बोलपत्रको सूचना आह्वान

Kalika Self Reliance Social Center

Details / requirements:

बोलपत्रको सूचना आह्वान

यस कालिका स्वावलम्बन सामाजिक केन्द्रद्वारा सञ्चालित Transforming Lives Through Nutrition परियोजना अन्तर्गत Stainless Steel Water Filter खरिद गर्नको लागि तल उल्लेखित शर्तहरुको अधिनमा रहने गरी इच्छुक तथा इजाजत प्राप्त नेपाली नागरिक व्यक्ति वा फर्महरुबाट फर्म पान/भ्याट दर्ताको प्रतिलिपी, घरेलु दर्ताको प्रतिलिपी तथा नबिकरण, आ.ब. २०८१।०८२ को करचुक्ता सहित पेश गर्नको लागि बोलपत्र आव्हान गरिन्छ ।

प्राप्त बोलपत्र फाराम रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी कालिका स्वावलम्बन सामाजिक केन्द्र (KSSC-Nepal) तौलिहवा कपिलवस्तुमा मिति २०८३ असार १८ गते तदानुसार 2nd July 2026 बेलुका ५:०० बजे भित्र बुझाई सक्नु पर्नेछ । बोलपत्र पेश गर्ने अन्तिम दिन शनिवार, आईतबार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ ।

मिति २०८३ असार १९ गते तदानुसार 3rd July 2026 बिहान ११:०० बजे बोलपत्रदाताको प्रस्तावना खोलिने छ तथा सम्पुर्ण बोलपत्र पेश गर्ने बोलपत्रदातालाई यसै सूचनालाई आधार मानी बोलपत्र खोलिने मितिमा उपस्थित हुन जानकारी गराईन्छ । 

शर्तहरू:

१. आपुर्तिकर्ताले कार्यालयले उपलब्ध गराएको बोलपत्र फारममा आफुले तोकेको प्रति इकाई दर रेट प्रष्टसँग उल्लेख गर्नुपर्नेछ साथै तोकेको दर रेट अनुसारको जम्मा रकम अङ्क र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ । यदि कारणवश उल्लेख भएको जम्मा रकम नबुझिएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ ।

२. खामको बाहिर के सम्बन्धी आपुर्ति गर्न खोजिएको हो स्पष्टसँग लेख्नु पर्नेछ ।

३. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरू हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ यदि कुनै पनि प्रकारका कागजातहरू पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछ ।

४. बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि किसिमको खर्चहरु यस संस्थाले व्यहोर्ने छैन ।

५. बोलपत्रमा दुई किसिमको फिल्टरको माग भएता पनि एक किसिमको फिल्टर मात्र खरिद गरिने छ ।

६. खरिद गर्न खोजेको परिमाण कम या बढी हुन सक्नेछ ।

७. सामाग्रीको ढुवानी संस्थाको कार्यालय तौलिहवा सम्म गर्नु पर्नेछ । सो बापत अन्य सुबिधा यस कार्यालयले दिने छैन ।

८. इमेलबाट पठाइएको बोलपत्र स्वीकार गरिने छैन तसर्थ बोलपत्र फारम कार्यालय मै बुझाई दर्ता गराउनु पर्नेछ ।

९. म्याद नाघेको, रित नपुगेको बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।

१०. प्राप्त बोलपत्रहरू खोलिने मिति र समय माथि उल्लेख गरिएको छ । बोलपत्रदाता वा निजको प्रतिनिधीको अनुपस्थितमा पनि बोलपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।

११. दररेट पूर्ण वा आंशिक रुपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्द गर्ने सम्पुर्ण अधिकार यस कालिका स्वावलम्बन सामाजिक केन्द्रको खरिद तथा लिलाम बिक्री समितिमा निहित रहने छ ।

१२. माथि उल्लेखित भएका कुराहरु बाहेक अन्य कुरा प्रष्ट गर्नु परेमा निम्न ठेगानामा सम्पर्क राखी जानकारी लिन सकिने छ ।

१३. बोलपत्र फारम आवश्यक परेमा यस कार्यालयमा सम्पर्क गरी वा तल को लिङ्कहरू बाट पनि डाउनलोड गर्न सकिन्छ ।

१४. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरु यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरुको हकमा संस्थाको खरिद नियमावली बमोजिम हुनेछ ।

सम्पर्कः

खरिद तथा लिलाम बिक्री उप-समिति

कालिका स्वावलम्बन सामाजिक केन्द्र

कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउ, तौलिहवा

सम्पर्क नम्बरः ०७६-५६०२८२

गुनासो गर्नको लागिः

टोल फ्री नम्बरः १८१०५०००२८२

इमेलः cfm.kssc@gmail.com


Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 18 Jun, 2026
Apply Before 02 Jul, 2026
City Kapilvastu