सूची दर्ताका लागि सूचना आह्वान
Community Development and Environment Conservation Forum (CDECF) was established in 1998 AD with the aim of building equitable, just and empowered society through social transformation and mobilizing local resources and capacities.
Details / requirements:
सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपाल सिन्धुपाल्चोक
सूची दर्ताका लागि सूचना आह्वान
सूचनाको मितिः २०८३ असार ४ (१८ जुन २०२६)
सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपाल सिन्धुपाल्चोक वि.सं २०५५ आश्विन २८ गते जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा दर्ता भई (दर्ता नं.३४२) विधिवत रुपमा सञ्चालित बिपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि तथा जिविकोपार्जन, खानेपानी तथा सरसफाई, महिला, जेष्ठ नागरीक, बालवालीका, अपाङगता जलवायु परिर्वतन अनुकुलन, वातावरण संरक्षण लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र दिगो प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा कार्य गर्ने एक गैर–सरकारी संस्था हो । जसले नेपाल भरी हाल सिन्धुपाल्चोक जिल्लालाई कार्यक्षेत्र बनाई सक्रिय रूपमा कार्य गर्दै आइरहेको छ ।
यस संस्थाका लागि आ.व. २०८३/८४ का लागि आवश्यक पर्ने तपशिल बमोजिमको वस्तु तथा सेवाहरू प्रदान गर्न इच्छुक व्यक्ति, संस्था/फर्म/कम्पनीहरू आपुर्तिकर्ता सूचीमा सुचिकृत हुन आह्वान गरिन्छ । इच्छुक व्यक्ति, संस्था/फर्मबाट तपशिल बमोजिमको आवश्यक कागजात सहित तोकिएको ढाँचामा फारम भरी संस्थाको उल्लेखित ठेगानामा बुझाइ सुचीकृत हुन आह्वान गरिन्छ ।
तपशिल:
| क्र. स. | आवश्यक वस्तु तथा सेवाहरू |
| १. | स्टेशनरी तथा मसलन्द सामाग्री |
| २. | बार्षिक लेखापरीक्षण |
| ३. | यातायात (सवारी साधन भाडा तथा रिजर्भ, ढुवानी) सेवा |
| ४. | होटल सेवा (आवासीय तथा गैरआवासीय) कार्याशाला तथा बैठक सञ्चालनका लागि |
| ५. | कम्प्युटर, प्रिन्टर, इन्टरनेट, कार्टेज आपुर्ति तथा मर्मत सम्भार सेवा |
| ६. | फ्लेक्स तथा प्रतिवेदन, ब्रोसर डिजाइन तथा छपाई सेवा |
| ७. | इन्सुरेन्स सेवा |
| ८. | परामर्श सेवा प्रशिक्षक सेवा (विपद जोखिम न्युनिकरण,समुदायको प्रकोप जोखिम नक्साङ्कन, स्थानिय अनुकुलन कार्ययोजना निर्माण, प्रकृतिमा आधारीत समाधान बारे तालिम तथा व्यवसायिक योजना, स्थानीय समुदायको तालिम, इन्जिनियरिङ सेवा |
| ९. | फर्निचर तथा फर्निसिङ सम्बन्धी कार्य |
| १०. | निर्माण तथा मर्मत सम्भार सम्बन्धि कार्य (खानेपानी योजना, तथा पानीका मुहान घेराबार र वहु उपयोगी पानी प्रणाली) |
| ११. | फोटो तथा डकुमेन्ट्री सम्बन्धी कार्य (अनलाइन मिडिया) |
| १२. | कुरियर साथै ढुवानी सेवा |
| १३. | कृतिम घटना अभ्यास सम्बन्धि सामाग्री आपुति |
| १४. | मोटरसाइकल भाडा तथा र्ममत र सभिसिङ्क सम्बन्धित कार्यहरूको लागि |
सुचीकृत हुनका लागि प्रत्येक तपशिलका कागजातहरूको प्रतिलिपीमा सहिछाप सहित तल उपलब्ध ठेगानामा पेश गर्नुपर्नेछ ।
फर्म/कम्पनीको हकमा:
- यस सूचनाको साथमा तोकिएको ढाँचामा निवेदन
- फर्म/कम्पनी दर्ताको प्रतिलिपी (नवीकरण सहित)
- प्यान/भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपी
- करचुक्ता प्रमाणपत्रको प्रतिलिपी
- अन्य संघ/संस्था तथा निकायहरूमा सोही किसिमको सेवा प्रवाह गरेको खण्डमा अनुभवको प्रमाणपत्रको प्रतिलिपी
- विगतमा कालोसूचीमा नपरेको स्व–घोषणा पत्र
व्यक्ति तथा परामर्शकर्ताको हकमा:
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
- व्यक्तिगत विवरण (बायोडाटा) ।
- प्यान/भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी ।
- अन्य संघ/संस्था तथा निकायहरूमा सोहि किसिमको सेवा प्रवाह गरेको अनुभवको प्रमाणपत्रको प्रतिलिपी ।
- वस्तु तथा सेवा आपूर्ति गर्न आधिकारिक एजेन्सी, वितरक भए सोको प्रमाण पत्रको प्रतिलिपि ।
सवारी साधन भाडामा उपलब्ध गराउनेको हकमा:
- सवारी चालक प्रमाणपत्रको प्रतिलिपी
- सवारी साधनको ब्लुबुकको प्रतिलिपी
- प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपी
- कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी (कम्पनी मार्फत भएमा)
Link: Vendor listing Application
सुची दर्ताको लागि कागजात बुझाउने अन्तिम मिति र ठेगाना:
ईच्छुक आबेदनकर्ताले संस्थाको केन्द्रिय कार्यालय ईन्द्रावती गा.पा.–७, सिपापोखरे, सिन्धुपाल्चोक तथा संस्थाको ईमेल ठेगाना vacancycdecf@gmail.com मा सम्पर्क गरि मौजुदा सूचीमा दर्ता गरी पाउँको निवेदन फाराम माग गरि सो निवेदनको साथै अन्य आबश्यक कागजात संस्थाको केन्द्रिय कार्यालय, ईन्द्रावती गा.पा.–७, सिपापोखरे, सिन्धुपाल्चोक वा ईमेल vacancycdecf@gmail.com मार्फत २०८३/०३/२५ गते भित्र बुझाउन हुन अनुरोध गरिन्छ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 18 Jun, 2026 |
| Apply Before | 09 Jul, 2026 |
| City | Sindhupalchowk |