दरभाउ पत्र आह्वान सम्बन्धी सूचना

KIRDARC Nepal

Details / requirements:

दरभाउ पत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०१/२०

कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल बि.स २०५६ साल असार ७ गते (दर्ता नं. ०७–०५५/०५६) जिल्ला प्रशशसन कार्यालय जुम्लामा दर्ता भई वि.सं. २०५८ साउन २५ गते समाज कल्याण परिषदमा आबद्धता भएको एक गैर सरकारी संस्था हो । यस संस्थाले कर्णाली प्रदेशका जुम्ला लगायत देशका विभिन्न जिल्लामा मानव अधिकार, जिविकोपार्जन, शिक्षा, स्वास्थ्य, खानेपानी, दैवि–प्रकोप नियन्त्रण, महिला बालबालिका तथा विपन्न समुदायको आर्थिक विकास तथा सामाजिक रूपान्तरणको क्षेत्रमा विभिन्न दातृ संस्था सँगको साझेदारीमा काम गर्दै आई रहेको छ ।

वर्ल्ड भिजन इन्टरनेस्नल नेपाल र किर्डाक नेपालको साझोदारिमा संचालीत परियोजना र जुम्ला जील्लामा संचालन भईरहेको अन्य परियोजनाहरू संचालन भइरहेका छन । परियोजना अन्तर्गत जिल्ला, पालिका र समुदाय स्थरमा परियोजना कार्यनयनको लागी आवश्यक पर्ने खाना नास्ता र आवासको लागी होटल, समुदायमा अनुगमन गर्नकोलागी यातायात को साधन, कार्यक्रम संचालको लागी स्टेसनरि का सामान र अन्य प्रीन्टिङ्ग सम्बन्धिका आपुर्तिकता छनोट गरि एक बर्षको लागी सम्झौता गरि कारोबार गरिने भयको हुदा २० बैशाख २०८३ मा जुम्ला जिल्ला अन्तरगतका क्षेत्रमा कार्य गरिरहेका आपुर्तिकर्ताहरूसंग १४ दिनको समयावधी राखी कोटेशन माग गरियो । दरभाउ पत्र उल्लेखीत कार्यलयमा उपलब्ध गराउनुपर्ने छ । खरिदका लागी गरि आगामी दिनमा अरू सामाग्री आवश्यक परेको खण्डमा अरू साझेदार संस्थाहरूलाई समेत सामाग्री उपलब्ध गराउने पर्ने छ ।

आवश्यक सामाग्री तथा सेवाहरूको विवरण

१. स्टेस्नरि सामाग्री

२. होटल सेवा

३. यातायात सेवा

४. प्रीन्टिङ्क सेवा

दरखास्त फारम साथ पेश गर्नुपर्ने कागजातहरू 

१. किर्डाक नेपाल द्धारा प्रदान गरिएको (तोकिएको ढाँचा अनुसारको दर्ता फारम , Suppliers code of conduct, कुनैपनी निकायमा कालो सुचिमा नरहेको स्व घोषणा पत्र)

. फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी (नविकरणसहित)

. स्थायी लेखा नम्बर/मूल्य अभिबृद्धि करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपी  

. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी  आ.ब (२०८१/०८२) को

. कार्य गरेका अनुभब पत्र

शर्तहरू

१. दरभाउ पत्र पेश गर्दा ढुवानिको हकमा सम्बन्धित स्थानबाट जुम्ला खलङ्गा बजार सम्मको ढुवानिलाई समेत समेटि पेश गर्नु पर्ने छ । 

२. दरभाउपत्र केरमेट गर्न पाइने छैन । 

३. आपुर्तिकता आचार संहितामा हस्ताक्षर र छाप भयको हुनुपर्ने छ । 

४. दरभमउ पत्र पेश गर्ने फर्म अनिबार्य भ्याटमा दर्ता भयको हुनुपर्ने छ ।

कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल 

जिल्ला कार्यालय, जुम्ला

फोन नं. ०८७ –५२०२०१

मो नं. ९८६४७३४०४९, ९८६८३१०५४१

LINKS:

Quotation Form_Stationery Service

Quotation Form_Vehicles Scarpio Service

Quotation Form_Printing Service

Quotation Form_District level Hotel Service

Quotation Form_vehicles Bolero Service

Quotation Form_Field Level Hotel Service

Supplier Code of Conduct in Nepali

KIRDARC-Self Declaration Latter_Sample Format

Supplier Registration Form