बोलपत्र आह्वानको सूचना
Details / requirements:
बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३।०७।१७
पीएसएफ लक्जेम्वर्गको आर्थिक सहयोगमा सामुदायिक विकास समाज, मन्थली रामेछापद्वारा रामेछाप जिल्लाको खाँडादेवी गाँउपालिकामा संचालित महिला तथा बाल सशक्तीकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाद्धारा संचालन गरिने खानेपानी आयोजनाहरूका लागि मालसामन (सामाग्री) खरिद गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक फर्म, कम्पनी वा सप्लायर्सलाई यो बोलपत्र आह्वान गरिएको छ ।
१. बोलपत्र सम्वन्धि कागजात (फाराम) सामुदायिक विकास समाजको रामेछाप जिल्ला, मन्थली नगरपालिका वडा नं. १ रेडक्रस बजारस्थित केन्द्रीय कार्यालयवाट प्राप्त गर्न वा संस्थाको वेवसाइट (www.cdsramechhap.org.np) वा (Tender Form) बाट डाउनलोड गर्न सकिनेछ ।
२. बोलपत्र पेश गर्ने फर्म, कम्पनी वा सप्लायर्सले सामुदायिक विकास समाजद्वारा उपलब्ध गराएको बोलपत्र सम्वन्धि कागजात (फाराम) बमोजिम मात्र दरभाउ पेश गर्नु पर्नेछ । अन्य कागजमा भरिएको दरभाउलाई मन्यता दिइने छैन ।
३. बोलपत्र सामुदायिक विकास समाज, मन्थली रामेछापको केन्द्रीय कार्यालयमा बोलपत्रदाता स्वयम् वा अधिकारिक प्रतिनिधि मार्फत पेश गर्न वा हुलाक वा कुरियर मार्फत निम्न मिति र समय भित्र बुझाउनु पर्नेछ ।
- बोलपत्र बुझाउने अन्तिम मिति: २०८३।०८।०२ (१८ नोभेम्वर, २०२६)
- बोलपत्र बुझाउने अन्तिम समय: दिउसो १:०० बजेसम्म
४. बोलपत्र पेश गर्दा बोलपत्र सम्बन्धि कागजात (फाराम) को साथमा निम्न कागजातहरू समेत सम्लग्न गराउनु पर्नेछ ।
- फर्म वा कम्पनी दर्ता र नविकरणको प्रमाणपत्रको प्रतिलिपी,
- मुल्य अभिवृद्धि कर (भ्याट) दर्ता प्रमाणपत्रको प्रतिलिपी,
- आ.व. २०८२/०८३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी वा म्याद थप सहितको प्रतिलिपी,
- माग गरिए अनुसारको वैंक जमानत सम्वन्धी कागजात ।
- मन्जुरीनामा वा अख्तियारी पत्र (प्रतिनिधिको हकमा) ।
५. बोलपत्र सम्बन्धी कागजातहरू खामवन्दी गरी खामको वाहिरापट्टी खानेपानी आयोजना सम्बन्धी आवश्यक सामाग्रीहरूको आपूर्ति सम्बन्धी बोलपत्र (TD–००१/२०८३/०८४) उल्लेख गरी बोलपत्र माग गर्ने संस्थाको नाम र ठेगाना (सामुदायिक विकास समाज, मन्थली, रामेछाप) र बोलपत्रदाताको नाम र ठेगाना उल्लेख गर्नु पर्नेछ । साथै लहाछाप गरि शिलबन्दी गर्नु पर्नेछ ।
६. बोलपत्र २०८३।०८।०२ (१८ नोभेम्वर, २०२६) दिउसो २:०० बजे संस्थाको केन्द्रीय कार्यालय मन्थली रामेछापमा बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिने छ । तर बोलपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
७. ढिला प्राप्त भएको वा रित नपुगी आएको बोलपत्र उपर कुनै कारबाही हुने छैन ।
८. प्राप्त बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने, रद्द वा स्थगन गर्ने सम्पूर्ण अधिकार यस सामुदायिक विकास समाजमा सुरक्षित रहनेछ । बोलपत्र सम्बन्धी अन्य शर्तहरू बोलपत्र सम्बन्धि कागजात (फाराम) मा उल्लेख गरिएको छ ।
९. यो सूचनामा केही संशोधन गर्नु परेमा सोको सूचना यस सूचना प्रकाशित माध्यमबाट नै गरिनेछ ।
थप जानकारीको लागि
सामुदायिक विकास समाज
फोन: ०४८–५४००५४
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 03 Nov, 2026 |
| Apply Before | 18 Nov, 2026 |
| City | Ramechhap |