तिमा १ वर्षको वा अन्य बिषयमा स्नातक (Bachelor in Other subject) तह र स्वास्थ्य सम्बन्धि परियोजना संचालनको क्षेत्रमा कम्तिमा ५ वर्षको अनुभवका साथै
आवश्यक सिपः
- समुदाय परिचालनमा काम गर्न सक्ने, संचार सिप, स्थानिय सरोकारवालाहरूसँग समन्वय गर्न सक्ने, अंग्रेजी र नेपाली दुबै भाषामा प्रतिवेदन लेख्न सक्ने, कम्प्युटरमा राम्रो सिप भएको र जटिल परिस्थितिहरूमा सहजतापुर्वक कार्य गर्न सक्ने ।
- स्वास्थ्य सेवा प्रणालीको बुझाइ, विशेष गरी जिल्लास्तर र सो भन्दा तल्लोतहका गतिविधिहरूको अनुभव भएको
- न्यूनतम सुपरिवेक्षणमा कार्य गर्ने क्षमता भएको
- MS-Office प्याकेजहरू, तथ्याङ्क सम्बन्धी सफ्टवेयर, इमेल र इन्टरनेट प्रयोग गर्ने ज्ञान र अनुभव भएको
- उत्कृष्ट मौखिक तथा लिखित सञ्चार क्षमता,
- जनशक्ति व्यवस्थापन गर्ने क्षमता, राम्रो अन्तर–व्यक्तिगत सम्बन्ध, र टोलीमा परिचालनको अनुभव भएको
- विश्लेषणात्मक क्षमता तथा कार्यक्रम अनुगमन र अवलोकन गर्ने अनुभव भएको
- कार्यक्रम व्यवस्थापन तथा तथ्याङ्क व्यवस्थापन सम्बन्धी ज्ञान र अनुभव भएको
- विभिन्न तहका सरकारी निकाय र साझेदारहरूसँग छलफल र सहजीकरण गर्ने व्यावहारिक अनुभव भएको
- परियोजनाको उद्देश्य र र्ममलाई बुझेर सो अनुरुप कार्य गर्न सक्ने
विज्ञापन नंबरः ३/२०८२/८३
पद र आवश्यक संख्याः वित्त तथा प्रशासन अफिसर (Finance and Admin Officer), १ जना
योग्यता अनुभवः
मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषय (व्यवस्थापन, वित्त, व्यवसाय प्रशासन, वा अर्थशास्त्र विषयमा) स्नातक तह उत्तिर्ण गरी गैरसरकारी तथा विकास साझेदार संस्थामा वित्त तथा प्रशासन क्षेत्रमा काम गरेको अनुभव भएको । साथै
आवश्यक सिपः
- वित्त व्यवस्थापन लगायत FAMAS सफ्टवेयर MS-Office प्याकेजहरू, आर्थिक तथ्याङ्क सम्बन्धी सफ्टवेयर, इमेल र इन्टरनेट प्रयोग गर्ने ज्ञान र सिपको अनुभव भएको
- खरिद प्रकृया सम्बन्धि ज्ञान तथा सिप भएको,
- दैनिक प्रशासनका कार्यहरू गर्न सक्ने,
- लेखा दस्तावेविकरणमा राम्रो दखल भएको र लेखा सुपरिवेक्षणमा कार्य गर्न सक्ने ।
- नेपाली र अंग्रेजी भाषामा मौखिक तथा लिखित सञ्चार क्षमता र रिपोर्टिङको समय सिमा सम्बन्धि ज्ञान भएको ।
- जनशक्ति व्यवस्थापन गर्ने क्षमता, राम्रो अन्तर–व्यक्तिगत सम्बन्ध, र टोलीमा परिचालनको अनुभव भएको
- विश्लेषणात्मक क्षमता तथा कार्यक्रम अनुगमन र अवलोकन गर्ने अनुभव भएको
- परियोजनाको उद्देश्य र र्ममलाई बुझेर सो अनुरुप कार्य गर्न सक्ने
विज्ञापन नंबरः ४/२०८२/८३
पद र आवश्यक संख्याः सामुदायिक स्वास्थ्य सहायक (Community Health Assistant), ३ जना महिला मात्र (शारदा न.पा.१, छत्रेश्वरी गा.पा. १ र त्रिवेणी गा.पा. १)
योग्यता अनुभवः
स्वास्थ्य बिषयमा प्रि डिप्लोमा (सिएमए वा अनमी) उत्तिर्ण गरी स्वास्थ्य सम्बन्धि परियोजना संचालनको क्षेत्रमा कम्तिमा १ वर्ष कार्य अनुभव भएको साथै
आवश्यक सिपः
