बोलपत्रको सूचना आव्हान

Kalika Self Reliance Social Center

Details / requirements:

मितिः २०८२ पौष ६ गते

बोलपत्रको सूचना आव्हान

यस कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा Welthungerhilfe सँगको संयुक्त साझेदारीमा संचालित NPL 1083-22 परियोजना अन्तर्गत कपिलवस्तु जिल्लाको शुद्धोधन, मायादेबी र यशोधरा गाँउपालिकाका लाभग्राहीहरूको लागि Drinking Water Platform with Soak Fit Construction गर्नको लागि तल उल्लेखित शर्तहरूको अधिनमा रहने गरी इच्छुक तथा इजाजत प्राप्त नेपाली नागरिक व्यक्ति वा फर्महरूबाट फर्म पान/भ्याट दर्ताको प्रतिलिपी, घरेलु दर्ताको प्रतिलिपी तथा नविकरण, आ.ब. २०८१।०८२ को करचुक्ता वा म्याद थपको प्रमाणपत्रको प्रतिलिपी सहित पेश गर्नको लागि बोलपत्र आव्हान गरिन्छ ।

प्राप्त बोलपत्र रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी कालिका स्वावलम्बन सामाजिक केन्द्र (KSSC-Nepal) तौलिहवा कपिलवस्तुमा मिति २०८२ पौष २० गते तदानुसार ४ जनवरी २०२६ बेलुका ४:०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।

मिति २०८२ पौष २१ गते बिहान ११:०० बजे बोलपत्रदाताको प्रस्तावना खोलिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ । 

शर्तहरू:

१. निर्माणकर्ताले कार्यालयले उपलब्ध गराएको बोलपत्रमा आफुले तोकेको प्रति इकाई दर रेट (भ्याट सहित) भ्याट लाग्ने सामाग्रीमा मात्र प्रष्ट सँग उल्लेख गर्नुपर्नेछ साथै तोकेको दर रेट अनुसारको जम्मा रकम अङ्क र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ । यदि कारणवश उल्लेख भएको जम्मा रकम नबुझिएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ ।

२. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरू हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ यदि कुनै पनि प्रकारका कागजातहरू पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछ ।

३. बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि किसिमको खर्चहरू यस संस्थाले व्यहोर्ने छैन ।

४. निर्माण गर्न खोजेको परिमाण कम या बढी हुन सक्नेछ ।

५. निर्माण कार्य कपिलवस्तु जिल्लाको शुद्धोधन, मायादेबी र यशोधरा गाँउपालिकाको प्रत्येक वार्डमा गर्नुपर्नेछ तथा सो को  बिबरण यसै सुचना साथ संलग्न गरिएको छ ।

६. निर्माण कार्य गर्नको लागि कुनै पनि किसिमको पेश्की उपलब्ध गराईने छैन साथै रनिङ्ग बिलको आधारमा पनि भुक्तानी गरिने छैन, कार्य सम्पन्न पश्चात प्राबिधिकको मुल्याङ्कन अनुसार आउने रकममा नेपाल सरकारको नियमानुसारको कर कट्टी गरी हुन आउने रकम एकमुष्ट भुक्तानी गरिने छ ।

७. बोलपत्र दाताले सिलबन्दी बोलपत्र २०८२ पौष २० गते तदानुसार 4th January 2026 बेलुका ४ बजे भित्र कालिका स्वावलम्बन सामाजिक केन्द्र, कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउमा स्थित कार्यालयमा ल्याई बुझाई सक्नु पर्नेछ । 

८. म्याद नाघेको, रित नपुगेको बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।

९. इमेलबाट पठाइएको बोलपत्र स्वीकार गरिने छैन तसर्थ बोलपत्र फारम कार्यालय मै बुझाई दर्ता गराउनु पर्नेछ ।

१०. दररेट पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्द गर्ने सम्पुर्ण अधिकार यस कालिका स्वावलम्बन सामाजिक केन्द्रको खरिद तथा लिलाम बिक्री समितिमा निहित रहने छ ।

११. माथि उल्लेखित भएका कुराहरू बाहेक अन्य कुरा प्रष्ट गर्नु परेमा निम्न ठेगानामा सम्पर्क राखि जानकारी लिन सकिने छ ।

१२. दरभाउपत्र फारम आवश्यक परेमा यस कार्यालयमा सम्पर्क गरी वा Jobs Nepal को अनलाइन पोर्टलबाट पनि डाउनलोड गर्न सकिन्छ । 

१३. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा संस्थाको खरिद नियमावली बमोजिम हुनेछ ।

Financial Proposal - Hand Pump Platform - 21-12-2025.pdf

Self Declaration # स्व घोषणापत्र.docx

Location - Drinking Water Platform with Soak Fit Construction.xlsx

Hand pump tubwell FINAL-Model.pdf

सम्पर्कः                                                                                                                                                                      गुनासो गर्नको लागिः

खरिद तथा लिलाम बिक्री उप-समिति                                                                                                                      टोल फ्री नम्बरः १८१०५०००२८२

कालिका स्वावलम्बन सामाजिक केन्द्र                                                                                                                      इमेलः cfm.kssc@gmail.com

कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउ, तौलिहवा

सम्पर्क नम्बरः ०७६-५६०२८२

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 21 Dec, 2025
Apply Before 04 Jan, 2026
City Kapilvastu