सिलाई तालिम प्रशिक्षकको आवश्यकता

Chhimeki Sanstha Nepal (CSN)

Details / requirements:

सिलाई तालिम प्रशिक्षकको आवश्यकता

(प्रकाशन मिति: 05/06/2026)

छिमेकी संस्था नेपाल, तालिम प्राप्त छिमेकी महिला स्वंयसेविकाहरू संगठित भई  २००४ मा स्थापना भएको गैर सरकारी संस्था हो ।  यसले स्थापनाकाल देखि नै काठमाण्डौ महानगरपालिका अन्तर्गत आफ्नो कार्यक्षेत्र भित्र रहेका महिला तथा बालबालिकाहरूको स्वास्थ्य र पोषणमा सुधार ल्याउन र महिलाहरूलाई सीप विकास तालिम मार्फत आय–आर्जन सम्बन्धी गतिविधिहरूमा सहभागी गराई उनीहरूलाई आत्मनिर्भर बनाउने काममा सहयोग गर्दै आईरहेको छ । यसै सन्दर्भमा हाल संस्थाले महिलाहरूलाई एड्भान्स लेवल सिलाई तालिम संचालनका लागी यस संस्थालाई एक इमान्दार तथा अनुभवि सिलाई तालिम प्रशिक्षकको आवश्यक परेको हुदाँ सो पदको लागि तल उल्लेखित आवश्यक योग्यता र दक्षता भएका उम्मेद्धारहरूलाई आवेदनको लागि आव्हान गरिन्छ । 

पदः सिलाई तालिम प्रशिक्षक

संख्याः

कार्यक्षेत्रः का.म.पा, वडा नं १३, कालिमाटी

कार्य अवधिः पाँच (५) महिना

प्रमुख जिम्मेवारीहरू:

  • सहभागीहरूको सिलाई सम्बन्धि ज्ञान र सीपमा अभिवृद्धि गर्न उनिहरूलाई एड्भान्स तहको सिलाई तालिम संचालन गर्नुपर्नेछ ।
  • तालिम अवधी भर प्रत्येक दिन सिलाई सम्बन्धी सैदान्तिक/प्रयोगात्मक ज्ञान र सीप सिकाउनु पर्नेछ । 
  • सहभागीहरूको दैनिक क्रियाकलापहरूको निगरानी गरी आवश्यकता अनुसार सुधार गर्न सहभागीहरूलाई  सहयोग गर्नुपर्ने छ ।
  • संस्थालाई मासिक प्रतिवेदन बुझाउनु पर्ने छ ।

योग्यता र सीपहरू:

  • मान्यता प्राप्त संस्थाबाट सिलाई सम्बन्धी ToT प्रमाण पत्र भएको ।
  • मान्यता प्राप्त संस्थाबाट सिलाई सम्बन्धी  तेस्रो तह (3rd Level ) प्रमाण पत्र प्राप्त भएको ।
  • एड्भान्स लेवल सिलाई तालिम प्रशिक्षकको रूपमा कम्तिमा तिन वर्ष कार्य अनुभव भएको ।
  • मान्यता प्राप्त संस्थाबाट मुल्याङ्कनकर्ता को प्रमाण पत्र प्राप्त भएको ।

उल्लेखित पदको लागी इच्छुक तथा योग्य उम्मेद्धारहरूले निवेदन, आफ्नो CV र कार्य अनुभव सम्बन्धी कागजातहरू/प्रमाण–पत्रहरू सहित २० जुन २०२६,  बेलुकी ५:०० बजेसम्म chhimekijobs@gmail.com, अथवा छिमेकी संस्था नेपालको कार्यलयमा आवेदन दिनको लागी अनुरोध छ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 05 Jun, 2026
Apply Before 20 Jun, 2026
City Kathmandu