- यौन तथा प।जनन् स्वास्थ्य, जलवायु अनुकूलन, लैङ्गिक हिंसा, लैङ्गिक समानता तथा महिला सशक्तीकरणको क्षेत्रमा कार्य अनुभव भएको
- समन्वय, सहकार्य तथा समुदाय परिचालनको कार्य अनुभव भएको
- कम्प्युटर, सम्बन्धी आधारभूत ज्ञान भएको
- कार्यक्रम व्यवस्थापन तथा तथ्याङ्क व्यवस्थापन र रिपोटिङ सम्बन्धी ज्ञान र अनुभव भएको
- स्थानिय तहका सरकारी निकाय र सरोकारवालाहरूसँग आवश्यक छलफल र सहजीकरण गर्ने व्यावहारिक अनुभव भएको
- परियोजनाको उद्देश्य र र्ममलाई बुझेर सो अनुरुप कार्य गर्न सक्ने
आवश्यक कागजातः आवेदकको विस्तृत विवरण खुल्ने अद्यावधिक गरीएको बायोडाटा, नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको ट्रान्सकृप्ट प्रमाण पत्रको प्रतिलिपी र निवेदन ।
परीक्षाको किसिमः विज्ञापन नं. २ र ३ को लागि सल्यान बाहिरको आवेदकको लागि virtual माध्यममा र सल्यान जिल्लाको आवेदकको लागि कार्यालयमा उपस्थितिका साथै लिखित (कम्प्युटर बाट) र मौखिक दुबै र विज्ञापन नं. ४ को लागि कार्यालयमा उपस्थितिका साथै लिखित र मौखिक दुबै
आवेदन दिने ठाउँः विज्ञापन नं. २ र ३ को लागि तल दिइएको लिङ्कमा गइ आवश्यक विवरणहरु लेख्नुहोस र विज्ञापन नं. ४ को लागि निम्न लिङ्क मार्फत वा कार्यालयमा आवेदन पेश गर्न सकिन्छ ।
https://docs.google.com/forms/d/e/1FAIpQLSfdk_XrKCk8_2HB_T5MwshqbrGTpGbn0L03uD8uoD20QWQ2ew/viewform
आवेदन दिने अन्तिम मिति र समयः २०८२/१०/११ गते तदनुसार २५ जनवरी २०२६ कार्यालय समय (बेलुका ५ बजे) भित्र । आवश्यक जानकारीको लागि ०८८–५२०४०७
नोटः म्याद नाघि (कार्यालय समय बेलुका ५ बजे पछि) आएका, योग्यता र तोकिएको मापदण्ड पुरा नभएका आवेदन उपर कुनै कारवाही गरिनेछैन साथै कुनै पनि कारण विना आवेदन स्वीकार गर्ने वा नगर्ने सम्पुर्ण अधिकार दलित विकास समाज सल्यानमा निहित रहेको छ । प्रारम्भिक छनौटमा परेकालाई मात्र लिखित र मौखिक परिक्षामा सामेल गराइने छ । यस संस्था यौन उत्पीडन, शोषण, दुव्र्यवहार र बाल दुव्र्यवहार रोक्नका लागि संस्थाको बाल संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिवद्ध रहँदै सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकाले स्थानिय सिमान्तकृत समुदायका महिला, दलित, अपांगता भएका र लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूलाई आवेदन दिनका लागि अभिप्रेरित गर्दछ । कृपया आवेदनमा आफूले आवेदन दिन चाहेको पद स्पष्ट संग लेख्नुहोला ।
विस्तृत कार्य विवरण (Detailed Job Description) दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस:
https://drive.google.com/drive/folders/1nTbY0Uz-j7_eEHSt2-NR7rL5vxSvryTe?usp=sharing
Overview
| Category | Public Health, Development Project, Finance & Administration |
| Openings | 3 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 16 Jan, 2026 |
| Apply Before | 25 Jan, 2026 |
| City | Salyan |