कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।
Details / requirements:
आवश्यकता ! आवश्यकता ! आवश्यकता !
प्रथम पटक प्रकाशित मिति: २०८१।०३।२० गते
Helen Keller International र iDE संगको साझेदारीमा कालिका स्वावलम्वन सामाजिक केन्द्र, कपिलवस्तु द्धारा कपिलवस्तु जिल्लाको १० वटै स्थानिय तहहरुमा सञ्चालन हुने “पोषण मार्फत् जीवन रुपान्तरण” परियोजना (Transforming Lives Through Nutrition-TLTN) को लागि कर्मचारीहरुको आवश्यकता भएकोले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले सातौं (७) दिन कार्यालय समय भित्र (५:०० बजेभित्र) इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ ।
पद | आवश्यक सख्या | शैक्षिक योग्यता | अनुभव तथा क्षमता |
कार्यक्रम संयोजक | १ | जनस्वास्थ्य विषयमा स्नातक तह उत्तीर्ण, वा नर्सीङ, स्टाफ नर्स, एच.ए. पढेकोकुनैपनि विषयमा स्नातक तह उत्तिर्ण गरी स्वास्थ्य तथा पोषण क्षेत्रमा कम्तीमा ३ वर्ष काम गरेको | स्वास्थ्य तथा पोषण सम्बन्धि कम्तीमा तीन वर्षको कार्य अनुभव भएको, DHIS2 तथा सरकारको स्वास्थ्य सेवा प्रवाहबारे जानकारी भएको, सहजीकरण, समन्वय तथा विश्लेरण गर्न सक्ने, समुह व्यवस्थापन सिप भएको तथा नेपाली र अंग्रेजी राम्रो सँग बोल्न र कम्प्युटरमा लेख्न सक्ने । |
तथ्याङ्क व्यवस्थापन अधिकृत | १ | जनस्वास्थ्य विषयमा स्नातक तह उत्तीर्ण भएको | अनुगमन मुल्याङ्कन र दस्तावेजिकरणको क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव भएको कम्प्युटर राम्रो सँग चलाउन सक्ने र DHIS- II, Word, Excel मा उत्कृष्ट दक्षता भएको, नेपाली तथा अंग्रेजीमा प्रतिवेदन तयार गर्न सक्ने । |
कृषि तथा पोषण अधिकृत | १ | कृषि, पोषण वा जनस्वास्थ्य विषयमा स्नातक तह उत्तिर्ण भएको । | कृषि वा जन स्वास्थ्य क्षेत्रमा कम्तिमा ४ वर्षको समुदाय तहमा अनुभव भएको कम्प्युटर राम्रो सँग चलउन सक्ने र Word Excel मा दक्ष नेपाली तथा अंग्रेजीमा प्रतिवेदन तयार गर्न सक्ने । |
फिल्ड काक्रर्यम सुपरिवेक्षक –Agriculture and Nutrition | ३ | जे.टी वा जे.टि.ए वा हेल्थ असिस्टेन्ट वा प्रविणता प्रमाणपत्र तह भएको खण्डमा कृषि र पोषणको क्षेत्रमा अनुभव भएको । | कृषि र पोषणको क्षेत्रमा कम्तिमा ३ वर्षको समुदाय तहमा कार्य अनुभव भएको । |
फिल्ड कार्यक्रम सुपरिवेक्षक WASH | २ | मान्यता प्राप्त संस्थाबाट HA/स्टाफ नर्स पृष्ठभूमि भएको अथवा ANM/AHW गरी प्रविणता प्रमाणपत्र तह उतीर्ण भएको । | पोषण, स्वास्थ्य तथा विशेष गरी सरसफाइका क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव |
सामुदायिक परिचालक | ६ | मान्यता प्राप्त संस्थाबाट +२ वा HA/स्टाफ नर्स पृष्ठभूमि भएको अथवा ANM/AHW गरी प्रविणता प्रमाणपत्र तह उतीर्ण भएको । | पोषण स्वास्थ्य सरसफाइका क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव |
सामुदायिक परिचालक को हकमा स्थानीय तहहरु वुद्धभुमि, कृष्णनगर, महाराजगन्ज र कपिलवस्तु तथा शुद्धोधन लागि परिचालन गरिने छ ।
पेश गर्नुपर्ने कागजातहरु
- आवेदकले अनिवार्य निवेदन पेश गर्नुपर्नेछ, सामुदायिक परिचालकको हकमा हरेक आवेदकले कुन पालिकाका लागि कार्य गर्ने हो निवेदनमा स्पष्ट खुलाउन पर्नेछ ।
- पेश गर्नु पर्ने आवश्यक कागजातहरु: नेपाली नागरिकताको प्रमाण पत्र, निवेदन तथा वैयक्तिक विवरण (Latest CV)
प्राथमिकता:
- यसअघि पोषण सम्वन्धी कार्यक्रममा कम्तिमा १ वर्षभन्दा वढीको अनुभव भएका स्थानीय उम्मेदवारलाई विशेष प्राथमिकता दिईनेछ ।
- माथि उल्लेखित फिल्ड सुपरिवेक्षक तथा सामुदायिक परिचालक पदका लागि स्वास्थ्य वा कृषि सम्वन्धी अध्ययन गरी सामुदायिक परिचालन तथा सुपरीवेक्षकको अनुभव भएकोलाई प्राथमिकता दिईनेछ ।
- दलित, जनजाती, महिला र स्थानीयलाई विशेष प्राथमिकता दिइनेछ, र स्थानीयको हकमा स्थानीय हो भनि प्रमाणित गर्ने आधार पेश गर्नुपर्नेछ ।
- भारतीय बिद्यालय वा बिश्व बिद्यालयबाट परिक्षा उत्तिर्ण गरिएको लब्धाङ्ग पत्र (Mark Sheet/ Transcript) पेश गरेमा सो अनिवार्यरुपमा लिखित परीक्षामा आउदा नोटरी पब्लिकबाट प्रमाणित गरिएको प्रमाणपत्र ल्याउनु पर्नेछ ।
नोट:
- कर्मचारी भर्ना प्रक्रियामा कुनैपनि किसिमको अवरोध वा प्रभाव पार्ने प्रयास गरिएको खण्डमा सो ब्यक्तिलाई प्रक्रियाबाट अलग गरिने छ ।
- कार्य अवधी: १ वर्ष (थप हुनसक्ने)
परीक्षाका किसिम: लिखित, र अन्तवार्ता ( छनौट भएका उम्मे्दवारहरुलाई मात्र अगाडीको प्रक्रियामा सहभागी गराइनेछ) ।
नोट: इमेलबाट प्राप्त दरखास्तलाई मात्र मान्यता दिइनेछ ।
आवेदनका लागि इमेल
कार्यालयको फोन: ०७६५६०२८२
Overview
Category | Public Health, Development and Project, Development / NGO, Agriculture/Livelihood, Nursing |
Openings | 14 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 04 Jul, 2024 |
Apply Before | 10 Jul, 2024 |
City | Kapilvastu, Lumbini Province |