कर्मचारी आवश्यकता

Ratauli Yuwa Club (RYC)

Details / requirements:

कर्मचारी आवश्यकता

प्रकाशित मितिः २०८२/१०/०४

रतौली युवा क्लब (RYC) महोत्तरी वि.सं. २०४७ मा स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो । यस सस्थाले सामाजिक विकृति, साक्षरता, अज्ञानता, अस्वस्थता, अलोकतान्त्रिक मान्यता, अनैतिकता, भेदभावपूर्ण प्रचलन, वातावरणीय, पतन, अलोकतान्त्रिक मान्यतालाई हटाउन अधिकारमा आधारित, सहभागितामूलक र लोकतान्त्रिक प्रक्रियाबाट आर्थिक, सामाजिक, राजनीतिक र वातावरणीय विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । संस्थाले स्थापना काल देखि नै सरकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूसँगको समन्वय र सहकार्यमा समाजमा रहेका दलित, जनजाति, अतिविपन्न, महिला, मुस्लिम, बालबालिका, अपाङ्गता भएका व्यक्ति र विपन्न समुदायको क्षमता विकास र मानवअधिकार अभियानमार्फत खानेपानी, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनको अवस्था सुधार गर्ने काम गर्दै आईरहेको छ । 

रतौली यूवा क्लब तथा एक्सनएड अन्तराष्ट्रिय नेपाल (AAIN)को साझेदारीमा रामगोपालपुर नगरपालिका महोत्तरीमा संचालनमा रहेको “स्थानीय अधिकार कार्यक्रम“ अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आफ्नो व्यक्तिगत विवरण (Bio-data) सहितको निवेदनका साथ तल उल्लेखित ठेगानामा वा लिंक मार्फत पठाउन आव्हान गरिन्छ ।

क्र.स.
पद र संख्या
न्यूनतम योग्यता र सीप
मुख्य जिम्मेवारी र भूमिका

(Adv. No.- 10-082/83) 

Associate Program Officer- 1)- Female Only

सह–कार्यक्रम अधिकृत – १ जना (महिला मात्र)

  • स्नातक तह वा सो सरह उत्तीर्ण गरी २ वर्ष सो सरह पदमा सामाजिक विकास क्षेत्रमा काम गरेको । 
  • अंग्रेजी र नेपाली दुवै भाषामा प्रतिवेदन लेखन ।
  • फोटोग्राफी सम्वन्धी सीप भएको । 
  • कम्प्युटर सीप Microsoft Office प्याकेज र इमेल इन्टरनेटको ज्ञान भएको
  • डाटा व्यवस्थापन सम्वन्धी सीप भएको 
  • बाइक/स्कुटरको ड्राइभिङ लाइसेन्स
  • तय गरिएका क्रियाकलापहरुलाई कार्यान्वयन गर्न सामाजिक परिचालकहरूलाई सहयोग पुर्याउने
  • बालपत्र संकलन प्रविष्टि र सबै अद्यावधिक गर्नुका साथै नयाँ बाल  प्रोफाइल  संकलन गरी बाल प्रायोजन प्रणालीमा अद्यावधिक गर्ने बाल प्रायोजन व्यवस्थापनका लागि  लागि कार्यक्रम अधिकृतलाई सहयोग गर्ने 
  • मासिक, त्रैमासिक र वार्षिक योजना तथा प्रतिवेदन तयार गर्न सहयोग गर्ने 
  • तथ्यांक व्यवस्थापन तथा अनुगमन तथा मूल्यांकनको काम गर्ने 
  • आशातीत उपलब्धी तथा प्रभावको लेखाजोखा गरी तथ्यांक अद्यावधिक गर्ने र आवश्यक परेको बेला संस्थामा पेश गर्ने  
  • घटना अध्ययनका लागि आवश्यक सूचनाहरू संकलन गर्ने र प्रतिवेदन तयारीका लागि सहयोग गर्ने

(Adv. No.- 11-082/83)

(Social Mobilizer – 1)

सामाजिक परिचालक– १ जना

  • प्रविणता प्रमाण पत्र तह (१०+२) वा सो सरह उत्तीर्ण गरी सामाजिक परिचालनमा २ वर्षको अनुभवको भएको ।
  • रुपान्तरणीय सामाजिक परिचालन सम्वन्धी ज्ञान र अनुभव भएको । 
  • नेपाली र स्थानीय (मैथली) भाषा बोल्न सक्ने 
  • समाज परिचालन मार्फत समुदाय सशक्तिकरण गरी श्रोतमा पहुँच बृद्धि गर्ने
  • समुदायमा गठित विभिन्न समुह, संजाल र बालक्लबहरुको क्षमता विकास तथा परिचालन गर्ने 
  • समुदाय र संस्था बीचको प्रभावकारी संचार गर्ने 
  • समुदायस्तरमा तय गरिएका गतिविधिहरू संचालन गर्ने 
  • आवश्यकता अनुसार प्रशासनिक सहयोग प्रदान गर्नुहोस्
  • बालपत्र संकलन तथा अद्यावधिक गर्नका लागि सहयोग गर्ने 
  • समुदायको आवश्यकताहरू पहिचान गर्ने र सोको लागि योजना निर्माणमा सहयोग गर्ने 

दरखास्त बुझाउने प्रावधान

दरखास्त दिने अन्तिम मिति: २०८२।१०।१० गते साँझ ५։०० बजे सम्म । 

आवेदनका लागि  संस्थाको: https://forms.gle/5PCH31Xc8K2M8PNG9 (लिंक मार्फत) 

ठेगाना: रतौली युवा क्लव,जनकपुरधाम–७ जिरोमाइल ,धनुषा (भौतिक उपस्थितिमा)

नोट։ उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, यौनिक अल्पसंख्यक , अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ र फिल्डमा नै बसी काम गर्ने ईच्छुक रहेको , निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।