Finance Coordinator

Ratauli Yuwa Club (RYC)

Details / requirements:

रतौली युवा क्लब 

कर्मचारी आवश्यकता 

प्रथम पटक प्रकाशित मिति: २०८२/१२/१५

रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालनमा रहेको Partnership for Quality Inclusive Early Childhood Development & Basic Education कार्यक्रम अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५५ वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले  दिनभित्र आफ्नो व्यक्तिगत विवरण (Biodata) सहितको निवेदनका साथ तल उल्लेखित ठेगाना वा लिंक मार्फत आवेदन फर्म भर्न आव्हान गरिन्छ ।

१.) पद: (विज्ञापन नं: १६-०८२/०८३) Finance Coordinator - १ जना

नोट: उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनुपर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत: अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

पदको विस्तृत कार्य-विवरण (JD): 

(i) RYC_Finance Coordinator

दरखास्त दिने अन्तिम मिति: २०८२।१२।२४ गते राती १२:०० बजेसम्म ।

आवेदनका लागि: https://forms.gle/apJW59L6XJPi6YCD9

वा

रतौली युवा क्लव, टाउन प्लानिङ,

जलेश्वर-२, महोत्तरी (भौतिक उपस्थितिमा)

Overview

Category Accounting and Finance, Development Project
Openings 1
Position Type Full Time, Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 29 Mar, 2026
Apply Before 07 Apr, 2026
City Mahottari