बोलपत्र आह्वान सम्बन्धी सूचना

JWAS Nepal

JWAS-Nepal is a non-government and non-profit making social organization which works to uplift the standard of living for the women, children and other marginalized people of rural community and to improve their economic, health and social conditions by proper mobilization of local resources with community participation. It was established in 2050 B.S. (1993A.D.) in Dhanusha District. The organization was founded and is operated by a group of women social workers.

Details / requirements:

बोलपत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०८२।०२।१२ गते

जानकी महिला जागरण समाज (JWAS) ले प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारी र धनुषा जिल्लामा कार्यक्रम सञ्चालित पालिकाहरूसँगको समन्वयमा धनुषा जिल्लाको सबैला, शहिदनगर, विदेह, कमला र जनकनन्दनी पालिकाहरूमा सञ्चालित Youth Employment and Entrepreneurship Development (YEED)/ दक्ष युवा परियोजना अन्तर्गत १८ देखि २४ वर्ष उमेर समूहका युवाहरूलाई रोजगार तथा स्वरोजगारमुलक व्यवसाय सञ्चालनमा सहयोग गर्नका निम्ति यस संस्थालाई यसै सूचना बमोजिमको बोलपत्र आह्वान सम्बन्धी दस्तावेज Terms of Reference (ToR) मा उल्लेख भएका व्यवसायसँग सम्बिन्धित वस्तु तथा सामाग्रीहरूको आवश्यक्ता भएकोले सम्बन्धित इच्छुक इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनीहरूबाट यस संस्थाको तल उल्लेखित कार्यालयको ठेगानामा प्राप्त हुने गरी फर्म/कम्पनीहरूको विवरणका साथै सिलबन्दी बोलपत्र आवेदन आगामि मिति २०८२ जेष्ठ २३ गते कार्यालय समय दिनको ०५:०० बजेभित्र प्राप्त हुने गरी पेश गर्नका लागि आह्वान गर्दछौँ । 

बोलपत्र आवेदनका लागि इच्छुक फर्म/कम्पनीले यस संस्थाका लागि आवश्यक वस्तु तथा समाग्रीहरुको विवरण सहितको बोलपत्र सम्बन्धि पूर्ण दस्ताबेज Terms of Reference (ToR) र यससँग सम्बन्धित अन्य कागजात तथा जानकारीको विवरण प्राप्त गर्न यस संस्थाको vacancyjwas@gmail.com इमेल ठेगानामा इमेल मार्फत अनुरोध गरेमा यथासक्य चाँडै इमेल मार्फत नै उपलब्ध गराइनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 26 May, 2025
Apply Before 06 Jun, 2025
City Janakpur