सामुदायिक परिचालक (Community Mobilizer)

ENRUDEC

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!!

पुनः  प्रकाशित मितिः २०८३।०१।२०

वातावरण तथा ग्रामीण विकास केन्द्र, बाँके द्वारा आगामी दिनमा बाँके जिल्ला अन्तर्गतका समस्त पालिकाहरूमा सञ्चालन गर्न प्रस्ताव गरिएको "मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH)कार्यक्रम" का लागि तपसिल बमोजिमका कर्मचारीहरू आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना दोस्रो पटक प्रकाशित भएको मितिले ३ दिनभित्र दरखास्त आह्वान गरिन्छ।

पदन्यूनतम शैक्षिक योग्यता तथा कार्यानुभवमुख्य जिम्मेवारीहरू
सामुदायिक परिचालक (Community Mobilizer) (८ जना)कम्तीमा ANM, AHW वा PCL उत्तीर्ण भई मातृ, नवजात शिशु, बाल स्वास्थ्य कार्यक्रम सम्बन्धी कम्तीमा २  वर्षको अनुभव प्राप्त गरेको।
  • अग्रपङ्क्तिका कर्मचारीका रूपमा आधारभूत स्तरका मातृ, नवजात शिशु, बाल स्वास्थ्यका गतिविधिहरू सञ्चालन गर्न समुदायसँग प्रत्यक्ष रूपमा संलग्न हुने।
  • परियोजनाका क्रियाकलापहरूको गुणस्तरीय कार्यान्वयनका लागि कार्ययोजना तर्जुमा गर्ने।
  • महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्राविधिक सहयोग प्रदान गर्ने र उनीहरूको क्षमता अभिवृद्धि गर्ने।
  • समूह परिचालनको व्यवस्थापन गर्ने र समयमै प्रतिवेदन बुझाउने, सफलताका कथाहरूको अभिलेखीकरण गर्ने र स्थानीय तथ्याङ्क व्यवस्थापन गर्ने कार्य सुनिश्चित गर्ने।

पेश गर्नुपर्ने कागजातहरूः निवेदन, अद्यावधिक गरिएको वैयक्तिक विवरण (बायोडाटा), र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, साथै उपलब्ध भएमा दुइ पाङ्ग्रे सवारी साधन चालक अनुमती पत्रको प्रतिलिपि संलग्न गरी निवेदनमा कुन पदका लागि दरखास्त दिइएको हो सो कुरा स्पष्ट रूपमा खुलाउनु पर्नेछ । र अघिल्लो सूचना अनुसार आबेदन दर्ता गरिसकेका उम्मेदवारहरूले पुनः आवेदन दिनु पर्ने छैन । यस विज्ञापनलागि बाँके जिल्लाका सम्बन्धित स्थानीय तहमा स्थाई बसोबास गर्ने उम्मेदवारले मात्र आवेदन दिन सक्नेछ ।

दरखास्त दिने अन्तिम मितिः २०८३।०१।२२ गते ५ बजे भित्र ।

दरखास्त पठाउने इमेल ठेगाना: hr.enrudec@gmail.com मा सम्पर्क गर्नुहोस्।

परीक्षाको किसिमः लिखित तथा अन्तर्वार्ता।

नोट:

  • म्याद नाघी आएका दरखास्त मूल्याङ्कनमा समावेश गरिने छैन।
  • प्रस्तुत परियोजना दाताको स्वीकृति र आर्थिक सहायताको उपलब्धतामा निर्भर रहनेछ।