ECD Materials खरिदको लागि कोटेशन आह्वान
Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region
Details / requirements:
बागमती सेवा समाज नेपाल
हरिवन–११, सर्लाही
ECD Materials खरिदको लागि कोटेशन आह्वान
(प्रथम पटक प्रकाशित मिति : ३२ असार २०८३)
बागमती सेवा समाज नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो र यस संस्था र World Vision International Nepal (WVIN) को साझेदारीमा सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाँउपालिकामा संचालित HATEMALO for Child Welbing and Intergrated Development परियोजना संचालन गरिरहेको छ । यसै सन्दर्भमा, उक्त परियोजना अन्तर्गत Education Materials, Carpet, P-foam & Cushion समाग्री खरिद गर्न आवश्यक रहने हुँदा उक्त प्रकारको सेवा सुविधा दिन इच्छुक आपूर्तिकर्ताहरूलाई तोकिएको ढाँचामा कबोल दर रेट उल्लेख गरी यस सूचना प्रकाशित मितिले ७ दिनभित्र यस कार्यालयमा आइपुग्ने गरी कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
| S.No | RFQ Number | Description of Item |
| 1 | WVIN/BWSN/FY-10-2082.083 | Supply of Education Materials |
| 2 | WVIN/BWSN/FY-11-2082-083 | Supply of Carpet, P-foam & Cushion |
- कोटेशनमा खरिद गर्न चाहेको सामाग्री/सेवा सुविधाको बिस्तृत स्फेसिफिकेशन सहितको जानकारी दिईएको छ जुन बागमति सेवा समाजको कार्यालयमा गई लिन सकिनेछ तथा तल उल्लेखित लिंकमा गई डाउनलोड गर्न सकिनेछ ।
- कोटेशन सम्बन्धि कागजात मिति ३२ असार २०८३ गतेबाट प्राप्त गर्न सकिनेछ ।
- कोटेशनदाताले मिति २०८३ श्रावण ०६ गते बेलुका ५:०० बजेभित्र यस संस्थाको केन्द्रीय कार्यालय, हरिवन, सर्लाहीमा आफ्नो कोटेशन बुझाइसक्नु पर्नेछ । कोटेशन बुझाउँदा सिलबन्दी गरी बागमति सेवा समाजको कार्यालयमा कोटेशनको Hard Copy वा संस्थाको Email मार्फत पेश गर्नुपर्नेछ ।
- कोटेशन सार्वजनिक विदाको दिन बाहेक आइतबार देखि शुक्रबार सम्म विहान १०:०० देखि बेलुका ५:०० बजेसम्म बुझाउन र बुझ्न सकिनेछ । कोटेशन बुझाउने अन्तिम दिन सार्वजानिक विदा परेमा त्यसको भोली पल्ट कोटेशन पेश गर्ने अन्तिम दिन हुनेछ ।
- तोकिएको मिति तथा समय पश्चात आउने कोटेशन लाई दर्ता गरिने छैन । समय भित्र प्राप्त नभएको, रित नपुगेको साथै बोल पत्रको शर्त विपरित भएको कोटेशन माथि कुनै कार्वाही हुने छैन ।
- कोटेशन पेश गर्न ईच्छुक फर्म, कम्पनी वा सप्लायर्स रहेको हुनुपर्ने छ ।
- कोटेशन पेश गर्न ईच्छुक फर्म, कम्पनी वा सप्लायर्सले तपशिल बमोजिमको कागजातहरू पेश गर्नुपर्ने छ ।
- कम्पनी दर्ता प्रमाण पत्र,
- PAN/VAT दर्ता प्रमाणपत्र,
- आ.व. २०८१/०८२ को करचुक्ता प्रमाणपत्र आदि पेश गर्नु पर्नेछ । नयाँ दर्ता भएको फर्मको हकमा करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने छैन ।
- खरिद सम्बन्धि पूर्ण अधिकार बागमती सेवा समाज नेपालमा निहित रहनेछ ।
- कोटेशनको तयारी वा पेश गर्ने शिलशिलामा बोल–पत्र दाताले गर्ने कुनैपनि प्रकारको खर्च बागमती सेवा समाज नेपालले ब्यहोर्ने छैन् ।
शिलबन्दी कोटेशनको लागि तलको लिंकमा जानुहोसः-
ठेगाना
बागमती सेवा समाज नेपाल, हरिवन–११, सर्लाही
सम्पर्क नं.: ०४६–५३०५०१/९८६१०३४२८३
Email ID: procurement@bwsn.org.np
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 16 Jul, 2026 |
| Apply Before | 22 Jul, 2026 |
| City | Sarlahi |