कर्मचारी आवश्यकता सम्बन्धी सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रकाशन  मिति 

२०८२ पौष ३० गते

राष्ट्रिय कृषक समूह महासंघ,( NFGF, Nepal), सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरूको छाता संगठन हो । यस महासंघ सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरूको क्षमता विकास साथै अधिकारमा पहुँच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागी कार्यरत रहदै आएको छ ।

लक्षित वर्गको जीवनस्तरमा सकारात्मक परिवर्तनको लागी महासंघले विगत १४ वर्ष देखि संस्थागत रणनीतिक योजना, राष्ट्रिय, अन्तराष्ट्रिय कृषि विकासको परिवेश, नेपाली मौलिक कृषि एवं किसानको भोगाई र अभ्यास साथै  विभिन्न श्रोत साझेदारसँगको सहयोग एवं तहगत सरकारहरूसँगको सहकार्यमा विभिन्न परियोजनाहरूको कार्यन्वयन, असल अभ्यास र सिकाई प्रमाणमा आधारित नीतिगत एवं विषयगत पैरवी/अभियान गर्दै आएको छ ।

महासंघले तपशिल बमोजिमको पदमा देहायको कार्यक्षेत्र रहनेगरी काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकले तपशिलमा उल्लेखित ठेगानामाः २०८२ माघ ७ गते सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाडा  पेश गर्न अनुरोध गरिन्छ ।

पद: कार्यक्रम गुणस्तर तथा पैरवी व्यवस्थापक  (Program Quality and Advocacy Manager) — १ जना

  • शैक्षिक योग्यता: कानुन, ग्रामीण विकास, सामाजिक विज्ञान, कृषि,आम सञ्चार वा सो सरहको विषयमा कम्तिमा स्नात्तकोतर तह उत्तीर्ण गरी सम्बन्धित पदमा कम्तिमा  ४ वर्षको कार्य अनुभव भएको
  • जिम्मेवारी: विभिन्न श्रोत साझोदारसँगको सहकार्यमा संचालीत कार्यक्रमको गुणस्तरीयताको सुनिश्चितता, ज्ञान ब्यवस्थापन, तथ्यांक तथा प्रतिवेदन दस्तावेजीकरण एवं महासंघको विषयगत अभियान साथैं नीतिगत सवालमा आधारीत पैरवीसँग सम्बन्धित गतिविधिहरूको ब्यवस्थापकीय जीम्मेवारी
  • कार्यक्षेत्र:  महासंघको केन्द्यि सचिवालयको कार्यालय, काठमाण्डौ एवं कम्तिमा ४० प्रतिशत फिल्ड

पद: लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अधिकृत (GESI Officer)– १ जना

  • शैक्षिक योग्यता: मानविकि, सामाजिक विज्ञान, वन वातावरण, लैङ्गिकता, कृषिमा स्नातक वा सो सरह उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा कम्तिमा  २ वर्षको कार्य अनुभव भएको
  • मुख्य जिम्मेवारी: महासंघले केएर नेपालसँगको सहकार्यमा सिरहा र सप्तरी जिल्लाका स्थानीय सरकारहरूसँगको सहकार्यमा सञ्चालित कृषक पाठशाला अभ्यासबाट जलवायुमैत्री कृषिका अभ्यास साथै  जलवायुमैत्री गाउँ अभ्यास मार्फत लक्षित वर्गको जलवायु उत्थानशील क्षमता विकास र जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले संचालीत गतिविधिहरूको प्रभावकारी कार्यन्वयनमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अधिकृतको जिम्मेवारी
  • कार्यक्षेत्र:  महासंघको मधेश प्रदेशको कार्यालय सिरहा, एवं कम्तिमा ५० प्रतिशत फिल्ड 

पद: लेखा तथा प्रशासन अधिकृत  (Finance and Admin officer)  –१ जना

  • शैक्षिक योग्यता: ब्यवस्थापन विषयमा स्नातक वा सो सरह उतीर्र्ण भई सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको
  • मुख्य जिम्मेवारी: महासंघले केएर नेपालसंगको सहकार्य एवं सिरहा र सप्तरी जिल्लाका स्थानीय सरकारहरूसँगको समन्वयमा पोषण परियोजना(Mother Child Wellbeing Partnership Program/Nurture Every Future-Poshan)सँग सम्बन्धित गतिविधिहरू मार्फत लक्षित वर्गको पोषणमा पहुंच, स्वस्थ्यमा सुधार एवं प्रणालीगत सवलीकरण साथै जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले संचालन गरेको गतिविधिहरूमा लेखा तथा प्रशासन अधिकृतको जिम्मेवारी
  • कार्यक्षेत्र:  महासंघको मधेश प्रदेशको कार्यालय सिरहा एवं कम्तिमा १० प्रतिशत फिल्ड 

बिस्तृट विवरणका लागि तलको लिङ्कमा जानुहोस्:

https://drive.google.com/file/d/1ZYaVlKqREgZMcWqYdB7fBMNOivTSKaT9/view?usp=sharing

  • महिला, दलित,  सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइनेछ । 
  • छोटो सूचीमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियामा समावेश गराईनेछ ।
  • २ पांग्रे सवारीको लाईसन्स र चलाउने सीप भएको व्यक्तिलाई प्राथमिकता दिईनेछ ।
  • यौन शोषण, दुव्र्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलताप्रति प्रतिवद्ध छ ।

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू

  • रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरूको प्रतिलिपि 
  • दरखास्त बुझाउने ठेगाना: ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
  • दरखास्त बुझाउने अन्तिम मिति: ७ माघ, २०८२ सम्म 
  • छनौट विधि: लिखित र मौखिक 

नोट: यस कर्मचारी छनौट प्रकृयाको सहजीकरण, निस्कृय एवं खारेज गर्ने अधिकार महासंघलाई रहनेछ ।

Overview

Category Agriculture, Social Science, Development Project, Law
Openings 3
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 14 Jan, 2026
Apply Before 21 Jan, 2026
City Kathmandu, Siraha District