बोलपत्र आह्वान सम्बन्धि सार्बजनिक सूचना !
Details / requirements:
बोलपत्र आह्वान सम्बन्धि सार्बजनिक सूचना !
सूचना प्रकासन मिती: २०८१/०३/१०
बाल संरक्षणको सुनिश्चितता गर्दै बालबालिका तथा किशोर किशोरीहरुको समावेशी एवम् गुणस्तरिय शिक्षामा पहुँच अभिवृद्धि गरी समाजमा हानीकारक अभ्यासका रुपमा रहेको बाल विवाह, लैङ्गिक विभेद तथा हिंसा न्युनीकरण गर्ने उद्देश्य राखेर भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) ले प्लान इन्टरनेशनल नेपालसँग साझेदारीमा बर्दिया जिल्लाको बारबर्दिया, मधुवन, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा बालविवाह न्यूनीकरण परियोजना सञ्चालन गरि रहेको छ । त्यसै गरी जिल्लाका राजापुर, गुलरिया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा बालविवाह, छिटो हुने विवाह, जबरजस्ती हुने विवाह रोकथाम परियोजना सञ्चालन गरि रहेको छ ।
बाल विवाह, छिटो हुने विवाह र जबर्जस्ती हुने विवाहको उच्च जोखिममा रहेका १८ देखि २४ वर्ष उमेर समूहका किशोरी तथा युवा महिलालाई लक्षित गरी रोजगार एवम् व्यवशायका अवसरहरुको सृजना गरी आर्थिक सबलीकरण गर्ने उद्देश्यले व्यवसायीक शिक्षा तथा तालिम परिषदको पाठ्यक्रममा आधारित भई व्यवसायीक तथा सिप विकास तालिम सञ्चालन गर्ने योजना गरिएको छ । यसर्थ किशोरी युवा महिलाहरुलाई आत्मविश्वास बढाउन र मर्यादित काम शुरुवात तथा विस्तार गर्न उत्प्रेरित गर्नुका साथै आर्थिक रुपमा सशक्त बनाउन व्यवशायिक तालिम सञ्चालन गर्न सक्ने सेवा प्रदायक संस्था/कम्पनी/फर्महरुबाट प्रथम पटक सूचना प्रकासित भएको मितिले ७ दिन भित्र अर्थात मिती २०८१ असार १६ गते कार्यलय समय भित्र तपशिलमा उल्लेखित सबै वा कुनै एक तालिम सञ्चालन गर्नका लागि सिलबन्दी गरी बोलपत्र पेश गर्न यो सुचना आव्हान गरिएको छ ।
बोलपत्र संग सम्ब्न्धीत कागजातहरु संस्थाको केन्द्रीय कार्यलय नेपालगञ्ज वा फिल्ड कार्यालय गुलरिया बाट पनि लिन सकिनेछ ।
बोलपत्र फारामसँग पेश गर्नुपर्ने आवश्यक कागजातहरु
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
२. फर्म PAN/VAT मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी ।
२. फर्मको ईजाजतपत्र र आर्थिक वर्ष २०७९/८० को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी
३. COI Form
४. Suppliers Code of Conduct Form
For more details, please go through the links below:
Link:- Vocational TOR and BID Firm
Link:- Code of conduct Child protection
Link:- Sample Supplier Conflict of Interest Declaration Form
शर्तहरु:
१. बोलपत्र पेश गर्न सकिने संस्थाहरुको विस्तृत ठेगाना तथा सम्पर्क नं.भेरी वातावरणीय BEE Group, बाँके फिल्ड कार्यालय गुलरिया, बर्दिया पनि पेस गर्न सकिनेछ ।
२ बोलपत्र शिलबन्दी गरेर खाम बाहिर बोलपत्र दाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछ र र फर्मको छाप अनिवार्य खाममा लगाएको हुनु पर्नेछ । अन्यथा भएमा संस्था बोलपत्र बुझ्न वा सदर गर्न संस्था बाध्य हुने छैन ।
३. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (मूल्य अभिवृद्धि कर सहित) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
४. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (मूल्य अभिवृद्धि कर सहित) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
५. बोलपत्र दर्ता गर्ने अन्तिम मितिको भोलीपल्ट १:३० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वय्म वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको फिल्ड कार्यालय गुलरिया नगरपालिका वडा नं. ५, ज्योतीनगर, बर्दियामा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ । निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।
६. म्याद नाघी वा रीत नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।
७. यस बाहेक थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बरहरुमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।
८. अन्य सम्पुर्ण कुराहरु नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ ।
९. बोलपत्रको सर्वाधिकार भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) बाँकेमा नीहित रहने
बोलपत्र प्राप्त र पेश गर्ने ठेगाना
भेरी वातावरणीय विशिष्टता समूह (BEE Group), बाँके
वा फिल्ड कार्यालय गुलरिया, बर्दिया
मोबाईल नं. ९८५८३२२१८, ९८४८४१८०६८
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 24 Jun, 2024 |
Apply Before | 30 Jun, 2024 |
City | Banke |