इच्छुक फर्म/परामर्शदाताहरुवाट प्रस्तावनाको लागी आह्वान
Details / requirements:
इच्छुक फर्म/परामर्शदाताहरुवाट प्रस्तावनाको लागी आह्वान
पहिलो पटक प्रकाशन मिति २०७९।१०।१६
पेश गर्नु पर्ने अन्तीम मिति २०७९।१०।२१
१. पृष्ठभुमि
प्रगतिशील युवा समाज समतामूलक, आत्मनिर्भर तथा सभ्य समाजको सिर्जना गर्ने परिकल्पनाका साथ बि.स. २०६० सालमा स्थापित मुनाफा रहित बिशुद्ध सामाजिक संस्था हो । दलित, महिला, बालबालिका, अपांगता भएका ब्यक्ति, पिछडिएका तथा सीमान्तकृत समुहका ब्यक्ति/समुदायहरुलाई लक्षित बर्गको रुपमा अंगीकार गरी यसले बिभिन्न परियोजनाहरु मार्फत कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
प्रगतिशील यूवा समाजको आयोजना र यू.एम.एन बझाङ्ग कलष्टरको आर्थिक सहयोग साथै थलारा गाउपालिकाको समन्वयमा विगत केही महिना देखी विपद जोखिम ब्यवस्थापन परियोजना संचालनमा आईरहेको छ । उक्त परियोजना अर्न्तगत थलारा गाउपालिकामा रहेका डकर्मीहरुलाई ७ दिने भुकम्प पतिरोधात्मक भवन निर्माणका लागी क्षमता विकास तालिम संचालन गर्नुपर्ने भएकाले तपशिल बमोजिम योग्यता पुगेका इच्छुक फर्म तथा परामर्शदाताहरुका लागी यो प्रस्तावना आह्वान गरीन्छ ।
२. तालिमको उदेश्य
- ग्रामीण क्षेत्रको भवन निर्माण आचारसंंहिता र भुकम्प प्रतिरोधात्मक भवन निर्माण प्रविधिको बारेमा अभिमुखिकरण गराउने ।
- स्थानीय स्तरमै उपलब्ध स्रोत र साधनको प्रयोगद्धारा निर्माण गरिने परम्परागत शैलीका संरचनाहरुमा भुकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोगबारे सीप उपलब्ध गराउने ।
- ग्रामीण क्षेत्रको निर्माणमा रेट्रोफिटिङको बारेमा जानकारी गराउने ।
३. प्रमुख जिम्मेवारी र कार्यहरुको विवरण
- सम्बन्धित फर्म तथा परामर्शदाताहरुले लक्षित गाउपालिकामा काम गर्ने (अर्ध) दक्ष मिस्त्रीहरुको लागी DUDBC / NSET द्धारा निर्मित पाठ्यक्रम अनुसार तालिम संचालन गर्न सक्षम हुनुपर्दछ ।
- तालिमका लागी आवश्यक सामाग्रीहरु प्रगतीशिल युवा समाजबाट व्यवस्थापन हुनेछ ।
- सम्बन्धित व्यक्ति वा फर्मले तालिमका लागी आवश्यक सामाग्रीको विवरण उपलब्ध गराउनुपर्दछ साथै तालिम पुर्व, तालिम पश्चात् मुल्याङ्कन र तालिम सम्पन्न प्रतिवेदन पेश गर्नुपर्नेछ ।
४. प्रशिक्षकको योग्गता तथा अनुभव
इच्छुक फर्म तथा परामर्शदाताहरु कम्तीमा सिभिल इन्जिनियरिङमा स्नातक तहको शैक्षिक योग्यता हुनुपर्ने छ साथै भुकम्प प्रतिरोधी संरचना निर्माणमा TOT प्राप्त गरेको र उक्त्त तालिमको सहजीकरणमा कम्तीमा २ वर्षको अनुभव भएको हुनुपर्ने छ ।
५. रकम भुक्तानी प्रक्रिया
तालिम समापन प्रश्चात एकमुष्ट खातामा भुक्तानी गरीने छ ।
६. पेश गर्नु पर्ने आवश्यक कागजात
इच्छुक फर्म तथा परामर्शदाताले तपशिलको आधारमा रही तालिम संचालनका लागी प्रस्तावना पेश गर्नु पर्ने छ
- बायोडाटा
- विस्तृत कार्यतालिका
- व्यक्ति वा फर्मको अनुभव र विशेषज्ञताका साथै विस्तृत प्राविधिक प्रस्ताव
- तालिमको सम्पूर्ण खर्च समेटिएको विस्तृत वित्तीय प्रस्ताव
- कानुनी कागजातहरूको प्रतिलिपि जस्तै: PAN/VAT, पछिल्लो कर क्लियरेन्स प्रमाणपत्र र दर्ता कागजातहरू आदि
इच्छुक व्यक्ति र फर्महरुले प्रगतिशील युवा समाज चैनपुर बझाङमा २०७९।१०।२१ भित्र प्रगतिशील युवा समाजको कार्यालय तथा तल उल्लेखित इमेलमा माथि उल्लेखित कागजातहरु सहित कार्यालय समयमा प्रस्ताव पेश गर्न अनुरोध छ ।
थप जानकारीको लागी फो.न ०९२४२१३५७ मा सम्पर्क गर्न सकिने छ ।
Email: pysbajhang9@gmail.com
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 30 Jan, 2023 |
Apply Before | 04 Feb, 2023 |
City | Bajhang |