जनस्वास्थ्य अधिकृत (Public Health Officer)
Details / requirements:
कर्मचारी आवश्यकता सम्वन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३।०१।२० गते
सामुदायिक विकास समाज (CDS) विगत २५ वर्षदेखि जोखिममा परेका समुदायलाई विकासको मूलप्रवाहमा सहभागि हुन सक्षम बनाउन लक्ष्यित समुदायको सर्वाङ्गिण विकासका लागि सघाउने साथै उनीहरूको प्रतिस्पर्धी क्षमताको विकास गर्ने ध्येयले कृषि तथा सीपमा आधारित उद्यमशिलता विकास, स्वास्थ्य तथा सरसफाइ, वातावरण संरक्षण, शिक्षा, विपद् जोखिम न्यूनिकरण, महिला सशक्तीकरण, बाल संरक्षण र समुदायमा आधारित संस्थाको सवलीकरण तथा संस्थागत दीगो विकासको क्षेत्रमा काम गर्दै आइरहेको छ । यसै सन्दर्भमा यस संस्थाले रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा मे २०२८ सम्म संचालनमा हुने महिला तथा बाल सशक्तीकरणः स्वास्थ्य तथा सरसफाइ सुधार परियोजनाको लागि सेवाभावले प्रेरित, मेहनती, उत्साही एवं लक्षित समुदायको सेवाका लागि प्रतिवद्ध तपसिल बमोजिम योग्यता पुगेका र इच्छुक नेपाली नागरिकहरूवाट दरखास्त आह्वान गरिन्छ ।
तपसिल
| पद | संख्या | मुख्य काम तथा जिम्मेवारीहरू | शैक्षिक योग्यता तथा अनुभव | तलव सुविधा |
जनस्वास्थ्य अधिकृत (Public Health Officer) (निश्चित अवधीको करार) परियोजनाको मुख्य कार्यालयमा रही वारम्वार फिल्ड जानु पर्ने । | १ |
|
| संस्थाको नियम वमोजिम |
आवेदन दिने प्रक्रिया
- इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो आवेदनको साथमा नागरिकता साथै शैक्षिक योग्यताको प्रमाण पत्रको छाँयाप्रति, अनुभव खुल्ने कागजातहरू र व्यक्तिगत विवरण (Bio–Data) सहित २८ बैशाख २०८३ (११ मे २०२६) वेलुका ५:०० बजेसम्म मन्थली न.पा–१, रेडक्रस मार्गमा रहेको संस्थाको कार्यालयमा वा इमेल मार्फत cdsvacancy@gmail.com मा पेश गर्न सकिनेछ ।
- प्रारम्भिक छनौट सूचीमा परेका आवेदकलाई मात्र लिखित तथा मौखिक अन्तरवार्ताका लागि वोलाइनेछ । साथै लिखित र मौखिक अन्तरवार्ताको मिति, समय र स्थान बारे फोन वा ईमेल मार्फत जनकारी गराइनेछ ।
- रीतपूर्वक नआएको वा तोकिएको समय भित्र प्राप्त हुन नआएको आवेदन स्विकृत गरिने छैन । साथै आवेदन स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार स्वयं संस्थालाई हुनेछ ।
सामुदायिक विकास समाज विविधता, समावेशिता र समानतामा विश्वास गर्ने भएकोले महिला, दलित, मधेशी तथा सीमान्तकृत आदिवासी जनजातिहरूलाई आवेदनका लागि उत्प्रेरित गरिन्छ ।
सामुदायिक विकास समाज
कर्मचारी छनौट समिति
मन्थली नगरपालिका–१, रेडक्रस मार्ग, मन्थली
फोन नं.: ०४८–५४००५४
Overview
| Category | Public Health, Development Project, Nursing |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | 2 Years |
| Education | M.P.H. (Masters in Public Health), B.P.H. (Bachelors in Public Health), B.Sc. / B.N. (Bachelors in Nursing) |
| Posted Date | 04 May, 2026 |
| Apply Before | 11 May, 2026 |
| City | Manthali, Ramechhap |