कर्मचारी आवश्यकता

BASE Organization (Backward Society Education)

Details / requirements:

आवश्यकता ! आवश्यकता ! आवश्यकता !

प्रथम पटक प्रकाशित मिति: २०८२/०५/१७ गते)

बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेशन), १९९१ सालमा दाङमा जिल्ला प्रशासन कार्यालय (DAO) र समाज कल्याण परिषद् (SWC) मा दर्ता भएको गैर सरकारी संस्था (NGO) हो । बेसले शिक्षा र सामाजिक संरक्षण (बाल श्रम तथा मानव बेचबिखन), जीविकोपार्जन, कृषि, उद्यमशीलता तथा रोजगारी, स्वास्थ्य, पोषण तथा सुरक्षित पिउने पानी र सरसफाइ (WASH), शान्ति, सुशासन तथा मानव अधिकार, जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण, लैंगिक तथा सामाजिक समावेशीकरण (GESI), पैरवी तथा संस्थागत सुदृढीकरण, पूर्वाधार सहयोग तथा परम्परागत र आदिवासी संस्कृति संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आइरहेको छ । साथै संस्था अन्य सीमान्तकृत समुदायहरूसँग समेत काम गर्दै आएको छ ।

बेस संस्थाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा “बालबालिकाका लागि न्यायमा पहुँच” र “सहकार्यमा आधारित शासन” परियोजना सहित विभिन्न परियोजनाहरू कार्यान्वयन गरिरहेको छ । यी परियोजनाहरूले प्रदेशस्तरीय नीति सुदृढीकरण तथा बाल विवाह न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्य राख्दछ ।

बेस संस्था निम्न पदका लागि योग्य र अनुभवी नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गर्दछः

पदआवश्यक संख्याशैक्षिक योग्यताअनुभव तथा क्षमता
कार्यक्रम संयोजक मानविकि तथा समाज शास्त्र या सामाजिक कार्य विषयमा कम्तीमा स्नातक तह उतीर्णशुसासन, द्वन्द व्यवस्थापन क्षेत्रमा कम्तीमा ४ वर्षको कार्य अनुभव भएको तथा सरकारको निति तथा सम्बन्धित मुद्दाहरुमा सेवा प्रवाहबारे जानकारी भएको, सहजीकरण, समन्वय तथा विश्लेषण गर्न सक्ने, समुह व्यवस्थापन सिप भएको तथा नेपाली र अंग्रेजी राम्रो सँग बोल्न र कम्प्युटरमा लेख्न सक्ने ।
कार्यक्रम प्रदेशिय संयोजकमानविकि तथा समाज शास्त्र, सामाजिक कार्य या कानून विषयमा कम्तीमा स्नातक तह उतीर्णबाल संरक्षण तथा अधिकार, अभियान रुपांकन तथा व्यवस्थापन क्षेत्रमा कम्तीमा ४ वर्षको कार्य अनुभव भएको तथा सरकारको निति तथा सम्बन्धित मुद्दाहरुमा सेवा प्रवाहबारे जानकारी भएको, वकालत, पैरवी, सहजीकरण, समन्वय तथा विश्लेषण गर्न सक्ने, समुह व्यवस्थापन सिप भएको तथा नेपाली र अंग्रेजी राम्रो सँग बोल्न र कम्प्युटरमा लेख्न सक्ने ।
कार्यक्रम अधिकृतमानविकि, समाज शास्त्र, सामाजिक कार्य तथा कानून विषयमा स्नातक तह उतीर्णबाल संरक्षण, बाल अधिकार, कानूनी सहायता र परामर्श तथा अभियान संचालन क्षेत्रमा ३ वर्षको कार्य अनुभव साथै समुदाय परिचालन, तथ्यांक व्यवस्थापन, समन्वय, पैरवी सिप संगै नेपाली तथा अंग्रेजी भाषामा प्रतिवेदन लेख्न सक्ने ।

आबेदनको साथमा पेश गर्नुपर्ने कागजातहरुः

  • अपेक्षित मासिक सेवा सुविधा सहितको आबेदन ।
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
  • बैयक्तिक विवरण (वायोडाटा) ।

परीक्षाको किसिमः लिखित र अन्तवार्ता

छोटो सूचीमा परेका उम्मेदवारहरुलाई मात्र लिखित र अन्तवार्ता परीक्षामा सहभागी गराइनेछ ।

नोटः दलित, जनजाती, महिला र स्थानीयलाई विशेष प्राथमिकता दिइनेछ ।

आवेदन दिने अन्तिम मितिः २०८२/०५/२३ गते अपह्रान्ह ५:०० बजे भित्र ।

आवेदनहरु इमेल ठेगानाः base.hrrc55@gmail.com मा पनि पठाउन सकिनेछ ।

Overview

Category Development Project, Development / NGO
Openings 5
Position Type Full Time
Experience 3+ years, 4+ years
Education Please check vacancy details
Posted Date 03 Sep, 2025
Apply Before 08 Sep, 2025
City Bardiya