दरभाउपत्र आह्वानको सूचना

Himalayan Life Foundation

Details / requirements:

हिमालयन लाईफ फाउण्ड्शेन

काठमाण्डौं-११, थापाथली

दरभाउपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८०/०८/१३)

यस संस्थाद्धारा आ.व. २०८०/०८१ मा पाँचपोखरी थाङपाल गा.पा.- ०२ बाङगदाङ , सिन्धुपाल्चोक जिल्लामा सञ्चालित परियोजना "हिमालयन लाईफ एजुकेशन सेन्टर कन्सट्रकसन फेज-२" को भवनका जग निर्माणमा उत्खनन, ब्याकफिलिंग, जमिन समताल जस्ता कार्य गर्न परियोजना अवधि भरिको लागि हेभी उपकरण ब्याकहो लोडर (Backhoe Loader JCB) भाडामा आवश्यक भएकोले इच्छुक योग्य आपूतिकर्ताले फारम प्राप्त गरि मिति २०८०/०८/२० गते बेलुकी ५ बजे भित्रमा बोलपत्र सम्बन्धि कागजातमा उल्लेख भए वोमोजिमको विवरण र सर्तहरूको अधिनमा रही रीतपुर्वक वोलपत्र पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ ।

आवेदन पेश गर्ने प्रक्रियाः

ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्मले आफुले बोलपत्रको आवेदन फारम, प्राविधिक विशिष्टता फारम  र Bidder जानकारी फारम  तल दिइएका  लिङ्कहरूमा गई डाउनलोड गरि प्राप्त गर्न सकिनेछ:

Links:

Bidder Information

Bidding Form and Technical Specifications 2023

आवश्यक कागजातहरू यस कार्यलयको ईमेल foundation@himalayanlife.com मार्फत पठाउन सक्नुहुनेछ । 

बोलपत्रको आवेदन सहित पेश गर्नु पर्ने कागजातहरू:

  • कम्पनी वा फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी  
  • आर्थिक वर्ष २०७९/०८० को कर चुक्ताको प्रमाण पत्र  प्रतिलिपी  
  • VAT अथवा PAN दर्ताको प्रमाण पत्र  प्रतिलिपी 
  • अन्य कुनै संस्था, कम्पनी वा फर्मसँग यस्तै वा सम्बन्धीत कार्य अनुभवको कृतज्ञता, क्षमता तथा सेवा प्रदायको बारेमा लेखिएको चिठी वा कागजात । 
  • कम्पनी वा फर्मको अध्यावधी

आवश्यक विवरणः 

क्र.स.

विवरण

इकाई

परिमाण

विस्तृतिकरण

हेभी उपकरण ब्याकहो लोडर (Backhoe Loader JCB) भाडा रकम

प्रति घण्टा

परियोजनको अवधि २०८१।१२।३० सम्मको लागि

हेभी उपकरण ब्याकहो लोडर (Backhoe Loader JCB) उपलब्ध गराउदा लाग्ने इन्धन, मर्मत सम्भार, ग्रीजिङ, सर्भिसिङ, अपरेटर तलब, हेल्पर भत्ता, खाना, खाजा र बास सहितको दरभाउ ।

हेभी उपकरण ब्याकहो लोडर (Backhoe Loader JCB) भाडा रकम

प्रति घण्टा

परियोजनको अवधि २०८१।१२।३० सम्मको लागि

हेभी उपकरण ब्याकहो लोडर (Backhoe Loader JCB) मात्र उपलब्ध गराउदाको दरभाउ ।

अन्य शर्तहरू

  • दरभाउ पेश गर्ने फर्महरू कम्तिमा २ वर्ष पुगेको हुनु पर्ने छ । 
  • नया अथवा राम्रो अवस्था भएको हेभी उपकरण ब्याकहो लोडर (Backhoe Loader JCB) लाई पहिलो प्राथमिकता दिइने छ । 
  • हेभी उपकरण ब्याकहो लोडर (Backhoe Loader JCB)लाई यस संस्था हिमालयन लाईफ फाउण्डेशनले भाडामा लिदा राम्रो अवस्थामा सञ्चालनमा रहेको/नरहेको आन्तरिक ओपरेटरद्धारा प्रमाणित गरिने छ । 
  • म्याद नाधि आएको, रीत नपुगेको र शर्त राखिएको दरभाउपत्र उपर कारवाहि हुने छैन ।
  • दररेटमा अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । केरमेट भएकोमा केरमेट भएको ठाउमा सहिछाप भएको हुनु पर्नेछ ।
  • छनोटमा परेका कम्पनी वा फर्मसँग परियोजना अवधि भरिको लागि दिर्घकालिन सम्झौता गर्नेछ तर आवश्यकता अनुसार करारको समय अवधि संशोधन गर्न सक्नेछ  ।
  • सम्झौता भएको मितिले ७ (सात) दिन भित्रमा हेभी उपकरण ब्याकहो लोडर (Backhoe Loader JCB) परियोजनाको स्थानमा उपलब्ध गराउन पर्नेछ ।

नोटः कम्पनी अथवा फर्मले दरभाउ पत्र पेस गर्दा दुवै आवश्यक विवरणको दरभाउ पेस गर्नु पर्नेछ । पेस गरिएको बोलपत्रको आधारमा सेवाप्रदायक कम्पनी,फर्म वा आपूर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार हिमालयन लाईफ फाउण्डेशनमा निहित  हुनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Experience Please check details
Education Please check details
Posted Date 29 Nov, 2023
Apply Before 06 Dec, 2023
City Sindhupalchowk