एकिकृत सामुदायिक विकास परियोजना मुगुको स्वच्छता सामाग्री खरिद गर्न दरभाउ पत्र आह्वानको सूचना

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:

9k=

एकिकृत सामुदायिक विकास परियोजना मुगुको स्वच्छता सामाग्री खरिद गर्न दरभाउ पत्र आह्वानको सूचना

गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा किर्डाक नेपालसँगको साझेदारीमा एकिकृत सामुदायिक विकास परियोजना मुगु जिल्लाका छायाँनाथ रारा नगरपालिका, सोरु, खत्याड र मुगुम् कार्मारोड गाउँपालिकामा कार्यान्वय भइरहेको छ । उक्त परियोजना अन्तर्गत रहेका १६०८ जना स्पोन्सरसिप बालबालिकाका लागि आवश्यक पर्ने तपशिल बमोजिमका स्वच्छता सामाग्रीहरू खरिद गर्नुपर्ने भएकाले TOR मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त इच्छुक कम्पनी, फर्म, आदि आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउ–पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

बोलपत्रमा अनिवार्य समावेस गर्नुपर्ने कागजातहरू:

    १. कम्पनी दर्ता तथा नवीकरणको प्रमाणपत्रहरू

    २. आर्थिक वर्ष २०८०/८१ को कर चुक्ताको प्रमाण पत्र वा म्याद थपको कागजात

    ३. VAT दर्ताको प्रमाण पत्र

    ४. सहि छाप सहितको TOR, Due Diligence Form र स्व घोषणा पत्र 

    ५. बैंक जमानत पत्र Original Copy (२·५ %)

    ६. सामाग्रीको नमुना

आवेदन दर्ता गर्ने प्रक्रिया:

शिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र अर्थात २०८२/०२/३१ गते (तद्नुसार १४ जुन २०२५) साँझ ५:०० बजेभित्र किर्डाक नेपाल, समन्वय कार्यालय सानेपा, ललितपुर, कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनर, सुर्खेतमा बुझाउनु पर्ने छ । खरिद गर्ने सेवाको विस्तृत विवरण Terms of Reference यो लिङ्क https://kirdarc.org/tender/ बाट वा तल उल्लेखित लिङ्कबाट डाउनलोड गर्न सकिने छ वा किर्डाक नेपालका माथि उल्लेखित कार्यालयहरूबाट समेत प्राप्त गर्न सकिने छ ।

Link_1: Terms of Reference

Link_2: Bid- Form

Link_3: Due Diligence Form

यस विषयमा थप जानकारी लिनु पर्ने भएमा किर्डाक नेपालको समन्वय कार्यालय सानेपा, ललितपुर (०१–५४४८३२१, ५४४८०९३) वा कर्णाली प्रदेश कार्यालय सुर्खेत (०८३–५२५६६४) मा सम्पर्क गर्न सकिने छ ।

(नोटः बोलपत्र छनौट गर्ने वा नगर्ने सम्पुर्ण अधिकार खरिद समितिमा निहित रहने छ ।)

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 05 Jun, 2025
Apply Before 14 Jun, 2025
City Lalitpur, Jumla, Surkhet