बोलपत्र Karjanha Scholastic

SOS Children's Villages Nepal

Details / requirements:

बोलपत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८३/०५/१९

एसओएस बालग्राम नेपालद्वारा सञ्चालित समुदायमा आधारित परिवार सवलीकरण कार्यक्रम, कर्जन्हा नगरपालिका, सिरहाका लागि विद्यार्थीहरुका लागि आवश्यक पर्ने मसलन्द, विद्यालय पोशाक, जुत्ता तथा अन्य सामग्री आपूर्ति गर्न इच्छुक स्वीकृत विक्रेता/कम्पनी/सप्लायर्स/फर्महरूले सानोठिमी, भक्तपुरस्थित एसओएस बालग्राम नेपालको राष्ट्रिय कार्यालय वा कर्जन्हा नगरपालिका, सिरहामा अवस्थित परियोजनाको कार्यालयमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् मिति २०८३/०६/०२) गते साँझ ५:०० बजेसम्म सिलबन्दी बोलपत्र (Sealed Quotation) पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । यसका साथै सानोठिमी, भक्तपुर स्थित एसओएस बालग्राम नेपालको राष्ट्रिय कार्यालय वा कर्जन्हा नगरपालिका वडा नं  ५, सिरहामा अवस्थित परियोजनाको कार्यालयमा पनि सम्पर्क गर्न सकिने छ । विस्तृत सूचना तथा बोलपत्रसम्बन्धी सामग्रीका लागि यस लिकंमा क्लिक गर्नुहोस् ।

थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नुहोलाः

एसओएस बालग्राम नेपाल 

राष्ट्रिय कार्यालय, सानोठिमी, भक्तपुर

सम्पर्क नम्बर: ०१–५९७०४२८

ईमेल: procurement@sosnepal.org.np

वा 

परियोजनाको कार्यालय कर्जन्हा नगरपालिका वडा नं ५, सिरहा

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 03 Sep, 2026
Apply Before 18 Sep, 2026
City Bhaktapur