बोलपत्र आह्वान सम्बन्धी सूचना (Tender Notice)
Working for Access and Creation, Nepal (WAC- Nepal) a non-government organization, has been working in the field of Livelihood, WASH and Sanitation, quality education, Disaster Risk Management/Climate change Adaptation, Good governance and Right Protection and Institutional Capacity development.
Details / requirements:
बोलपत्र आह्वान सम्बन्धी सूचना (Tender Notice)
प्रकाशन मिति: २०८२ चैत २३ गते (5 April 2026)
बोलपत्र नं.: WAC/IFB/082-01
Working for Access and Creation Nepal (WAC Nepal), अछामले World Vision International Nepal (WVI Nepal) को साझेदारिमा सञ्चालित HATEMALO for Child wellbeing (IPF) कार्यक्रमका लागि आवश्यक कृषि सामग्री तथा बीउबिजन आपूर्ति तथा ढुवानी गर्न योग्य आपूर्तिकर्ता/फर्महरूबाट तपशिल बमोजिमको सर्तको अधिनमा रहने गरि सिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।
सर्तहरु:
१. यस बोलपत्र अन्तर्गत विभिन्न कृषि सामग्रीहरू (बीउबिजन, सिँचाइ सामग्री, उपकरण तथा अन्य आवश्यक सामग्रीहरू) को आपूर्ति तथा ढुवानी गर्नुपर्नेछ। विस्तृत विवरण बोलपत्र कागजातमा उल्लेख गरिएको बमोजिम हुनेछ र सामग्रीहरू निम्न स्थानहरूमा ढुवानी गर्नुपर्नेछः
- मेल्लेख गाउँपालिका (वडा नं. १ देखि ८)
- साफेबगर नगरपालिका–४
- कमलबजार नगरपालिका (वडा नं. २, ३, ४ र ५)
- पञ्चदेवल विनायक नगरपालिका (वडा नं. १, २, ३, ४, ६ र ७)
२. आवश्यक कागजातहरू
इच्छुक आपूर्तिकर्ता/फर्मले देहायका कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछः
- फर्म दर्ता तथा नवीकरण प्रमाणपत्र
- स्थायी लेखा नम्बर (VAT/PAN) दर्ता प्रमाणपत्र
- आर्थिक वर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र
- कम्पनी प्रोफाइल (आपूर्ति/व्यापार सम्बन्धी अनुभव सहित)
- Supplier Code of Conduct र Supplier Registration Form : click here to download
३. बोलपत्र कागजात प्राप्त गर्ने तरिका
- बोलपत्र कागजात प्राप्त गर्न सकिनेछः
- इमेलमार्फत अनुरोध गरेर: procurement@wac.org.np वा यो लिंक बाट Download गरेर पनि प्राप्त गर्न सकिनेछ । Link: Tender Documents
- वा प्रत्यक्ष: WAC Nepal कार्यालय, साफेबगर नगरपालिका–४, अछाम (जनकल्याण विद्यालय नजिक)
४. बोलपत्र पेश गर्ने तरिका
- बोलपत्र सिलबन्दी खाममा “Bid for Agricultural Materials” लेखी पेश गर्नुपर्नेछ।
- बोलपत्र पेश गर्ने अन्तिम मिति: २०८३ बैशाख ६ गते, साँझ ५:०० बजे (19 April 2026)
- पेश गर्ने स्थान: WAC Nepal कार्यालय, साफेबगर–४, अछाम ढिलो प्राप्त बोलपत्रहरू स्वीकार गरिने छैनन्।
५. बोलपत्र खोल्ने मिति
- मिति: २०८३ बैशाख ७ गते (20 April 2026)
- समय: दिउँसो १:०० बजे
- स्थान: WAC Nepal कार्यालय, अछाम (इच्छुक बोलपत्रदाताको प्रतिनिधि उपस्थित हुन सक्नेछन्।)
६. आपूर्ति तथा सम्झौता सम्बन्धी शर्तहरू
- सम्झौता हस्ताक्षर पश्चात १५ दिनभित्र सामग्री आपूर्ति गर्नुपर्नेछ।
- ढुवानी सुरक्षित र उचित प्याकिङ सहित हुनुपर्नेछ।
- छनोट भएका आपूर्तिकर्तासँग १ वर्षे दीर्घकालीन सम्झौता (LTA) गरिन सक्नेछ।
- कुनै वा सबै बोलपत्र स्वीकृत/अस्वीकृत गर्ने वा नगर्ने अधिकार संस्थामा निहित हुनेछ ।
थप जानकारिको लागि
Working for Access and Creation Nepal (WAC Nepal)
साफेबगर नगरपालिका–४, अछाम
जनकल्याण विद्यालय नजिक
फोन: ०९७–६२५०३२/9848719261/9801701378
LINK:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 06 Apr, 2026 |
| Apply Before | 19 Apr, 2026 |
| City | Achham |