कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।
Details / requirements:
आवश्यकता ! आवश्यकता ! आवश्यकता !
(प्रथम पटक प्रकाशित मिति: २०८१/०३/२२ गते)
Helen Keller International र iDE संस्था संगको साझेदारीमा बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेशन) द्वारा दाङ जिल्लामा सञ्चालन हुने “पोषण मार्फत जीवन रुपान्तरण” परियोजना (Transforming Lives Through Nutrition-TLTN) को लागि कर्मचारीहरुको आवश्यकता परेको हुँदा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ८ दिन (२९/०३/२०८१) भित्र इच्छुक नेपाली नागरिकले आवेदनका लागि आह्वान गरिन्छ ।
पद | आवश्यक संख्या | शैक्षिक योग्यता | अनुभव तथा क्षमता |
कार्यक्रम संयोजक | १ | जनस्वास्थ्य वा नर्सिङ विषयमा स्नातक तह उतीर्ण, वा अन्य विषयमा स्नातक तह उतीर्ण गरी स्वास्थ्य तथा पोषण क्षेत्रमा कम्तीमा ३ वर्ष काम गरेको | स्वास्थ्य तथा पोषण सम्बन्धि कम्तीमा तीन वर्षको कार्य अनुभव भएको, DHIS-2 तथा सरकारको स्वास्थ्य सेवा प्रवाहबारे जानकारी भएको, सहजीकरण, समन्वय तथा विश्लेषण गर्न सक्ने, समुह व्यवस्थापन सिप भएको तथा नेपाली र अंग्रेजी राम्रो सँग बोल्न र कम्प्युटरमा लेख्न सक्ने । |
लेखा तथा प्रशासण अधिकृत | १ | लेखा तथा व्यवस्थापनमा स्नातक तह उतीर्ण | लेखा तथा प्रशासन सम्बन्धि कम्तीमा ३ वर्षको कार्य अनुभव भएको, परियोजनाले काम गर्ने जिल्ला भित्रको तथा हेलेन केलर ईन्टरनेश्नल र आई.डी.ई. को परियोजनामा काम गरेको, लेखा सम्बन्धि FAMAS software सम्बन्धि जानकारी भएको । |
तथ्याङ्क व्यवस्थापन अधिकृत | १ | जनस्वास्थ्य विषयमा स्नातक वा स्नातकोत्तर तह उतीर्ण | अनुगमन मुल्याङ्कन र दस्तावेजिकरणको क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव भई कम्प्युटर राम्रो सँग चलाउन सक्ने र DHIS- II, Word, Excel मा उत्कृष्ट दक्षता भएको, नेपाली तथा अंग्रेजीमा प्रतिवेदन तयार गर्न सक्ने । |
कृषि तथा पोषण अधिकृत- Agriculture and Nutrition | १ | कृषि, जनस्वास्थ्य वा पोषण विषयमा स्नातक तह उतीर्ण | कृषि तथा जनस्वास्थ्यका विषयमका कम्तिमा ३ वर्षको समुदाय तहमा अनुभव भई कम्प्युटरमा दक्षता भएको Word Excel मा दक्ष नेपाली तथा अंग्रेजीमा प्रतिवेदन तयार गर्न सक्ने । |
फिल्ड कार्यक्रम सुपरिवेक्षक- Agriculture and Nutrition WASH Supervisor | ३ | जे टी वा जे टि ए (कम्तिमा २ बर्ष अनुभव) वा हेल्थ असिस्टेन्ट वा प्रविणता प्रमाणपत्र तह भएको खण्डमा कृषि र पोषणको क्षेत्रमा अनुभव भएको । | कृषि र पोषणको क्षेत्रमा कम्तिमा ३ वर्षको समुदाय तहमा कार्य अनुभव भएको । |
फिल्ड कार्यक्रम सुपरिवेक्षक - WASH Supervisor | २ | स्नातक तह वा प्रविणता प्रमाण पत्र तह (वाश क्षेत्रमा कम्तिमा ३ बर्ष काम गरेको अनुभव । | पोषण, स्वास्थ्य तथा विशेष गरी सरसफाइका क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव |
सामुदायिक परिचालक | २० | स्नातक तह वा प्रविणता प्रमाण पत्र तह (पोषण क्षेत्रमा कम्तिमा ३ बर्ष काम गरेको अनुभव वा HA/स्टाफ नर्स पृष्ठभूमि भएको अथवा ANM/AHW गरी प्रविणता प्रमाणपत्र तह उतीर्ण भएको । | पोषण, स्वास्थ्य, सरसफाइका तथा सामुदायिक परिचालनको क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव भएको |
थप जानकारी तथा पेश गर्नपर्ने कागजातहरु:
- सामुदायिक परिचालकको हकमा दाङ जिल्लाको १० पालिकामा हरेक पालिकाको लागि २ जना आवश्यकता रहेको र आवेदकले कुन पालिकाका लागि कार्य गर्ने हो निवेदनमा स्पष्ट खुलाउन पर्नेछ ।
- पेश गर्नुपर्ने आवश्यक कागजातहरु: नेपाली नागरिकताको प्रमाण पत्र, निवेदन तथा बैयक्तिक विवरणरवायोडाटा ।
- यसअघि यस संस्थामा पोषण सम्वन्धी कार्यक्रममा २ वर्षभन्दा बढी अनुभव भएका स्थानीय उम्मेदवारलाई विशेष प्राथमिकता दिईने छ ।
- माथि उल्लेखित फिल्ड सुपरिवेक्षक तथा सामुदायिक परिचालक पदका लागि स्वास्थ्य तथा कृषि सम्वन्धी अध्ययन गरी सामुदायिक परिचालन तथा सुपरिवेक्षकको अनुभव भएकोलाई प्राथमिकता दिईने छ ।
परीक्षाको किसिम: लिखित, र अन्तवार्ता (छोटो सूचीमा परेका उम्मेदवारलाई मात्र परीक्षामा सहभागी गराइनेछ) ।
नोट: दलित, जनजाती, महिला र स्थानीयलाई विशेष प्राथमिकता दिइनेछ ।
आवेदन दिने अन्तिम मिति २०८१/०३/२९ गते अपराह्न ५:०० बजे भित्र ।
आवेदनका लागि इमेल
Overview
Category | Public Health, Accounting and Finance, Development and Project, Development / NGO, Agriculture/Livelihood |
Openings | 29 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 06 Jul, 2024 |
Apply Before | 13 Jul, 2024 |
City | Bardiya |