Early Grade Learning Officer (Reading/ Math)

Rastriya Rojgar Prawardhan Kendra (RRPK)- Malangwa

Details / requirements:

कर्मचारी आवश्यकता

प्रथम पटक प्रकासित मिति: २०७७/०८/०३

World Vision International Nepal, Humanity & Inclusion, World Education  र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK), सर्लाहीको साझेदारीमा सर्लाहीमा संचालित  Strengthening Inclusive Education in Nepal (Sikai)  परियोजना  अन्तर्गत  कर्मचारीको आवश्यक्ता रहेको हुनाले अनुभवी र मिहेनती नेपाली नागरिकबाट तल उल्लेखित पदको लागि दरखास्त आव्हान गरिएको छ ।

१.  पद: Early Grade Learning Officer (Reading/ Math) –१ जना 

  • योग्यता तथा अनुभव:

शिक्षा वा सम्बन्धित विषय लिई कम्तीमा स्नातक तह उतिर्ण गरी, शिक्षा सम्बन्धि परियोजना वा शिक्षण पेशामा ३ वर्ष कार्य गरेको अनुभवी र शिक्षा सम्बन्धी निति तथा रणनिति सम्बन्धी ज्ञान, प्रारम्भिक कक्षा पढाई  तथा प्रारम्भिक कक्षा गणित (EGR/EGM) सम्बन्धी ज्ञान, समावेशी शिक्षा सम्बन्धी ज्ञान, कम्प्यूटर र ईन्टरनेट सम्बन्धि राम्रो व्यावहारिक ज्ञान भएको, अंग्रेजी, नेपालीमा प्रतिवेदन लेख्न सक्ने, स्थानीय भाषा बुझन र बोल्न सक्ने । कार्यक्रम संचालन हुने क्षेत्रमा बस्न  इच्छुक ।

दरखास्त साथ संलग्न गर्नु पर्ने आवश्यक कागजातहरु:

  • स्पष्ट संग पद खुल्ने गरि निवेदन (cover Letter)
  • कम्तीमा २ जना सन्दर्भ व्यक्तिहरुको नाम (Reference) र सम्पर्क नम्बर सहितको व्यक्तिगत विवरण (Bio-Data) ।

नोट:  प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतिकरणको प्रकृयामा समावेश गरिनेछ । संस्थाको पदपुर्ति समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । महिला, दलित, जनजाति, मुस्लिम मधेशी, अपाङ्ग, सिमान्तकृत तथा यूवाहरुलाई प्राथमिकता दिईनेछ । साथै प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुले कम्प्युटरमा लिखित परिक्षा दिनु पर्ने र कर्मचारीहरुको पारिश्रमिक र अन्य सुविधा संस्थाले तोकेको अनुसार हुनेछ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप हुने खालको व्यवहार भएमा वा अनावश्यक दबाव आएको ठहर भएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत: अमान्य ठहरिने छ ।

दरखास्त दिने अन्तिम मिति: २०७६।०८।०९ गते साँझ ५ः०० बजे सम्म

आवेदन दिने इमेल:  jobsinrrpk.sikai@gmail.com 

बिस्तृत जानकारी तथा आवेदन दिने सम्पर्क ठेगाना:

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)

परियोजना कार्यालय, लालबन्दी नगरपालिका –७, सर्लाही

फोनः 046-501261

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience 3+ years
Education Graduate (Bachelors)
Posted Date 18 Nov, 2020
Apply Before 24 Nov, 2020
City Terai Region