जीविकोपार्जन अधिकृत (Re-announcement)

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

मिति २०८० साल असोज १२ गते 

(Re-announcement)

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरूको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरूको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुँच स्थापना एवम् किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि विगत १२ वर्षदेखि कार्यरत रहदै आएको छ ।

महासंघले जैविक विविधताको संरक्षण, महिला तथा सिमान्त समुदायको जीविकोपार्जनमा टेवा, उद्यमशीलता क्षमता विकास विकास गर्ने उदेश्यले केएर नेपालसँगको सहयोग तथा फेकोफनसँगको सहकार्यमा  सिरहा जिल्लाको लाहान नगरपालिका अन्तरगत मुतानी खोला जलाधार ब्यवस्थापन कार्यक्रम सञ्चालन गर्न गईरहेको छ । महासंघको मधेश प्रदेश कार्यसमितिको कार्यालय, सिरहामा रहि तपशिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरूले तपशिलमा उल्लेखित ठेगानामा  १६ असोज २०८० सम्ममा रीतपूर्वकको निवेदन एवम् बायोडाडा  पेश गर्न अनुरोध गरिन्छ ।  निवेदन पेश गर्दा आसातीत तलव समेत उल्लेख गर्नुपर्नेछ ।

पद

संख्या

शैक्षिक योग्यता

आवश्यक अनुभव

जीविकोपार्जन अधिकृत

कृषि, उद्यम विकास वा सो सरहको स्नातक  उतीर्ण

  • जैविक विविधताको संरक्षण, समुदायको जीविकोपार्जन, उद्यमशीलताको सम्बन्धबारे सघन विश्लेषण र यसमा आधारीत गतिविधिबारे ज्ञान र अनुभव भएको ।
  • प्रकृती मैत्री जीविकोपार्जनमा आधारित गतिविधिहरू र उद्यम  विश्लेषण र सञ्चालन गर्ने अनुभव भएको ।
  • आर्थिक सशक्तिकरणमा आधारित गतिविधिहरूको विश्लेषण र सञ्चालन गर्ने अनुभव भएको ।
  • कृषि तथा गैर कृषि  साथै वनमा आधारित लघु उद्यम विकासमा सघन रुपमा काम गरेको अनुभव भएको ।
  • वित्तिय साक्षरता तथा उद्यमीलाई व्यवसायिक योजना बनाउन सहजिकरण गरी सो को आधारमा वित्तियसंस्थाहरूसँग सहुलियत ऋण उपलब्ध गराउन सहजिकरण गरेको अनुभव भएको ।
  • स्थानीय सरकार, नीजिक्षेत्र, वित्तियसंस्थाहरूसँगको सहकार्यमा सघन रुपमा जीविकोपार्जन एवम् उत्पादनरसँग सम्बन्धित गतिविधि सहजिकरण गर्ने ज्ञान र सीप भएको । 
  • मानवश्रोत परिचालन, कार्यक्रम योजना, सञ्चालन, र प्रशासन व्यवस्थापन सम्बन्धि अनुभव भएको 
  • कृषक समुह परिचालन, कृषक पाठशाला मार्फत ज्ञान र क्षमता विकास एवम् जीविकोपार्जनका कार्यक्रमहरु सञ्चालनको ज्ञान र अनुभव भएको ।
  • स्थानीय तहको प्रणाली सुदृढिकरण, क्षमता विकाससँग सम्बन्धित गतिविधिहरू, नीति सहजिकरण एवम् सहयोग सम्बन्धि ज्ञान र अनुभव भएको ।
  • सरोकारवालाहरूसँगको  समन्वय एवं सहकार्य, गुणस्तरीय प्रतिवेदन लेखन, घटना अध्ययन लेखन, प्रभाव मुल्याङ्कन सीप भएको ।
  • अधिकारमा आधारीत अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य संप्रभुतामा सघन बुझाई र अनुभव भएको । 
  • गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि सम्बन्धित जिम्मेवारीमा कम्तिमा ३ वर्ष काम गरेकोअनुभव भएको ।
  • महिला, दलित, सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ । 
  • छोटो सूचिमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रकृयामा समावेश गराईनेछ ।
  • प्रथम पटकको सूचनामा दरखास्त दिएका व्यक्तिहरूले पुन दरखास्त दिन नपर्ने व्यहोरा जानकारी गराइन्छ । 

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू

  • रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरूको प्रतिलिपि
  • दरखास्त बुझाउने ठेगानाः ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।

दरखास्त बुझाउने अन्तिम मितिः २०८० असोज १६ गते  सम्म

छनौट विधीः लिखित र मौखिक 

..........................

पदपूर्ति समिति

Overview

Category Development and Project, Agriculture/Livelihood
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Bachelor’s degree in Agriculture, B. Sc. in Agriculture
Posted Date 29 Sep, 2023
Apply Before 03 Oct, 2023
City Kathmandu