Caretaker Parents-Couple (अभिभावक दम्पती)
Details / requirements:
कर्मचारी आवश्यकता
बिगत लामो समय देखि विशेषत बालबालिकाहरूको शिक्षा, हेरचाह तथा हितको निम्ति कार्य गर्दै आईरहेको संस्थाले व्यवस्थापन गरेको बालगृहको निम्ति निम्न लिखित कर्मचारीको आवश्यकता रहेकोले ईच्छुक महानुभावबाट दरखास्तको आह्वान गरिन्छ ।
पद: अभिभावक दम्पती (Caretaker Parents-Couple) = २ जना
कर्मचारी तथा जिम्मेवारी सम्बन्धि आवश्यक विवरण:
- अभिभावकको भुमिकामा आमा बुबाले जसरी बालगृहको बालबालिकाहरूको दैनिक हेरचार गर्ने, खाने, बस्ने, शिक्षा तथा स्वास्थ्यको विशेष ख्याल राख्न सक्ने श्रीमान् तथा श्रीमति दुबै भएको विवाहित दम्पती ।
- बालबालिकाको क्षेत्रमा कार्य गर्न ईच्छुक, उत्साहित, मेहनती, ईमान्दार तथा सामाजिक सेवामा विशेष रुचि भएको ।
- आवेदक अभिभावक दम्पतिको एक छोरा वा छोरी छ भने पनि आवेदन दिन सकिनेछ ।
- बिशेष संरक्षणको आवश्यकता भएको बालबालिकाहरूको निम्ति व्यवस्था गरिएको आवासीय गृह भएकोले अभिभावक दम्पतीले गृहमा नै बसेर जिम्मेवारी पुरा गर्नुपर्नेछ ।
- यस पदमा आवश्यक जिम्मेवारी श्रीमान् तथा श्रीमति दुबैजनाको भएकोले आवेदक श्रीमान् तथा श्रीमति भएको विवाहित जोडी हुनु पर्नेछ ।
उमेर: प्राथमिकता २५ देखि ३५ बर्ष
योग्यता: आमा वा बुबाले न्यनतम कक्षा १० उत्तिर्ण गरेको वा सो सरह
कार्यक्षेत्र: भक्तपुर
पारिश्रमिक, सेवा, सुविधा: खाना र बस्नको पुर्ण व्यवस्था बालगृहमा नै हुनेछ र पारिश्रमिक, सेवा, सुविधा संस्थाको नियमानुसार उपलब्ध गराईनेछ । अभिभावक दम्पतीको एक छोरा वा छोरी पनि अभिभावक दम्पतिसँगै रहन सक्ने र उक्त छोरा वा छोरीलाई पनि खान बस्न र अध्ययनको व्यवस्था गरिनेछ ।
दरखास्त आईपुग्न पर्ने अन्तिम मिति: फाल्गुन १६ गते भित्र
छनौटको आधार संस्थाको आवश्यकता तथा नियमानुसार हनेछ बालबालिकाको क्षेत्रमा अनुभव भएकोलाई प्राथमिकता दिईनेछ ।
सम्पर्क ठेगाना वा आवेदन दिने ठेगाना:
पोष्ट बक्स नं. ८९७५
ई.पि.सि. नं. १७६४
काठमाडौँ, नेपाल
वा
ईमेल: kfsnepal@yahoo.com
Overview
| Category | Caregiver, Development Project |
| Openings | 2 |
| Position Type | Full Time |
| Experience | Please check vacancy details. |
| Education | SLC / SEE, 10th Pass |
| Posted Date | 31 Jan, 2025 |
| Apply Before | 28 Feb, 2025 |
| City | Bhaktapur |