स्रोत पानी संकलन ट्यांकी निर्माण गर्न कन्सल्टेन्सीका लागि दरभाउ पत्र आह्वान
Details / requirements:
पीसविन नेपाल
स्रोत पानी संकलन ट्यांकी निर्माण गर्न कन्सल्टेन्सीका लागि
दरभाउ पत्र आह्वान
दोस्रो पटक प्रकाशित मितिः २०८३/०१/२० (०३ मे, २०२६)
पीसविन नेपाल महिला नेतृत्व केन्द्रित, गैर-सरकारी, गैर-नाफामूलक सामाजिक संस्था हो। यस संस्थाको स्थापना स्थानीय स्तरमा वि.सं. २०४७ साल (२६ सेप्टेम्बर १९९०) मा भएको हो र सक्षम व्यक्ति, सुखी परिवार तथा समृद्ध समाज” भन्ने दूरदृष्टिका साथ वि.सं. २०४९ साल पौष ५ गते (२० डिसेम्बर १९९२) जिल्ला प्रशासन कार्यालय, बाजुरामा दर्ता गरिएको हो । यस संस्थाले विशेषगरी विपन्न तथा सीमान्तकृत समुदाय, खासगरी महिला र बालबालिकासँग काम गर्दै उनीहरूको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारको प्रवर्द्धन र अभ्यासमा योगदान पुर्याउँदै आएको छ। पीसविन नेपालले छाउपडी, बालविवाह, कुपोषण, लैङ्गिक हिंसा, जातीय विभेद तथा अन्य विभिन्न प्रकारका सामाजिक विभेदजस्ता समस्याहरूलाई एकीकृत प्रयास तथा मूलप्रवाहीकरणको माध्यमबाट सम्बोधन गर्दै आएको छ । वेल्टहुङ्गरहिल्फे (WHH) को सहकार्यमा पीसविन नेपाल/WAC तथा सामाविकास नेपालले डिसेम्बर २०२४ देखि पोषण सुरक्षाको अभिवृद्धिका लागि जलवायु अनुकूल कृषि प्रणालीमा महिला सहभागिता (WE-CAN) परियोजना कार्यान्वयन गर्दै आएका छन्। यस परियोजनाले सुदूरपश्चिम प्रदेश अन्तर्गत अछाम जिल्लाको साँफेबगर र चौरपाटी नगरपालिकामा जलवायु अनुकूल स्थानीय खाद्य प्रणाली प्रवर्द्धन तथा महिलाको सशक्तीकरणमा केन्द्रित भएर काम गरिरहेको छ।
पीसविन नेपालले “स्रोत पानी संकलन ट्यांकी निर्माण” कार्यका लागि प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्न योग्य तथा अनुभवी व्यक्तिगत परामर्शदाता वा कम्पनीहरूलाई आमन्त्रण गर्दछ । लक्षित समुदायहरूमा भरपर्दो सिँचाइ सुविधाको सीमित पहुँच तथा मौसमी वर्षामा अत्यधिक निर्भरताका कारण कृषि उत्पादन प्रभावित हुँदै आएको छ। जलवायु परिवर्तन तथा मौसमीय अस्थिरताले पानीको अभावलाई अझ गम्भीर बनाएको छ, जसका कारण बाली उत्पादन र आम्दानीमा कमी आएको छ। प्रभावकारी पानी संकलन तथा व्यवस्थापन प्रणालीको अभावलाई मध्यनजर गर्दै वर्षभरि सिँचाइ सुविधा सुनिश्चित गर्न वर्षा पानी संकलन ट्यांकीहरूको डिजाइन तथा निर्माण आवश्यक भएको छ। कार्यक्षेत्र तथा अपेक्षित उपलब्धिहरू सम्बन्धी विस्तृत जानकारीका लागि कृपया लिंकमा समाबेश गरिएको (ToR) लाइ हेर्न अनुरोध छ ।
प्रस्ताव पेश गर्ने अन्तिम मिति:
