बोलपत्र आह्वानको सूचना

International Nepal Fellowship

Details / requirements:

बोलपत्र आह्वानको सूचना

Tender No. 2079/80-01

(प्रथम पटक प्रकाशित मिति २०७९/०४/१६)

आई एन एफ नेपालले केहि ल्यापटपहरु खरिद गर्नुपर्ने भएकोले उल्लेखित ल्यापटपहरुको आपूर्ती गर्न इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता तथा बितरकहरुबाट बोलपत्र आह्वानको सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र तपसिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र  बोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरु

१. दर भाउ पत्र पेश गर्ने अधिकृत विक्रेता, आपुर्तिकर्ता, बितरकहरुबाट सूचना प्रकाशन भएको मितिले १४ दिनभित्र यस संस्थाको कार्यालयमा मिति २०७९ श्रावण ३० गते दिउसो ४ बजे भित्र पेश गर्नुपर्ने छ । 

२. बोलपत्र पेश गर्दा फर्म दर्ताको प्रमाण-पत्र, कर चुक्ता प्रमाण-पत्र (आ.व.७७/७८), भ्याट दर्ताको प्रमाण पत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । 

३. शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्र दर्ताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ ।

४ . बोलपत्र फाराममा दर रेट स्पष्ट लेखिएको हुनु पर्नेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन । 

५.बोलपत्र फाराम खाम बन्द गरी लाहा छापले शिलबन्द गरी पेश गर्नु पर्ने छ ।

६. फाराममा दरभाउ राख्न छुटाएका, म्याद नाघी आएका, सर्तसहित र माग गरे बमोजिमका कागजातहरु संलग्न नभएका सिलबन्दी बोलपत्रमाथि कुनै कारवाही गरिने छैन ।

७. सिलबन्दी बोलपत्रको बाहिर विषय: “ल्यापटप खरीद संबन्धि बोलपत्र” लेखेर आई एन एफ नेपाल समक्ष पेश गर्नु पर्नेछ ।

८. यस बाहेक थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बरहरुमा कार्यालय समयमा सम्पर्क गर्न  सकिनेछ । 

९. फाराम बुझाउने अन्तिम मिति २०७९/०४/३० गते बेलुका ४ बजे सम्म हुनेछ ।

१०. प्राप्त बोलपत्रहरु मिति २०७९ श्रावण ३१ गते दिनको २:०० बजे आपूर्तिकर्ता वा निजका प्रतिनिधिको रोहवरमा तल उल्लेखित ठेगानामा खोलीनेछ जुन यसैलाई अग्रिम सूचना दिएको मानिने छ ।

११. दर भाउ खोल्ने समयमा सप्लार्यस आफै वा निजको प्रतिनिधि उपस्थिती हुनुपर्ने छ । यदि उपस्थीत नभएमा पनि दरभाउ खोल्न वाधा हुने छैन ।

१२. बोलपत्रहरु कारण खुलाई वा नखुलाई पुरै अथवा आंशिक स्विकृत गर्ने वा पुरै रद्ध गर्ने  अधिकार आई एन एफ नेपालमा निहीत रहनेछ ।

बोलपत्र फाराम तथा विवरणः

ल्यापटपहरुको विस्तृत विवरण तथा टेण्डर फारामको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

Specifications: https://drive.google.com/file/d/1dKXWjUfVSH1b8NIHYOWkKpNPK1NGcZwX/view?usp=sharing

ICT Form: https://drive.google.com/uc?export=download&id=1ZjVHZXn0_Zhx7t8jzCfiwDkBR93Mpg8S

बोलपत्र पेश गर्ने र खोलिने ठेगानाः

आई एन एफ नेपाल,

केन्द्रिय कार्यालय,

पोखरा-१, बगर, सिमपानी, कास्की ।

फोन नं. ०६१-५७०१११, ५२१९९४

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 01 Aug, 2022
Apply Before 15 Aug, 2022
City Pokhara