Finance and Admin Officer
Detailed Job description / requirements:
रतौली युवा क्लब, महोत्तरी
कर्मचारी आवश्यकता सम्बन्धि सुचना
दोस्रो पटक सुचना प्रकाशित मिति: २०८०/०२/१०
आवेदन दिने अन्तिम मिति: २०८०/०२/१४ गते बेलुका ५ बजे सम्म
रतौली युवा क्लब (RYC) महोत्तरी वि.सं. २०४७ मा स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो। यस सस्थाले सामाजिक विकृति, साक्षरता, अज्ञानता, अस्वस्थता, अलोकतान्त्रिक मान्यता, अनैतिकता, भेदभावपूर्ण प्रचलन, वातावरणीय, पतन, अलोकतान्त्रिक मान्यतालाई हटाउन अधिकारमा आधारित, सहभागितामूलक र लोकतान्त्रिक प्रक्रियाबाट आर्थिक, सामाजिक, राजनीतिक र वातावरणीय विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। संस्थाले स्थापना काल देखि नै सरकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा समाजमा रहेका दलित, अतिविपन्न, महिला, मुस्लिम, बालबालिका र विपन्न समुदायको क्षमता विकास र मानव अधिकार अभियान मार्फत खानेपानी, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनको अवस्था सुधार गर्ने काम गर्दै आईरहेको छ ।
USAID Adolescent Reproductive Health परियोजना CARE NEPAL को नेतृत्वमा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego, and Nepal CRS Company संगको सयुक्त साझेदारीमा रतौली युवा क्लब महोत्तरी द्वारा १० देखि १९ बर्षका किशोर किशारीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गर्न सक्षम बनाउन सशक्तीकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उदेश्य भनेको किशोर किशारीहरुलाई प्रजनन् स्वास्थ्यको बारेमा सहि र उमेर तथा लिंग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यको बारेमा उपयुक्त निर्णय लिने सिपको लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वाथ्यको बारेमा स्वस्थ्य निर्णय लिनको लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरुलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरुको पुर्ण क्षमताको बिकास गर्नु रहेको छ ।
यसै अनुरुप रतौली युवा क्लब महोत्तरीले केयर नेपाल संगको साझेदारीमा महोत्तरी जिल्लाका आठ वटा पालिकाहरु औरही, भंगाहा, गौशाला, लोहारपट्टी, बलवा, रामगोपालपुर नगरपालिका र सोनमा तथा सम्सी गाउँपालिकामा USAID किशोर किशोरी प्रजनन् स्वास्थ्य (ARH) परियोजना लागू गर्न लागेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीहरुको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक तोकिएको मापदण्ड र १८ बर्ष पुगेका नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।
आवश्यक कर्मचारी
पद: Finance and Admin Officer
आवश्यक संख्या: १ जना
योग्यता, अनुभव र सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (व्यवस्थापन, वित्त, व्यवसाय प्रशासन तथा व्यवसाय अध्ययन वा अर्थ शास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरी गैर सरकारी तथा विकास साझेदार संस्थाको आर्थिक प्रतिवेदन, वजेट तर्जुमा तथा प्रक्षेपण, भण्डारण तथा जिन्सी सामग्री व्यवस्थापन, आर्थिक अनुगमन, लेखा परिक्षण एवम लेखा प्रणालीमा ३ वर्ष कार्य अनुभव भएको ।
विस्तृत कार्य विवरण दिईएको लिंकवाट डाउनलोड गर्नुहोस्:
https://drive.google.com/uc?export=download&id=1vqcyLijzrjD-2fg7G3bZnBN2Us83dV3A
माथि उल्लेखित कागजात सहित संस्थाको कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा हुलाक वा ईमेल vacancyryc@gmail.com मार्फत दरखास्त दिन सकिनेछ समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता, एकल महिला भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत:अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व-घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । स्थानिय आवेदकहरु लाई प्राथमिकता दिईनेछ।
दरखास्त दिने अन्तिम मिति: इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको bio data सहित ५ दिन भित्र (आवेदन दिने अन्तिम मिति: २०८०/०२/१४ गते बेलुका 5 बजे सम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको 5:०० बजेसम्म आवेदन दिन सकिनेछ । यदि कुनै कुरा बुझ्न परेमा माथि उल्लेखित इमेल वा तल उल्लेखित फोन नं. मा सम्पर्क गर्न सक्नु हुनेछ।
आवेदनका लागि:
रतौली युवा क्लव,
प्रधान कार्यालय, टाउन प्लानिङ, जलेश्वर-२, महोतरी
सम्पर्क नं. ०४४-५२०८४३
Job Overview
Category | Development and Project, Finance & Administration |
Openings | 1 |
Position Type | Full Time |
Experience | 3+ years |
Education | B. Com./BBS, BBA / BBM |
Posted Date | 24 May, 2023 |
Apply Before | 28 May, 2023 |
City | Mahottari |