एकिकृत संरक्षण तथा समुदाय संलग्नता परियोजना समापन सम्बन्धमा
Details / requirements:
सूचना सूचना सूचना
वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल र रिलिफ नेपालको सहकार्यमा सञ्चालित एकिकृत संरक्षण तथा समुदाय संलग्नता परियोजना समापन सम्बन्धमा ।
प्रथम पटक प्रकाशित मितिः २०८२/५/२० गते
रिलिफ नेपाल, सिन्धुली जिल्लामा दर्ता भई विगत १७ वर्ष देखि सञ्चालनमा रहेको एक राष्ट्रिय स्तरको गैर सरकारी संस्था हो । यस संस्थाले जिल्लाको विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूसँगको समन्वय सहकार्यमा बाल अधिकार र बाल संरक्षण, खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्धन, शिक्षा तथा स्वास्थ्य, कृषि तथा आर्थिक विकास र विपद् जोखिम व्यवस्थापन जस्ता कार्यहरूमा सुदृढीकरण तथा समाजिक सुशासन दिगोपना बढाउने हेतुले स्थानीय, प्रदेश तथा संघीय सरकारलाई, सहयोग गरी दिगो विकास लक्ष्यमा सहयोग पुर्याउन विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आइरहेको छ । यस संस्थाले सञ्चालन गर्दै आएको परियोजनाहरू मध्ये वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल र रिलिफ नेपालको सहकार्यमा सिन्धुली जिल्लाको तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकाहरूमा सञ्चालित एकिकृत संरक्षण तथा समुदाय संलग्नता परियोजना कार्यान्वयन गरि सञ्चालन गरिरहेको छ । यस वर्ष परियोजना लागु गर्न तथा सफल बनाउनको लागि सहयोग गर्नु हुने प्रदेश सरकार, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला शिक्षा समन्वय इकाई कार्यालय अन्य सरकारी कार्यालयहरू, तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिका, सुरक्षा निकाय, संचार माध्यमहरू, व्यवसायीहरू, बालबालिकाहरू, अभिभावकहरू साथै अन्य साझेदार निकायहरूको सक्रिय सहभागिता तथा सहयोगका निम्ति रिलिफ नेपाल आभारी छ ।
यस परियोजनाले यसवर्ष सञ्चालन गर्ने कार्यक्रम तथा गतिविधिहरू ३० सेप्टेम्बर २०२५ तदनुसार २०८२, असोज १४ सम्ममा समापन हुने जानकारी गराउन चाहान्छौँ । साथै यस परियोजनामार्फत सञ्चालन र सम्पन्न भएका गतिविधिहरूको प्रतिवेदन आउदो असोज मसान्तभित्र सम्बन्धित निकायहरूमा पेश गरिने र हामीले सेवा प्रदान गर्ने समुदायप्रति हाम्रो जवाफदेहिता सुनिश्चित गर्नेछौ भन्ने कुरा यसै सूचना मार्फत जानकारी गराउन चहान्छौँ ।
साथै, यसै सुचना मार्फत परियोजनासँग सम्बन्धित यसवर्षको सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान भइ भुक्तनी चुक्ता वा फर्छ्यौट भईसकेको जानकारी गराउन चाहान्छौँ । यदि कुनै संस्था वा व्यक्तिसँग परियोजनासँग सम्बन्धित सेवा वा वस्तु वापतको हिसाब मिलान र भुक्तनी हुन बाँकी भए, यस सुचनालाई आधार मानी पहिलो पटक सूचना प्रकाशित भएको मिति बाट १० दिन भित्र (२०८२ भदौ ३०, बिहान ११ बजे भित्र) दाबी गर्न आउन अनुरोध गर्दछौँ । म्याद नाघी आएको दाबी उपर यस संस्था वा संस्थाको साझेदार संस्थाहरू जवाफदेही हुन असमर्थ हुने व्यहोरा यसै सूचना मार्फत अवगत गराउँदछौँ ।
थप जाकारीका लागि:
रिलिफ नेपाल, कमलामाई–६, सिन्धुली
फोन नं: ०४७–५२०९१५
ईमेल: info@reliefnepal.org.np
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 05 Sep, 2025 |
Apply Before | 15 Sep, 2025 |
City | Sindhuli |