Expression of Interest

Good Neighbors International Nepal

Good Neighbors International (GNI) is an international development and humanitarian organization that responds to the call of the neglected, vulnerable and marginalized beyond the barriers of race, nationality, religion, ideology, and geography. GNI empowers people in 46 countries across the world through social development activities and places particular emphasis on economic development in order to break the vicious cycle of poverty that people in developing countries suffer from. Established in 1991 in Seoul, South Korea, GNI has fundraising offices in Chile, Mexico, USA, Canada, South Korea, Japan, Australia, Taiwan, United Kingdom, and an International Cooperation Office in Geneva, Switzerland.

Details / requirements:

आशयपत्र आह्वान

Expression of Interest

महिनावरी स्वच्छता व्यवस्थापनतथा हैजा नियन्त्रण परियोजना संचालनगर्नको लागि स्थानीय साझेदार संस्था छनौट प्रक्रिया

गुड नेवर्स इन्टरनेशनल नेपालले सन् २००२ देखि नेपालमा बालबालिकाको शिक्षामा केन्द्रित रही स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, आयआर्जन र विपद् न्यूनिकरण जस्ता कार्यक्रमहरू सञ्चालनगर्दै आइरहेको छ । यसै सन्दर्भमा, यस संस्थाले बाजुरा जिल्लामा महिनावारी स्वच्छता व्यवस्थापन तथा काठमाडौं र कैलाली जिल्लामा हैजा नियन्त्रण परियोजना संचालन गर्नको लागि स्थानिय गैह्र सरकारी संस्थाहरुबाट एकल वा साझेदारीमा आशयपत्र आह्रवान गरिन्छ । योे छनोट प्रक्रियाको पहिलो चरण हो ।

मुख्य कार्यक्षेत्रहरु:

महिनावारी स्वच्छता व्यवस्थापन

हैजा नियन्त्रण

खानेपानी, सरसफाई तथा स्वच्छता

खानेपानी, सरसफाई तथा स्वच्छता

महिनावारी स्वच्छता व्यवस्थापनको लागि संस्थागत विकास

हैजा रोग बिरुद्ध खोप तथा महामारीको पूर्वतयारी र व्यवस्थापन

मुख्य उद्देश्यहरू:

महिनावारी स्वच्छता व्यवस्थापन

हैजा नियन्त्रण

किशोरीहरुको महिनावारी स्वच्छता व्यवस्थापनसँग सम्बन्धित ज्ञान, धारणा र सीप अभिबृद्धि गर्ने ।

काठमाडौ र कैलाली जिल्लामा हैजा पहिचान, उपचार र रोकथाम गर्न क्षमता अभिवृद्धि गर्ने ।

समुदाय स्तरमा महिनावारी सम्बन्धी भेदभाव कम गर्ने ।

काठमाडौं र कैलाली जिल्लामा हैजा नियन्त्रण गर्ने ।

निवेदनको लागि योग्य संघसंस्थाहरू:

  • सम्बन्धितजिल्लामा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध भएको 
  • स्थानीय तथा समुदायमा आधारित 
  • माथि उल्लेखित उद्देश्य अनुरुपको कार्यक्रम तथा परियोजनाहरू संचालनको कम्तीमा ३ वर्षे पूर्व अनुभव/विशेषज्ञता तथा प्राविधिक, व्यवस्थापकीय र आर्थिक योग्यता भएका संस्थाहरु ।

आशयपत्र आवेदनका लागि फारामउल्लेखित ईमेलः eoi@gninepal.org यचनबाट प्राप्त गर्न सकिनेछ । 

सबै योग्य संघसंस्थाहरूलाई यी परियोजनाहरुसँग सम्बन्धित सम्पूर्ण जिज्ञासाहरू लिखित रुपमा फागुन १३, २०७६ भित्र ईमेल eoi@gninepal.org मा पेश गर्न सूचित गरिन्छ । प्रश्नहरूको जवाफ फागुन, १६ २०७६ भित्रदिइनेछ । तीन जिल्लाको आशयपत्र छुट्टाछुट्टै रुपमा बुझाउनु पर्नेछ ।

आशयपत्र बुझाउने अन्तिम मिति र स्थानः एउटा इलेक्ट्रोनिकप्रति र दुईवटा छापिएको प्रति (एक सक्कल/एकप्रतिलिपि) फागुन २३, २०७६ (६ मार्च, २०२०), साँझ ५:०० बजेसम्म (तोकिएको समयभित्र आइनपुग्ने आशयपत्रहरूलाई सम्बोधन गरिने छैन।) गुड नेवर्स इन्टरनेशनल, एकान्तकुना–१३, जावलाखेल, ललितपुर, नेपाल ।

नोटः आशयपत्र बुझाएका सबै संस्थाहरूसँग गुड नेवर्स इन्टरनेशनल नेपालकुनै पनि रूपमा सम्झौतागर्न वाध्य हुनेछैन । सम्पूर्ण छनोट प्रक्रिया गुड नेवर्स इन्टरनेशनल नेपालद्वारा तोकिएको मापदण्ड अनुसार हुनेछ ।

Overview

Category Development Project
Openings 1
Position Type Contract
Experience 3+ years
Education Please check vacancy details
Posted Date 20 Feb, 2020
Apply Before 06 Mar, 2020
City Lalitpur