प्रस्ताव सम्बन्धी सम्पूर्ण कागजातहरू २०८३ साल वैशाख २४ गते (7 मे २०२६) कार्यालय समयभित्र पेश गरिसक्नुपर्नेछ। यदि प्रस्ताव पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा, प्रस्तावहरू त्यसपछिको पहिलो कार्यदिवसमा स्वीकार गरिनेछ।
प्रस्ताव पेश गर्ने माध्यम:
इच्छुक कन्सल्टेन्सी,फर्म तथा कम्पनीहरूले आफ्नो दरभाउपत्र सम्बन्धी कागजातहरू व्यक्तिगत रूपमा पीसविन नेपाल कार्यालय, मार्तडी, बाजुरा वा जिल्ला परियोजना सहयोग कार्यालय, साँफेबगर, अछाममा बुझाउन सक्नेछन्। साथै, पूर्व जानकारी/अनुरोधका आधारमा कुरियरमार्फत पनि पेश गर्न सकिनेछ ।
संस्थाले कुनै कारण नखुलाई कुनै वा सम्पूर्ण दरभाउपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित राखेको छ र यसबाट संस्थामा कुनै दायित्व सिर्जना हुने छैन ।
आवश्यक कागजातहरू ।
- अद्यावधिक व्यक्तिगत विवरण (Resume/CV)
- शैक्षिक योग्यताको प्रमाणपत्रहरू ।
- नागरिकताको प्रतिलिपि (व्यक्तिगत कन्सल्टेन्सीको हकमा)।
- सम्बन्धित सहयोगी कागजातहरू – अतिरिक्त तालिम/अनुभव प्रमाणपत्र, प्रकाशन, वा समान प्रकारका परामर्श सेवासम्बन्धी कार्य अनुभवका प्रमाणहरू आवेदनलाई थप सशक्त बनाउन पेश गर्न सकिनेछ ।
- प्राविधिक प्रस्ताव – कार्यविधि, प्रस्तावित रणनीति विकास प्रक्रिया, कार्यसमय तालिका तथा विषयवस्तुको रूपरेखा समावेश गरिएको हुनुपर्नेछ।
- आर्थिक प्रस्ताव – प्रस्तावित परामर्श सेवा शुल्क सहितको विस्तृत बजेट (उल्लेखित दर एक वर्षसम्म मान्य रहनेछ) ।
- थप कागजातहरू – मूल्यांकन प्रक्रियाको क्रममा पीसविन नेपालले आवश्यक ठानेमा थप कागजात वा स्पष्टीकरण माग गर्न सक्नेछ ।
Link: TOR on RWHT at Achham
नोट: शिलबन्दी नगरी वा पासवर्ड नराखी पेश गरिएका दरभाउपत्रहरू समावेश गरिने छैनन् साथै संस्थाको वित्तीय प्रस्तावना पेश गर्नु पर्नेछ । उचित रूपमा शिलबन्दी नगरिएका वा पासवर्ड सुरक्षा बिना पेश गरिएका कुनै पनि दरभाउपत्रहरू मान्य हुने छैनन् र छनोट प्रक्रियाबाट स्वतः बहिष्कृत गरिनेछन् । दरभाउपत्रहरू या त शिलबन्दी स्वरूपमा वा पासवर्ड सुरक्षित PDF फाइलमार्फत तल उल्लेख गरिएको इमेलद्वारा पेश गर्नुपर्नेछ ।
थप जानकारीका लागि
- ईमेल : peacewin.calls@gmail.com
- कार्यालय ठेगाना: पीसविन नेपाल केन्द्रीय कार्यालय, मार्तडी, बाजुरा, फोन नं.: ०९७-५४१११३
- पीसविन नेपाल जिल्ला कार्यक्रम सहयोग कार्यालय, साँफेबगर, अछाम, फोन नं.: ०९७-५९०४८०
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 03 May, 2026 |
| Apply Before | 07 May, 2026 |
| City | Bajura |