ब्युटी पार्लर तालिमका लागी सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना
Details / requirements:
छिमेकी संस्था नेपाल
ब्युटी पार्लर तालिमका लागी सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना
(प्रकाशन मिति: २०८२/०२/२२)
छिमेकी संस्था नेपालले स्टुफटु» १०० जर्मनीको आर्थिक सहयोगमा सञ्चालन गर्ने ६ महिनाको ब्युटी पार्लर तालिमका (२० जना प्रशिक्षार्थीहरुलाई हप्तामा ६ दिन र दिनमा ३ घण्टा) लागी इच्छुक कालिमाटी/कोटेश्वर आसपासको क्षेत्रभित्र रहेका तालिम प्रदान गर्न सक्ने आधिकारिक फर्म, कम्पनी वा तालिम प्रदायक संस्थाहरुले उल्लेखित तालिम सञ्चालन गर्न आजको मितिले १२ दिन भित्रमा (२०८२ अषाढ २ गते सम्ममा) तपशिल बमोजिमका शर्तहरु पुरा गरी शिलबन्दी दरभाउपत्र सहित प्रस्तावना आह्वानका लागी यो सुचना प्रकाशित गरिएको छ ।
शिलबन्दी कोटेशन सम्बन्धी शर्तहरु:
१. प्रस्तावनामा दर रेट प्रष्ट बुझिने गरी प्रत्येक पानामा आधिकारी व्यक्तिको नाम र हस्ताक्षर साथै फर्महरुको अनिवार्य छाप लगाई शिलबन्दी कोटेशन पेश गर्नु पर्नेछ । सो कोटेशनमा अनिवार्य रुपमा मिति उल्लेख गर्नुपर्नेछ ।
२. शिलबन्दी कोटेशन पेश गर्ने संस्थाले प्राविधिक प्रस्तावनामा फर्मको प्रोफाइल, ब्युटी पार्लर तालिमको ६ महिना सम्मको विस्तृत तालिम तालिका, तालिममा सिकाइने कोर्षहरु, तालिममा प्रयोग गरिने सामाग्रीहरुको विस्तृत विवरण साथै अन्य आवश्यक सिकाई विधिहरु समेत खुलाउनु पर्नेछ ।
३. वित्तिय प्रस्तावनामा २० जना प्रशिक्षार्थीहरुलाई तालिम दिएवापतको जम्मा बजेट रकम उल्लेख गनुपर्ने छ । जसमा खर्चहरुको विवरण जस्तै:कोठा भाडा, प्रशिक्षकको खर्च, तालिममा प्रयोग हुने सामाग्रीहरुको खर्च विवरण, ईत्यादि समावेश हुनुपर्नेछ ।
४. प्रस्तावना पेश गर्ने संस्था स्थानिय निकायमा (वडा कार्यालय) दर्ता भएको प्रमाणपत्र प्रतिलिपि नविकरण सहित घरेलु/बाणिज्य विभाग/कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि नविकरण भएको आधार समेत पेश गर्नुपर्नेछ ।
५. साथै, प्यान/भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपी, आ.व. २०८०/०८१ को कर चुक्ता प्रमाणपत्र प्रतिलिपि र तालिम प्रशिक्षकको CTEVT अन्तर्गतको Skill Test को व्युटिसियन व्यवसायको तह दुईको सीप परीक्षण र ToT को प्रमाणपत्र प्रतिलिपी समेत पेश गर्नुपर्नेछ ।
६. तालिम प्रदायक संस्थाको प्रशिक्षार्थीहरुलाई तालिम दिने कक्ष र ग्राहक सेवा प्रदान गर्ने कक्ष छुट्टाछुटै हुनुपर्नेछ ।
शिलबन्दी कोटेशन पठाउने अन्तिम मिति र ठेगाना:
- मिति २०८२ जेष्ठ २२ गते देखी २०८२ अषाढ २ गते साझ ५ बजे सम्ममा यस संस्थाको कार्यालयमा वा ईमेल मार्फत पठाउदा chhimekijobs@gmail.com मा Word/PDF फाईल बनाई पासवर्ड राखी पठाउनु पर्नेछ ।
- अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिनको ५ बजे भित्र पेश गरिसक्नुपर्नेछ ।
नोट: माथि उल्लेखित शर्तहरु पालना नभएका कोटेशनहरुलाई मान्यता दिइने छैन । साथै अन्य विस्तृत जानकारीका लागी यस संस्थाको कार्यालयको फोन नं. ०१–५३०७०६३ मा सम्पर्क गर्न सक्नुहुने छ ।
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 05 Jun, 2025 |
Apply Before | 16 Jun, 2025 |
City | Kathmandu |